• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ २२, २०८३
☰
सोमबार, भदौ २२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी


  •   शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित
  • लुम्बिनी । प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि सरकारले अन्तिम तयारी गरेको छ ।

    Advertisement

    संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्त्व विभागको आयोजनामा राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुले विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्ताबेज, आधार, पुष्टाईका सम्बन्धमा सरोकारवालाहरुसँग गरेको छलफलमा सरकारले तिलौराकोटलाई सूचीकृतका लागि अन्तिम तयारी गरेको जनाएको हो ।

    तिलौराकोट कपिलवस्तुलाई विश्वसम्पदा सूचीमा सुचीकृत सम्बन्धमा विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्ताबेज, आधार र पुष्टाईका वियषमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किरातीले सरकारका तर्फबाट गौरवको आयोजनाका रुपमा सूचीकृतका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । तिलौराकोटमा नोभेम्बर २० देखि ३० तारिखसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुको समूहले तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्ताबेजलाई अन्तिम रुप दिने कार्यक्रम भइरहेको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले गौतमबुद्ध हुर्किएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेर यसको महत्त्व विश्वव्यापी बनाउने बताए । उनले तिलौराकोटलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्दै विश्वसम्पदा सूचीमा सुचीकृतका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । ‘मापदण्ड अनुसार अन्तिम मनोनयन गर्नका लागि सरकारको तर्फबाट म संस्कृति पर्यटन मन्त्रीका रुपमा प्रतिबद्धता गर्दछु, तोकिएकै मितिमा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राखिनेछ,’ मन्त्री किरातीले भने ।

    मन्त्री किरातीले तिलौराकोट विश्व सम्पदा सूचीमा सुचीकृतका लागि निरन्तर खोज अनुसन्धानमा लागेका विज्ञहरुलाई धन्यवाद दिँदै तिलौराकोटलाई विश्वव्यापी बनाउने बताए । लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किराँतीले असोज १४ गते लुम्बिनीमा प्रधानमन्त्रीको विशेष पहलमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटरेसको लुम्बिनी भ्रमणले बुद्धजन्मस्थल लुम्बिनीको उचाइ विश्वमा एक पाइला माथि उठेको बताए ।

    कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री शुसिला श्रीपाली ठकुरीले तिलौराकोट विश्व सम्पदा सूचीका सुचीकृतका लागि सरकारका तर्फबाट आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता जनाइन् । उनले तिलौराकोट जस्ता पुरातात्विक स्थलहरुको विकासको गति ढिलो भएको बताउँदै आगामी दिनमा त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन ।

    कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा (खेन्पो छिमे)ले बुद्ध दर्शन र बुद्धको जीवनमा तिलौराकोट दरबारको निकै ठूलो महत्त्व रहेको बताउँदै विश्व सम्पदा सूचीमा सुचीकृत गर्नका लागि कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचीकृत गर्ने कुरा सकरात्मक रहेको बताउँदै आफूहरुको तर्फबाट सक्दो सहयोग हुने बताए । उनले २५ वर्षसम्म कपिलवस्तुको खोज अनुसन्धानमा विज्ञहरु लागि परेको बताउँदै सम्पदा सूचीमा छिटो सुचीकृत गरी तिलौराकोटको विकास गर्न सुझाव दिए ।

    कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले कुनैबेला कपिलवस्तुलाई राज्यले हेरेन भनेर आफैँ साइकल यात्रामा निस्केको स्मरण गर्दै तिलौराकोट विश्व सम्पदा सूचीमा सुचीकरणका लागि अन्तिम तयारी हुँदा निकै खुसी लागेको बताए ।

    कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव भरतमणि सुवेदीले यूनेस्को विश्व सम्पदा सूचीमा सूचिकृतका लागि सरकारकाले सबै पहल र कामहरु गर्ने बताउँदै दीर्घकालीन व्यवस्थापनका लागि स्थानीय सरकार र कपिलवस्तुका सबै जनप्रतिनिधिहरुको साथ सहयोगको खाँचो रहने बताए ।

    शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer