• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

गणतन्त्रमा बटुवा हिँड्दाहिँड्दै समातिए, बोल्दाबोल्दै मुख थुनिए


  •   शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
  • काठमाडौं । युवा संघले बिहीबार प्रदर्शन गरेको भोलिपल्ट दुर्गा प्रसाईँ नेतृत्वको समूहले पनि तिनकुने रोज्यो । प्रसाईँ नागरिक बचाऊ अभियानअन्तर्गत आन्दोलनमा छन् । यो समूहले बिहीबार बल्खुम प्रदर्शन गरेका थियो । जुनसुकै व्यक्ति वा समूहका जे माग भए पनि आफ्नो विचार राख्न पाइन्छ । लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष यही हो ।

    Advertisement

    तर, शुक्रबा प्रमुख जिल्ला अधिकारी र प्रहरीले शासन गरे, तिनकुनेमा । तिनकुनेमा प्रदर्शन गर्न अनुमति नलिएको भन्दै काठमाडौं प्रशासनले विज्ञप्ति जारी गरेपछि प्रहरीले प्रसाईँका समर्थकलाई धमाधम पक्रन थाल्यो । घटना त्यतिमा सीमित भएन, तिनकुने क्षेत्र भएर हिँडिरहेकाहरु हिँड्दाहिँड्दै समातिए, बोल्दाबोल्दै मुख थुनिए । प्रसाईँको आन्दोलन निस्तेज पार्ने नाममा प्रहरीले सर्वसाधारणमाथि ज्यादती गरेको थियो ।

    प्रहरीले कतिसम्म गर्यो भने तिनकुने भएर हिँड्ने हरेक व्यक्तिलाई चेकजाँच गर्न थाल्यो सशस्त्र द्वन्द्वको झल्को दिनेगरी । मोबाइल चेकजाँच गरियो । चिया पसल, होटलमा बसेर खाइरहेकालाई प्रहरीले धरपकड गरेको छ । हिडिरहेकालाई जबर्जस्ती सउठाउँदै भ्यानमा हालेको छ । राजको प्रत्यक्ष शासन कालमा सेनाको ज्यादती थियो । के अहिले गणतन्त्रमा पनि त्यही अवस्था आइलागेको हो ? होइन भने सुरक्षाका नाममा सर्वसाधारणमाथि ज्यादती किन ?
    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत भने जनजीविककाका लागि हिँडेकाहरूका लागि केही पनि नगरिएको दाबी गर्छन ।

    हुन् त प्रशासनले यसअघि माइतीघर, नयाँ बानेश्वर संसद भवन, सिंहदरबार, राष्ट्रपति कार्यालय शितलनिवास, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटारमा ३० दिने निषेधाज्ञा जारी गरेको थियो । ललितपुर प्रशासनले पु्ल्चोक क्षेत्रमा ६ महिने निषेधाज्ञा लगाएको थियो । सुरक्षा चुनौती भए निश्चित समयका लागि निषेधाज्ञा लगाउन सकिने भए पनि प्रशासनले गलत नजिर बसाएर नागरिकको अभिव्यक्तिको हक खोस्ने प्रयास गरेको छ । यो विरुद्ध सर्वाेच्च अदालतमा रिट परिसकेको छ ।

    अधिवक्ता स्वागत नेपालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्नुको कारण पेस गर्न शुक्रबार आदेश दिएको छ । काठमाडौँ प्रशासनले जारी गरेको आदेशपछि अधिवक्ता नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई विपक्षी बनाइ रिट दायर गरेका थिए । उनले उक्त काठमाडौँ प्रशासनको निर्णय खारेज गर्न माग गरेका छन् ।

    शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer