काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले शुक्रवारबाट तीनकुनेमा गर्ने भनिएको प्रदर्शनलाई प्रशासनले अनुमति नदिएको जनाएको छ । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईंले शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने भनेका थिए । उनले शुक्रवारबाट तीनकुनेमा गर्ने भनिएको प्रदर्शनलाई प्रशासनले अनुमति नदिएको जनाएको छ र साथै ब्यापक मात्रामा प्रहरी परिचालन गरेको छ ।
नेपाल प्रहरीको टोलीले अहिले दुर्गा प्रसाईँको घरलाई वरपरबाट घेरा हालिएको दृश्यहरु सामाजिक संजालमा देखिएका छन् । उनलाई बाहिर निस्कन नदिईएको बताईएको छ ।
प्रसाईंले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका थिए । करिब १० मिनेट बल्खुमा आफू समर्थकलाई सम्बोधन गरेका प्रसाईँले हिजै साँझ आफ्नै घरमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम थियो ।





