काठमाडौं । आज तीनवटा प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिमको उपल्लो क्षेत्रमा हिमपातको सम्भावना देखिएको हो । देशका अन्य उच्च पहाडी तथा हिमाली भेगका १-२ स्थानमा पनि हल्का हिमपातको सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेकाले चिसोबाट बच्न विभागले आग्रह गरेको छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णालीलगायत देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । यस्तै, उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति कर्णाली, सुदूरपश्चिम र गण्डकीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ ।




