झापा। राजा ज्ञानेन्द्र शाहले झापामा आज विशेष सम्बोधन गर्ने भएका छन्। झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रममा राजा शाहले विशेष सम्बोधन गर्न लागेका हुन् ।
Advertisement
उक्त कार्यक्रममा सहभागी हुन् राजा शाह शुक्रबार नै झापा पुगेका छन्। राजा शाहले आज दिउँसो बिर्तामोडस्थित ईकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नेछन्।
यता काठमाडौंमा भने दुर्गा प्रसाईं समूहले राजतन्त्रको मागसहित आन्दोलन गरिरहेको छ। प्रसाईंको प्रदर्शन चलिरहेका बेला झापामा औपचारिक कार्यक्रममा शाह सहभागि हुन लागेका हुन्।
राजाका पक्षधरले शक्ति प्रदर्शन गर्ने पनि तयारी गरेकाे जनाइएकाे छ।




