काठमाडौं । मोरङ्गको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द भण्डारी आफैं विद्यार्थीहरुलाई अध्यापन गराउन थालेका छन् ।
Advertisement
विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भुपराज अधिकारीले स्वेच्छिक अवकाश लिएर क्यानडा प्रस्थान गरेपछि विद्यार्थीहरुको पठनपाठनमा बाधा नपुगोस् भनेर अर्को शिक्षकको व्यवस्था नभएसम्म भण्डारीले आफैं अध्यापन गर्न थालेका हुन् । अध्यक्ष भण्डारी सोही विद्यालयका पूर्व प्रधानध्यापक समेत हुन् ।
लामो समय सोही विद्यालयमा अध्यापन गराएका उनी सेवानिवृत्त भएपछि सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनेका थिए । (सामाजिक संजाल)




