• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

सरकारको खाजा समय, सेवाग्राहीलाई सास्ती


  •   शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
  • काठमाडौं । सोमबार आन्तरिक राजस्व कार्यालय पुतलीसडकमा कर चुक्ताको प्रमाणपत्रका लागि पुगेका सन्देश लोहनी पालो कुरिरहेका थिए । उनकै पालोमा कागजात हेर्नेसहित सबैजसो कर्मचारी सबै एकसाथ उठे । ‘खाजा समय’ भयो भन्दै आधा घण्टाका लागि कार्यालयबाट बाहिरिए ।

    Advertisement

    कार्यालय नै सुनसान बनाएर कर्मचारीहरु एकसाथ हिँडेपछि उनी त्यस दिन प्रमाणपत्र नबनाई फर्किन बाध्य भए । ‘यहाँ एक घण्टामा काम सकिएला भनेर आएको, उता अर्को काम बितिसकेको छ,’ उनले भने, ‘आधा घण्टा भने पनि कर्मचारीहरु खाजा खाएर एक घण्टामा फर्किंदैनन् ।’

    कर, यातायात, मालपोत, नापी, जिल्ला प्रशासन, इलाका प्रशासन, राहदानी विभाग र स्थानीय तहहरु लगायतका सरकारी कार्यालयमा सेवा लिन जाने धेरै सेवाग्राहीहरुले यस्तो समस्या भोग्छन् । खाजा खाने समयका नाममा सरकारी कार्यालयहरुमा मौलाएको बेथितिले धेरैलाई हैरान बनाइरहेको छ ।

    सरकारले २०८० को लागि राजपत्रमार्फत सरकारी कार्यालयमा खाजा खानका लागि तोकिएको समय हो, दिउँसो १ः३० देखि २ः०० बजेसम्म । सरकारले सार्वजनिक विदाबारे हरेक वर्ष प्रकाशित गर्ने राजपत्रमा यसअघि सरकारी कार्यालयको सेवामा बाधा नपर्ने गरी आलोपालो मिलाएर सम्बन्धित कार्यालयले आधा घण्टाका लागि खाजा समय तोक्ने व्यवस्था गर्थ्यो ।

    तर, यही वर्षदेखि सरकारले १ः३० देखि २ः ०० बजेसम्म खाजा समय उल्लेख गरे पनि आलोपालो मिलाउने कुरा उल्लेख गरेन । यसकै कारण सरकारी कार्यालयहरुले खाजा समयमा कर्मचारीहरुबीच आलोपालो मिलाउनेतर्फ ध्यान दिएका छैनन् । यसै पनि विगतमा कार्यालयहरुले तोकेको समयभित्र सेवा ठप्प गर्ने परम्परा नै बसेकाले त्यसले निरन्तरता पाउनु नौलो पनि भएन ।

    खाजा खाने समयमा सेवा प्रभावित नहुने सुनिश्चित गर्नतर्फ स्थानीय स्तरका मात्रै हैन, संघीय मन्त्रालयहरुले समेत ध्यान दिएका छैनन् । आलोपालो गर्न सकिने अवस्था हुँदा समेत अधिकांश सरकारी कार्यालयहरुमा एकैपटक सेवा रोकेर कर्मचरीहरु खाजाका लागि हिँड्ने प्रवृत्ति बढ्दो देखिएको स्वीकार्छन् राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता राजेन्द्रकुमार पौडेल ।

    ‘कार्यालय नै खाजा समयमा सट डाउन हुनु राम्रो हैन,’ उनी भन्छन्, ‘तर, कर्मचारीहरुका लागि पनि व्यवहारिक हिसाबले खाजा समय चाहिन्छ, सेवा प्रवाह आवश्यक सन्तुलन र व्यवस्थापन आवश्यक देखिएकै छ ।’

    खाजा समयमा सरकारी कार्यालयका कुर्सीहरु एकाएक रित्तो हुँदा लामो लाइन बसेर पालो आएकाहरु समेत कर्मचारीहरुको खाजा समयभरि लाइनमै बस्न बाध्य हुने गरेका छन् ।

    खाजा समयको विकृति यतिमा मात्रै सीमित नभएको सरकारकै अनुगमनले देखाएको छ । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार तोकिएको खाजा समयभन्दा अघि र पछि खाजाका लागि भन्दै कर्मचारीहरु हराउने रोग झांगिँदै गएको छ । खाजा समयभन्दा बाहेकको समयमा समेत त्यसकै नाममा सेवा र काम रोकेर राख्ने प्रवृत्ति सरकारी कार्यालहयरुमा व्याप्त हुँदै गएको छ ।

    राष्ट्रिय सतर्कता केन्द्रले गत ३२ जेठमा अनुगमन टोली खटाएर खाजा समयबाहेक क्यान्टिनमा अलमलिने कर्मचारीको खोजी गरेको थियो । त्यसक्रममा अनुगमनका क्रममा मुद्रण विभाग, अर्थ मन्त्रालय, नेपाल टेलिभिजन, कृषि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका कर्मचारीहरु २ बजेपछि पनि क्यान्टिनमै गफिएर बसेको भेटाएको थियो ।

    २१ जना कर्मचारीहरु तोकिएको समयभन्दा बाहिर क्यान्टिनमा भुलिएर बसेको भेटाएपछि केन्द्रले कारवाहीका लागि सम्बन्धित निकायलाई पत्र लेखेको थियो । केन्द्रले भेटाएका कर्मचारीमध्ये अधिकांश अधिकृतदेखि उपसचिव स्तरका कर्मचारी थिए । उनीहरुसँगै सरुवासम्बद्ध काम गर्ने बाहिरी बिचौलिया समेत फेला परेका थिए ।

    अहिले पनि सिंहदरबारका क्यान्टिनहरुमा जतिबेलै कर्मचारीहरुको बाक्लो उपस्थिति देखिने गरेको छ । सरकारी कार्यालयमा हाजीर गरेपछि क्यान्टिनमा पुगेर गफिएर बस्ने कर्मचारीको संख्या ठूलो छ ।

    तर, सम्बन्धित सरकारी निकायको नेतृत्व र सुपरीवेक्षण संयन्त्र यस्तो विकृति हटाउन उदाशीन छ । यसले गर्दा सेवा प्रवाह र सरकारी कामकाज समेत प्रभावित भइरहेको छ ।

    सेवाग्राहीलाई कार्यकक्षमा कुराइहने तर कर्मचारी भने क्यान्टिनमा अलमलिर बस्ने समस्या व्याप्त भएको ऊर्र्जा मन्त्रालयका एक अधिकारी स्वीकार्छन् । ‘क्यान्टिनमा गएर बस्नु सानो कुरा हो भनेर कसैले पनि पर्याप्त ध्यान दिँदैनन्,’ उनी भन्छन्,‘सरकारी कार्यालयमा आएपछि कर्मचारीको अनुपस्थितिले समयमै सेवा नपाए क्षतिपूर्ति दाबी गर्न सक्ने व्यवस्था नगरेसम्म यस्तो समस्या समाधान हुने देखिंदैन ।’

    बढी गुनासो आउने कतिपय कर्मचारीलाई सचेत गराउने गर्दा समेत कारवाहीको स्पष्ट व्यवस्थाको अभावमा त्यही शैली दोहोरिरहने गरेको उनको भनाइ छ । सरकारी कार्यालयमा मात्रै हैन, सरकारी अस्पताल र स्वास्थ्य संस्थामा समेत यस्तै विकृति रहेको र यसले बिरामीहरु बढी समस्यमा परिरहेको अधिकारीहरु स्वीकार्छन् ।

    खाजा समयको ‘अवधि’मा पनि सरकारी कार्यालयमा अझै एक रुपता कायम भएको छैन । कतिपय सरकारी कार्यालयले १ घण्टाको खाजा समय तय गर्ने गरेका छन् । संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा दिउँसो २ बजेदेखि ३ बजेसम्म खाजा समय तोकेको उदाहरण ताजा छ ।

    स्थानीय स्तरका धेरैजसो स्वास्थ्य संस्थासहित स्थानीय तहका कार्यालयहरुमा नै खाजा समय एक घण्टाको राख्ने गरिएको छ । यसले गर्दा सेवाग्राहीहरु लामो समय कुर्न बाध्य हुने मात्रै हैन, सम्बन्धित दिनमा सेवा नपाएर फर्किनुपर्ने बाध्यता समेत छ । सरकारले खाजा समयबारे स्पष्ट मापदण्ड तय नगर्दा समेत यसमा विकृति झांगिएको अनुभव सरकारी अधिकारीहरुलाई पनि छ ।

    सतर्कता केन्द्रका प्रवक्ता राजेन्द्रकुमार पौडेल सिधै जनतासँग जोडिएर सेवा दिने ‘फ्रन्टलाइन’का कार्यालयहरुमा खाजा समयको हाल चलिरहेको अभ्यासलाई सुधार गर्नुपर्ने देखिएको बताउँछन् । लामो लाइन बसेका सेवाग्राहीका लागि समेत सोचेर सेवा नरोकिने गरी खाजा समयमा वैकल्पिक व्यवस्था गर्नेबारे सोच्नुपर्ने देखिएको उनी बताउँछन् ।

    कर तिर्न गाएका सेवाग्राहीलाई तत्काल सेवा दिन नसकेमा पछि जरिवाना तिर्नुपर्ने अवस्था समेत आउन सक्ने भन्दै उनले यस्ता पक्षमा ध्यान दिइनुपर्ने बताए । ‘कतिपय कामको प्रकृतिले समेत कर्मचारीलाई बाध्यता छ,’ उनी भन्छन्, ‘तर, सेवाग्राहीलाई मार नपर्ने सोच राखेर काम गरियो र जिम्मेवारहरुले राम्रोसँग सुपरीवेक्षण गरेर कर्मचारीलाई नअलमलिने सुनिश्चित गर्ने हो भने अहिलेका समस्याहरु घट्दै जान्छन् ।’

    लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली विगतमा ‘खाजा समय’ भन्ने व्यवस्था नै नभएको स्मरण गर्छन् । तर, कर्मचारीलाई खाजा खान समय दिनुपर्छ भन्ने असल मनसायले समय छुट्याइएको भन्दै उनले भने,‘कर्मचारीलाई खाजा खान समय दिएको हो, सेवा रोक्नका लागि हैन, खाजा खाने सयममा कर्मचारीहरुले सेवा प्रवाहमा आलोपालो गर्नैपर्छ ।’

    सेवा रोकेर कर्मचारी खाजा खान हिँड्दा सरकारी सेवाप्रति नागरिकको वितृष्णा बढ्ने भन्दै सरकारले स्पष्ट रुपमै खाजा समयमा सेवा निरन्तर प्रवाह हुने सुनिश्चित गर्नुपर्ने उनले बताए । आधा घण्टा समय खाजाका लागि पर्याप्त हुने भन्दै उनले कर्मचारीहरुमा तोकिएको समयभन्दा बाहेकमा पनि काम छोडेर गफिएर बस्ने संस्कृति मौलाएको बताए । ‘सार्वजनिक पदमा बसेपछि जिम्मेवारी पुरा गर्न बढी ध्यान हुनुपर्छ,’ मैनालीले भने,‘कर्मचारीहरु काम छाडेर गसिपमा रमाउनु राम्रो कुरा हैन ।’

    शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer