• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २८, २०८३
☰
आइतबार, असार २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मधेसमा जान मान्दैनन् कर्मचारी, एक तिहाइ दरबन्दी रिक्त


  •   आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
  • काठमाडौँ । सरकारी कर्मचारीहरू सकेसम्म मधेस प्रदेशमा जान नमान्ने प्रवृत्ति मौलाएको छ। जसले गर्दा मधेस प्रदेशमा यतिबेला करिब एक तिहाइ कर्मचारी अभाव छ। संघीयता कार्यान्वयन भएदेखि नै अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा सधैं कर्मचारीको अभाव हुने गरेको छ।

    Advertisement

    मधेस प्रदेशका मुख्यमन्त्री कार्यालयका गुनासो सुन्ने अधिकारी राजेशकुमार मिश्रका अनुसार मधेस प्रदेशमा कार्यरत कुल कर्मचारीको दरबन्दी ३ हजार ५२ छ। त्यसमध्ये करिब १ हजार कर्मचारीको दरबन्दी अहिले रिक्त रहेको उनको भनाइ छ। मधेस प्रदेशमा मुख्यमन्त्रीको कार्यालयसहित १२ वटा मन्त्रालयमध्ये ५ वटामा अहिले निमित्त सचिव छन्। श्रम तथा यातायात, उद्योग वाणिज्य, वन, स्वास्थ्य, खेलकुद तथा समाज कल्याण मन्त्रालय हाल निमित्त सचिवका भरमा छन्। ‘समायोजन भएर जति कर्मचारी मधेस प्रदेशका आए, करिबकरिब तिनैका भरमा अहिले पनि मधेस प्रदेश चलेको छ,’ मधेस प्रदेशका मुख्यमन्त्री कार्यालयका एक उपसचिव भन्छन्, ‘ती कर्मचारीहरू पनि अवकाशमा जान लागेका छन्।’

    मधेस प्रदेशमा कर्मचारीहरू सकेसम्म जान नचाहने, गए पनि सरुवा मिलाएर अन्य प्रदेशमा गइहाल्ने प्रवृत्तिले सधैं कर्मचारी अभाव हुने गरेको उनको भनाइ छ। मधेस प्रदेशको लोकसेवा आयोगले यतिबेला रिक्त दरबन्दी पूरा गर्न सर्वसाधारणबाट दरखास्त आह्वान गरेको छ। दरबन्दीअनुसार आयोगले नयाँ कर्मचारी सिफारिस गरे मधेसमा कर्मचारी अभाव अन्त्य हुने गुनासो सुन्ने अधिकारी मिश्रको भनाइ छ।

    मधेसका स्थानीय तहमा पनि त्यही अवस्था छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीको गृहप्रदेश मधेसमा धेरै स्थानीय तह निमित्तबाट चलेका छन्। मन्त्रालयका अनुसार कर्णाली तथा सुदूरपश्चिममा भन्दा पनि बढी निमित्त प्रमुख प्रशासकीय अधिकृत मधेसका स्थानीय तहमा छन्। मधेसका ५५, सुदूरपश्चिमका ४७ र कर्णालीका ३५ स्थानीय तह निमित्तबाट चलेका छन्।

    प्रमुख प्रशासकीय अधिकृत पदमा दरबन्दीअनुसार कर्मचारी जान नमानेपछि संघीय मामिला मन्त्रालयले कुनै स्थानीय तहमा एक तह मुनि, कुनै ठाउँमा दुई तह मुनिका कर्मचारीलाई निमित्त बनाएर पठाउने गरेको छ। ‘मधेस प्रदेशका स्थानीय तह, इलाका प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालयजस्ता कार्यालयहरूमा काम गर्न कर्मचारीलाई बढी नै दबाब हुने गर्छ। प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षलगायत जनप्रतिनिधिले नै कानुनबाहिर काम गर्न दबाब दिने गर्छन्,’ रौतहट जिल्लाको एक स्थानीय तहबाट सरुवा मिलाएर गण्डकी प्रदेशको स्थानीय तहमा हाजिरी गर्न पुगेका एक उपसचिवले भने, ‘मधेस प्रदेशका केही यस्ता स्थानीय तह छन्, जहाँ सरुवा हुनुपर्दा कर्मचारीहरूले सजाय पाएको ठान्छन्।’ गृह मन्त्रालय स्रोतका अनुसार तल्ला तहका कर्मचारीले जान अरूची देखाए पनि प्रमुख जिल्ला अधिकारी भई सरुवा हुन चाहनेका लागि भने मधेस आकर्षक प्रदेश हो।

    नियमअनुसार महानगर र उपमहानगरमा सहसचिवसरहको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ। यसैगरी नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा शाखा अधिकृतसरहका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ। तर दरबन्दीअनुसार कर्मचारी नपुगेर, कोही कर्मचारी जान नमानेर १८९ स्थानीय तह निमित्तका भरमा छन्। निमित्तले चलाएको स्थानीय तहमा तुलनात्मक रूपमा बढी बेथिति हुने गरेको मन्त्रालयका अर्का एक कर्मचारीको दाबी छ।

    आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer