• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

भारतद्वारा अमेरिकामा खालिस्तानी नेताको हत्या प्रयास, अमेरिकाले दियो चेतावनी


  •   बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
  • काठमाडौं । बेलायती अखबार फाइनान्सियल टाइम्सले आफ्नो एउटा रिपोर्टमा अमेरिकी अधिकारीहरूले एक सिख पृथकतावादी नेतालाई मार्ने षड्यन्त्रलाई असफल बनाएको दाबी गरेको छ।

    Advertisement

    फाइनान्सियल टाइम्सले अज्ञात स्रोतलाई उद्धृत गर्दै सिख पृथकतावादी नेताको हत्याको षड्यन्त्र अमेरिकी भूमिमा रचिएको बताएको छ।

    साथै यस रिपोर्टमा अमेरिकाले यसको पछाडि भारतको हात रहेको आशंका गरेको पनि दाबी गरिएको छ । त्यसैले अमेरिकाले पनि यस सम्बन्धमा भारत सरकारलाई चेतावनी दिएको छ ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार नयाँ दिल्लीस्थित अमेरिकी दूतावास वा भारतीय विदेश मन्त्रालयबाट अहिलेसम्म यस रिपोर्टबारे कुनै प्रतिक्रिया आएको छैन।

    फाइनान्सियल टाइम्सको रिपोर्टका अनुसार नाम नखुलेको स्रोतले भन्यो ‘अमेरिकाको विरोधपछि षड्यन्त्रकारीले आक्रमण गरेनन् वा फेडरल ब्यूरो अफ इन्भेस्टिगेशनले यसलाई विफल बनायो ।’

    रिपोर्टका अनुसार अमेरिकाले जुनमा वासिङ्टन डीसीमा राष्ट्रपति बाइडेन र प्रधानमन्त्री नरेन्द्र मोदीको भेटपछि भारतसँग यो विरोध गरेको थियो ।

    फाइनान्सियल टाइम्सको यो रिपोर्ट भ्यानकुभरमा सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीच उत्पन्न भएको कूटनीतिक संकटको दुई महिनापछि आएको हो ।

    क्यानडाले निज्जरको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको आरोप लगाएको थियो । निज्जरको भ्यानकुभरमा जुनमा हत्या भएको थियो । भारतले क्यानडाको आरोप अस्वीकार गरेको छ।

    फाइनान्सियल टाइम्सको रिपोर्टलेले भारतलाई कूटनीतिक चेतावनी जारी गर्नुबाहेक अमेरिकी संघीय सरकारी वकिलहरूले न्यूयोर्क जिल्ला अदालतमा यस मामिलामा कम्तीमा एकजना संदिग्ध विरुद्ध अभियोग दायर गरेको पनि बताएको छ।

    संघीय सरकारी वकिलको यो प्रतिवेदन हाल सिलबन्द छ। पत्रिकाले यो हत्याको षड्यन्त्रको निशाना गुरपतवन्त सिंह पन्नु रहेको जनाएको छ ।

    फाइनान्सियल टाइम्सले गुरपतवन्त सिंह पन्नुलाई अमेरिकी सरकारले यस षड्यन्त्रको बारेमा चेतावनी दिएको हो कि भनेर टिप्पणी गर्न अस्वीकार गरेको बताएको छ।

    यद्यपि, गुरपतवन्त सिंह पन्नुले अखबारलाई भने, “अमेरिकी भूमिमा भारतीय अपरेटिभहरूबाट मेरो जीवनलाई खतरामा पारिएमा के गर्ने भन्ने कुरा म अमेरिकी सरकारलाई छोड्छु।”

    बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer