• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ०४, २०८३
☰
बिहिबार, असार ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मासिक राशिफल: असार २०८३

  • ५. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

डीडीसीद्वारा बुटवलमा फ्रेस मिल्क प्लान्ट सञ्चालन


  •   शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
  • बुटवल । सरकारी स्वामित्वमा रहेको दूग्धविकास संस्थान (डीडीसी) ले नेपालमै पहिलो पटक प्लाष्टिक बोटलमा फ्रेस मिल्क बजारमा ल्याएको छ ।एनएलएसआईपीको ३ करोड ५० लाख रुपैयाँ अनुदान सहयोगमा दुग्ध विकास संस्थान लुम्बिनी वितरण आयोजनामा बुटवलमा उक्त प्लान्ट निर्माण गरिएको हो । जसको लागि चाहिने उपकरण, मेसिनलगायतका सम्पूर्ण उपकरणहरू अनुदान सहयोगमा प्राप्त भएको हो भने डीडीसीले ५५ लाख लागतमा भवन निर्माण लागत सहभागिता गरेको छ ।

    Advertisement

    बुटवलमा नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना संघीय आयोजनाको अनुदान सहयोगमा निर्माण भएको प्लान्टबाट फ्रेस मिल्क उत्पादन सुरुवात गरिएको हो ।

    फूल अटोमेटिक फ्रेस मिल्क प्लान्टमा दिनमा दुई ब्याच सञ्चालन गर्न सकिन्छ जसमा २०० मिलिलिटरको बोटलमा प्रतिघण्टा २ हजार ५ सय बोतल भर्न सक्ने क्षमता रहेको छ । ५ हजार क्षमताको पाष्चरराइजेशन मेसिनसहितको सहयोग नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाले गरेको हो ।संघीय मन्त्रालयको पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले यो प्लान्टको शुभारम्भ गरे ।

    भुसालले सरकारी स्वामित्वका रहेको डीडीसीले बहुसंख्यक किसानको दूध सङ्कलन गरी त्यसलाई बजारीकरणमा अझ बढी जोड दिनुपर्ने बताए ।उनले किसानले जति धेरै भैँसी पालेर दूध उत्पादन गर्छन्, त्यति नै बजारीकरण हुने गरी सरकारले काम गरिरहेको र किसानले उत्पादन गरेको दूध खपत गराउने गरी सरकारले छिमेकी मुलुकसँग छलफल गरी बजारको बाटो तय गरेको जनाए ।

    ‘हामीले प्रधानमन्त्री चीन भ्रमणका बेला उनीहरूले भैँसीको मासु खरिद गर्न तयार रहेको सम्झौता पत्रमा हस्ताक्षर गर्दा दूधसमेत खरिद गर्नुपर्ने आग्रह गरेका थियौँ, मासुभन्दा केही कम भए पनि चीन दूध र दुग्धजन्य वस्तु खरिद गर्न तयार रहेको छ ।’

    उनले नेपाली किसानले मासु बेच्नका लागि मात्र भैँसी नपाल्ने जानकारी चिनियाँ प्रतिनिधिलाई गराएकाले उनीहरु दूध खरिद गर्न राजी भएको बताए । मन्त्री भुसालले यो पक्ष नेपाली किसान तथा दुग्ध विकास संस्थानका लागि खुसीको पक्ष भएकाले कृषिमय देश बनाउन किसान र सरकार एक भएर लाग्नुपर्ने जनाए ।

    दुग्ध विकास संस्थानले उत्पादन भएका दूधका पदार्थ र दूध बजारमा विक्री गर्न बजार खोज्न जरुरी रहेको बताउँदै उनले किसानको दूध खरिद गर्न डराउने, बजारीकरण पनि नगर्ने भए संस्थानको काम नहुने जनाए ।

    उनले भने, ‘किसानको अभिभावकत्व निभाउन यस्ता संस्थाले नै बजार खोज्ने र मूल्य पाउने गरी दूध विक्री वितरणको वातावरण बनाउनुपर्छ ।’देशमा दूध बढी भएको छ भन्ने भ्रामक समाचार आएकोप्रति आक्रोश पोख्दै उनले केही व्यक्तिले निहित स्वार्थ पूरा गर्नका निम्ति यस्ता समाचार दिएको बताए ।

    उनले समाचार आएजस्तो समस्या नरहेको र बागमती प्रदेशको हेटौँडामा ठूलो दूध पाउडर प्लान्ट निर्माण गरी बेसिजनमा उत्पादित दूधलाई पाउडर बनाएर स्टोर गर्ने योजना बनाएको साथै यस्ता धेरै प्लान्ट बनाउने गरी काम समेत भइरहेको जानकारी दिए ।

    भुसालले सरकारले घडेरी मुक्त क्षेत्र पत्ता लगाई त्यसमा लाखौँ लाख भैँसी पाल्ने र त्यसबाट उत्पादित दूध, दुग्धजन्य पदार्थ साथै मासु निर्यात गर्ने गरी काम गरिरहेको योजना सुनाउँदै अहिले पनि बाहिरबाट आउने भैँसीको मासु खपत भइरहेकाले बाहिर विक्री गर्ने गरी बजार खोजेर बाहिरका आयातित उत्पादन पूर्णरुपमा बन्द गर्ने जनाए ।

    दुग्ध विकास संस्थानका पदाधिकारी नै बाहिरबाट दूध ल्याउन दिनुपर्यो भन्दै डेलिगेशनमा जाने प्रवृत्तिले पनि देशका किसानले गरेको उत्पादनले बजार पाउन नसकेको उनले बताए । मन्त्री भुसालले यहाँका किसानले अब उत्पादन गर्न सकिंदैन भन्ने दिन आएमा मात्र बाहिरको आयात गर्ने अनुमति दिने बताए ।

    कृषि तथा पशुपक्षी मन्त्रालय अन्र्तगतको पशुसेवा विभागका महानिर्देश डा। उमेश दाहालले फ्रेस मिल्क पोडक्ट उत्पादन भएपछि यो क्षेत्रका किसानहरुको थप दूध खपत हुने अपेक्षा लिइएको बताए ।

    नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाका संघीय निर्देशक रमानन्द तिबारीले पछिल्लो समयमा कोल्ढ ड्रिङ्सको नाममा विभिन्न केमिकलजन्य बस्तु उपभोग गर्नुभन्दा फ्रेस मिल्क सेवनबाट स्वास्थ्यसमेत राम्रो हुने भएको कारण यसमा परियोजनाले लगानी गरेको बताएका थिए ।

    नेपालमा यो भन्दा पहिला डिडिसीले सिसाको बोटलमा फ्रेस मिल्क उत्पादन गर्दै आएकोमा ढुवानीको लागि सहज हुने, भएको कारण डिसिडीले पहिलो पटक प्लाष्टिकको बोतलमा फ्रेस मिल्क उत्पादन गरेको डिडिसिका महाप्रबन्धक सञ्जीव झाले जानकारी दिए ।

    डिडिसी लुम्बिनी दुग्ध वितरण आयोजना प्रमुख योगेन्द्र प्रसाद शाहले यो प्लान्टको उत्पादन क्षमता अझ विस्तार गर्दै बजारीकरणमा मुख्य ध्यान दिने र विदेशमा समेत निर्यातको लागि तयारी गरिएको बताएका थिए ।

    शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: असार २०८३

    • ४.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer