काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा १३ जना घाइते भएका छन् ।
Advertisement
जुलुसलाई बल्खुबाट कालीमाटीतर्फ लैजान खोजिएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रहरीको बल प्रयोगबाट चिरञ्जीवी बस्नेतसहित १३ जना घाइते भएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रवक्ता राजानन्द माण्डब्यले बताए ।
उनीहरूको वयोधा हस्पिटलमा उपचार भइरहेको छ ।





