• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

मागी बिहेमा जीवनसाथी रोज्दा यस्ता गल्तीबाट बचौं


  •   बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
  • काठमाडौं । मागी बिहेमा असल जीवनसाथी रोज्नु निकै मुस्किल काम हो । तपाईंले गर्ने एउटा गल्तीले पूरै जिन्दगीमा असर पर्छ ।

    Advertisement

    मागी बिहेमा केटा वा केटीभन्दा धेरै प्रभाव उनीहरुको परिवार वा आफन्तको हुन्छ । पहिला घर–परिवारले वर वा बधुको घर–परिवार वा हैसियत हेर्छन् । त्यसपछि बल्ल केटा वा केटीको रोजाइ के कस्तो छ भनेर सोधिन्छ ।

    विवाह चाहे मागी होस् या प्रेम, असल लाइफ पार्टनर पाइयो भने जिन्दगी बदलिन्छ र जीवन सुखमय तरिकाले बिताउन सक्नु हुन्छ ।

    तर सबैजना यस्तो भाग्यमानी हुन्नन् । केही मानिस सारा जीवन दुःखमा बिताउन बाध्य हुन्छन् । आजको यस लेखमा हामी मागी बिहेमा धेरैले गर्ने केही गल्तीबारे चर्चा गर्नेछौँ ।

    अनुकूलतालाई बेवास्ता गर्नेः

    मागी बिहेमा मानिसहरू प्रायः अनुकूलता बाहेक पारिवारिक पृष्ठभूमि, सामाजिक हैसियत र परिवारको आर्थिक स्थिति जस्ता अरु सबै चिजलाई प्राथमिकता दिन्छन् । यी सबै कुरा पनि हेर्नु पर्छ । तर तपाईंले भावनात्मक जीवनमा अर्को व्यक्तिसँगको अनुकूलतालाई बेवास्ता गर्नु हुन्न । यही कुरामा भविष्यमा चुनौती र समस्याको सामना गर्नु पर्ने हुन सक्छ ।

    आफ्नो प्राथमिकतालाई बेवास्ता गर्नेः

    प्रायः मानिसहरू परिवारको दबाबमा आएर आफ्नो प्राथमिकता र इच्छालाई बेवास्ता गर्छन् । त्यसैले जीवनसाथी छान्नु अगाडि तपाईंले परिवारका सदस्य र आफन्तलाई आफ्नो प्राथमिकता र इच्छाबारे बताइदिनुस् ताकि तपाईंका लागि योग्य वर वा वधु खोज्दा उनीहरुले यी कुरालाई ध्यानमा राखेर तपाईंलाई सुहाउँदो जीवनसाथी खोज्न सकुन् ।

    हतारमा निर्णय लिनेः

    कहिलेकाँही मानिसहरू एक अर्कालाई राम्ररी नबुझी हतारमा बिहेको निर्णय लिन्छन् । राम्रो घर परिवारको कुरा आएको छ भनेर केटा वा केटीलाई अभिभावक अनि आफन्तबाट बिहे गरिहाल्न चर्को दबाब आइरहन्छ । आफ्नो मागी बिहेलाई सफल बनाउन चाहनु हुन्छ भने एक अर्काको बारेमा सबै कुरा जान्नुस् । एक अर्कासँग खुलेर कुराकानी गर्नुस् अनि जीवन बिताउन सकिन्छ कि सकिँदैन भन्ने सोच विचार गरेर निर्णय लिनुस् ।

    गफ नगर्नेः

    प्रायः मागी बिहेमा केटा र केटीको परिवार मिलेर बिहे पक्का गरिदिन्छन् । तर जसको बिहे हुँदैछ, उनीहरुबिच खासै कुराकानी हुन पाउँदैन । कयौँले त बिहे अघि घुलमिल र भेटघाटको धेरै अवसर नै पाउँदैनन्, चाहेको बेलामा कुराकानी वा भेटघाट गर्न त परको कुरा हो ।

    कुनै पनि सम्बन्धलाई बलियो बनाउन एक अर्कालाई बुझ्न जरुरी छ । यसका लागि एक अर्कासँग समय बिताउने अनि कुराकानी गर्न जरुरी छ ।

    आफैँले निर्णय नलिनेः

    मागी बिहेमा प्रायः केटाकेटीले तपाईलाई मन परेको छ भने ठिकै छ भनेर बिहेको फैसला पनि आफैँले गर्दैनन्, अभिभावक वा परिवारलाई निर्णयको अधिकार दिन्छन् । पछि कुनै समस्या आइप¥यो भने सोको दोष परिवारकै टाउकोमा हालिदिन्छन् । तपाईं यस्ता समस्याबाट बच्न चाहनु हुन्छ अनि आफ्नो मागी बिहेलाई सफल बनाउन चाहनु हुन्छ भने बिहेको फैसलामा आफ्नो सहभागिता पूर्ण रुपमा जनाउनुस् ।

    बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer