• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, साउन २७, २०८३
☰
बुधबार, साउन २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

जनकपुर न्युरो अस्पतालमा बालकको मृत्यु भएपछि तनाव


  •   शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित
  • धनुसा । जनकपुर न्युरो हस्पिटलमा पुनः एक बालकको मृत्यु भएको छ । धनुषा धाम नगरपालिका ६ माल टोल बस्ने विक्रम कालिकोटेका चार वर्षीय छोरा जेम्स कालिकोटेको मृत्यु भएको हो । हस्पिटलको लापरबाहीले गर्दा बालकको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।

    Advertisement

    बुधवार राति साढे ९ बजे भर्ना गरेका बालकको बिहीबार बिहान ११ बजेर १० मिनेटमा मृत्यु भएको बालकका मामा सुनिल परियारले बताए । उनका अनुसार हस्पिटलले डिस्चार्ज गरेको ८ मिनेटपछि बालकको मृत्यु भएको हो । बालकलाई हस्पिटलले ११ बजेर २ मिनेटमा डिस्चार्ज गरेको उनले जानकारी दिए ।

    बालकले एक्कासि बान्ता गरेपछि बालरोग विशेषज्ञ डा. शशिभुषण ठाकुरको क्लिनिकमा उपचारका लागि लगिएको थियो । त्यहाँबाट डा. ठाकुरले आफू कार्यरत न्युरो हस्पिटलमा उपचारका लागि पठाएका थिए । बालकलाई पिसाबमा इन्फेक्सन भएको बताउँदै न्यूरोमा लैजान डा. ठाकुरले सुझाएका थिए ।

    डिस्चार्ज गरिए लगत्तै अचानक बालकको श्वासप्रश्वासमा समस्या देखिएपछि पुनः हस्पिटलमा भर्ना गरिएको थियो । बालक फेरि सिकिस्त भएर अस्पताल भर्ना गरी चिकित्सकले उपचार गर्दागर्दै मृत्यु भएको बालकका मामा सुनिलले बताए ।

    बालकको मृत्यु भएपछि पीडित परिवार शवसहित कारबाही र क्षतिपूर्तिको माग गर्दै धर्ना बसेका छन् । अस्पताल अगाडि धर्ना बसेका उनीहरूमाथि प्रहरीले बल समेत प्रयोग गरेको छ । त्यस लगतै भएको झडपपछि धर्नामा बसेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले पीडित परिवारका सदस्यहरू अराजक बनेपछि नियन्त्रणमा लिएको बताए । उनीहरुले अस्पतालमा ढुंगामुढा गरी टायर बालेर प्रदर्शन गर्न थालेपछि नियन्त्रणमा लिइएको डिएसपी अवाले बताए ।

    उनले अस्पताल प्रशासन, प्रहरी र पीडितबिच वार्ता भइरहेको जानकारी दिए । वार्ता निष्कर्षमा पुगेपछि नियन्त्रणमा लिइएकाहरूलाई छाड्ने डिएसपी अवाले बताए ।

    उता, अस्पताल प्रशासनले भने बालकलाई परिवारजनकै आग्रहमा डिस्चार्ज गरिएको र डिस्चार्ज पश्चात् मृत्यु भएको जनाएको छ ।

    बिना स्वीकृति झन्डै दुई वर्षदेखि सञ्चालनमा रहेको सो अस्पतालले उपचारमा लापरबाही गरेर पटक–पटक विवादमा तानिँदै आए पनि कारबाही गर्ने विषयमा सम्बन्धित निकाय भने मौन देखिँदै आएको छ ।

    शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer