काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र खराब नभएको बताएका छन् । ओलीले सरकारले गल्ती गर्दैमा गणतन्त्र र लोकतन्त्र खराब भन्ने हुनै नसक्ने तर्क गरेका हुन् oli।
Advertisement
अध्यक्ष ओलीले भने, सरकारको कुशासनको चर्चा गरी साध्यै छैन । तर यसको अर्थ लोकतन्त्र खराब भन्ने हुन सक्दैन । गणतन्त्र खराब भन्ने हुन सक्दैन । यसको अर्थ जसले गल्ती गरेको छ, त्यो खराब होला । त्यसबाट हामी ढुङ्गे युगतिर फर्कन सक्दैनौँ ।’
ओलीले अराजकतालाई नियन्त्रण नगर्ने, गुण्डागर्दीलाई आममाफी दिने, अर्थतन्त्र ध्वस्त बनाउने, तस्करीलाई बढवा दिने लगायतका कुशासनको पक्षमा सरकारले गरेको कामको चर्चा गरी साध्य नभएको जिकिर समेत गरे ।




