• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

कांग्रेस–एमाले जाजरकोटमा, प्रचण्ड ठूलो टिमसहित सरकारी खर्चमा दुबई


  •   आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
  • काठमाडौँ । भूकम्पले जाजरकोट र पश्चिम रुकुम थिलोथिलो भएको बेला राष्ट्रपति रामचन्द्र पौडेलले विदेश भ्रमण रोके । उनी भूकम्प पीडितलाई भेट्न गए । उनले विदेश भ्रमण रोकेकोमा आम सर्वसाधारणले प्रशंसा गरेका थिए ।

    Advertisement

    तर यही मेसोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी बुधबार संयुक्त अरब इमिरेट्सको दुबई जाने कार्यक्रम तय भएको छ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनको २८ औँ संस्करण (कोप–२८) मा सहभागी हुन उनी त्यहाँ जान लागेका हुन् ।

    मंसिर १४ गतेदेखि २६ गतेसम्म हुने सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीको नेतृत्व गर्दैछन् । टोलीमा प्रधानमन्त्रीसहित वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो, वन तथा वातावरण सचिव दीपककुमार खराल, अर्थ सचिव कृष्णहरि पुस्कर, प्रधानमन्त्रीका स्वकीय सचिवद्वय गङ्गा दाहाल र रमेश मल्ल, प्रधानमन्त्रीको विकास व्यवस्थापन तथा वातावरणविद् सल्लाहकार डा. पपुलर जेन्टल भुसाल टोलीमा हुने छन् ।

    अन्य धेरै सरकारी कर्मचारी र सञ्चारकर्मीहरु सरकारी खर्चमा त्यहाँ पुग्दैछन् । जबकि मुलुकमा भूकम्पको विपत्ति कायमै छ ।

    विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु भूकम्प पीडितलाई अस्थायी घर टहरा निर्माण गर्न जाजरकोट र रुकुम पश्चिम पुगेका छन् । नेपाली कांग्रेस र एमालेका कार्यकर्ता एक महिने अभियाननै लिएर त्यहाँ पुगेका छन् ।

    सरकारी राहतले मात्र पुगेन भनेर दलगत रुपमै पीडितको पुगेको अवस्थामा भने प्रधानमन्त्री दाहालले भने करोडौँ खर्च गरेर विदेश भ्रमणमा जान लागेका हुन् ।

    राज्य कोषबाट करोडौँ खर्च गरेर उनीमात्र जान लागेका छैनन् दर्जन भन्दा बढी सरकारी कर्मचारी भ्रमण भत्ता मिलाएर कोप–२८ मा जान लागेका हुन् । यसअघि पनि दर्जनौँ सरकारी कर्मचारी विदेश भ्रमणमा पुगेर फर्केका छन् ।

    आर्थिक वर्ष २०८०–८१ को बजेट भाषणमै विदेश भ्रमणलाई निरुत्साहित गर्ने उल्लेख थियो । तर स्वयं सरकारका प्रधानमन्त्री नै विदेश भ्रमण तारन्तर गइरहेका छन् ।

    भारत, अमेरिका, चीन लगायतका मुलुक पुगेर प्रधानमन्त्रीले करोडौँ रुपैयाँ खर्च गरिसकेका छन् भने पुनँ दुबई जाँदा पनि राज्यकोषको करोडौँ रुपैयाँ सकिएको छ ।

    ‘राज्यकोषको रकम विदेश भ्रमण गरेर खर्च गर्नेमा सबैभन्दा पहिला प्रधानमन्त्रीकै नाम आउने गरेको छ’, प्रधानमन्त्री कार्यालयका एक सचिवले भने ।

    अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ९५ लाख २७ हजार रुपैयाँ खर्च भएको थियो ।

    अझ अमेरिका र चीन भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डको खर्च भने झन् बढी भएको मन्त्रालय स्रोतले जनाएको छ ।

    आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer