• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

सँगै बन्धक बनेका थाई श्रमिक छुट्दा, किन छुटेनन् बिपिन?


  •   सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
  • काठमाडौँ । हमासले इजरायलसँग गरिएको सम्झौता बाहिर गएर १५ जना विदेशी नागरिकलाई रिहाई गरिसकेको छ । आइतबार पनि थप ७ जना विदेशी बन्धकलाई मुक्त गर्ने सुचना इजरायललाई दिएको छ ।

    Advertisement

    यो ७ जनाभित्र नेपाली विपिन जोशी परे/नपरेको सार्वजनिक गरिएको छैन । अहिलेसम्म २४ जना इजरायली नागरिकको पनि रिहा भइसकेको छ । इजरायलले पनि बदलामा ७८ प्यालेस्टिनी कैदीलाई रिहाई गरिसकेको छ ।

    इजरायलको प्रधानमन्त्रीको प्रेस कार्यालयले रिहाई हुने विदेशी नागरिकको सूचीबारे खुलाएको छैन । ‘सम्झौता अनुसार आइतबार बन्धकहरु रिहा हुनेछन् । यो सूचीमा नेपाली नागरिक रहे नरहेको विवरण आइसकेको छैन’, प्रेस कार्यालयले  भन्यो ।

    हमासले एकसय २२ जना विदेशी नागरिकलाई बन्धक बनाएर राखेको थियो । त्यसमध्ये १४ जना थाई र एकजना फिलिपिनो नागरिकलाई रिहाई गरिसकेको छ । हमासले पहिलो दिनमा नै १० जना थाई र एकजना फिलिपिनोलाई रिहाई गरिदिएको थियो । दोश्रो दिन पनि चार जना थाई नागरिकलाई रिहाई गरिदिएको थियो ।

    ‘दुईदिनदेखि थाई नागरिक मात्रै रिहाई भइरहेको छ । थाइल्याण्ड आफ्ना नागरिकलाई रिहाई गर्न सफल भइरहेको छ । विपिनको अत्तोपत्तो छैन’, इजरायलबाट उद्धार भई फर्केका विपिनका साथी नीतिन भण्डारीले भने,‘हामी त हेरेको हेर्‍यै भइरहेका छौं ।’

    कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले विपिनको उद्धारको लागि कतारी निकायसँग निरन्तर पहल भइरहेको बताए । बन्धक रिहाई र युद्धविराम गर्न कतारले हमास र इजरायलबिच मध्यस्थता गरिरहेको छ । कतारी टोली रिहाई र युद्धविरामलाई अझ प्रभावकारी बनाउन शनिबार इजरायल पुगेका थिए ।

    ‘हामी कतारी निकायसँग निरन्तर सवांदमा छौं । कतारबाट सकारात्मक जवाफ पनि पाएका छौं’, राजदूत ढकालले भने,‘विपिन छुट्ने प्रक्रियामा रहेको विश्वासमा छु ।’

    इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले आफुले इजरायल सरकारसँग निरन्तर पहलकदमी गरिरहेको वताइन् । ‘म छिट्टै खुसीको खबर सुनाउन आतुर छु । यसको लागि उच्च तहमा काम गरिरहेकी छु’, उनले भनिन् ।

    कतारी कूटनीतिक स्रोतका अनुसार बन्धक बनाएका विदेशीहरु गाजा क्षेत्रको अलग अलग स्थानमा राखिएको छ । अक्टोवर ७ मा जोशीलाई भने अल्फा अस्पतालमा पुर्‍याइएको भिडियो सार्वजनिक गरिएको थियो ।

    इजरायल र हमासबिच सम्झौता भएको ५० जना बन्ककको सूचीमा विदेशी नागरिक थिएनन् । सम्झौतामा इजरायली बालबालिका, महिला र बृद्धबृद्धालाई प्राथमिकतामा राखिएको थियो ।

    इरान र मलेसियाको सहयोगबाट १४ थाई नागरिक रिहा भएको थाई सरकारले जनाएको छ । हमासको बन्धकमा अझै १८ जना थाई नागरिक रहेको थाई सरकारको भनाई छ । थाइल्याण्डस्थित इरानी दूतावासले इस्लामिक गणतन्त्रका अधिकारीहरूको बेरुत भ्रमणको क्रममा इरानले हमासका अधिकारीहरूलाई बन्धक भएका थाई नागरिकको सूची उपलब्ध गराएको सामाजिक सञ्जालमा लेखेको छ । ‘हमास नेताहरूलाई इरान र थाइल्याण्डबीचको मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै थाई बन्धकहरूलाई रिहा गर्न आग्रह गरिएको थियो’, एक्समा इरानी दूतावासले लेखेको छ ।

    रिहाई भएकामध्ये चार जना नागरिकको नामवाली हमासको बन्धकमा रहेको जानकारी थाई सरकारसँग थिएन । उनीहरु बेपत्ता भएका थिए । शुक्रबार रिहाई भएका थाई नागरिक भिटुन फुम मारिएको हुनसक्ने परिवारले आशंका गरेका थिए । शुक्रबार गाजा क्षेत्रबाट रिहाई भएको तस्बिर परिवारले पाएपछि जिउँदै रहेको खबर परिवारले पाएका थिए । ‘उनले (भिटुन)ले मलाई नरुनु भन्नुभयो । आमालाई म फर्कंदैछु भनेर भन्नुभयो,’ भिटुनसँगको भिडियो कलमा पुनर्मिलन भएपछि कान्छा भाई रुंगारुन विचागरनले रोयटर्सलाई बताए,‘उनले आफूलाई खाना र पानी पाएको बताए । उनको तौल घटेको देखिएन ।’

    ३३ वर्षिय भिटुन पाँच वर्षदेखि इजरायलमा कृषि काम गर्दै आएका थिए । उनीहरुलाई ४८ घण्टा अस्पतालमा बसेर घर फर्किने थाइल्याण्डले जनाएको छ । ‘परराष्ट्र मन्त्रालयको समन्वय र प्रयासमा इजरायलको शमिर मेडिकल सेन्टरमा उपचार भइरहेको १० थाई कामदारको रिहाइको पुष्टि भएको कुरा सुन्न पाउँदा म धेरै खुसी छु,’ थाई प्रधानमन्त्री श्रेथा थाविसिनले शुक्रबार सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । आइतबारको अर्को पोस्टमा उनले रिहा भएका सबै नागरिकको स्वास्थ राम्रो रहेको र थप उपचार गर्न आवश्यक नरहेको जनाएकी छन् ।

    किवुज अलुमिमबाट विपिन जोशीलाई पनि थाई कामदारसँगै बन्धक बनाएर लिएर गएको थियो । सुरक्षाको लागि थाईसँगै बंकरसँग बसेको बेला हमास लडाकु आएपछि थाई कामदारले हात उठाएर ‘थाइल्याण्ड, थाइल्याण्ड’ भन्दै कराएको थियो । त्यतिखेर केही थाई र विपिनलाई हमासले बाहिर निकालेर अन्धाधुन्दा गोली चलाएको थियो । त्यसरी गोली चलाउदा अलुमिमभित्रको दुई बंकरमा १० जना नेपाली मारिएका थिए ।

    प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित कम्तीमा एकसय २२ जना विदेशी नागरिक रहेको बताएको थियो । थाइल्याण्डका ३२ जना नागरिक र जोशीलाई किवुजबाट बन्धक बनाएर लागिएको थियो । उनीहरु कृषि क्षेत्रमा काम गर्थे । हमासले अर्जेन्टिनाका २१, जर्मनीका १८, अमेरिकाका १०, फ्रान्स र रसियाका ७–७ जना नागरिकलाई बन्धक बनाएको छ । त्यस्तै हंगेरीका ४, पोल्याण्डका ३, पोर्चुगलका ३, चीनका २, फिलिपिन्स, रोमानिया, ताञ्जिनिया र बेलायतका २–२ जना, अष्ट्रिया, ब्राजिला, क्यानडा, डेनमार्क, आयरल्याण्ड, लुथिनिया, मेक्सिको, नेदरल्याण्ड, सर्विया, दक्षिण अफ्रिका, श्रीलंका, युक्रेन र उरुगुयअयनका एक–एक जना नागरिकलाई बन्धक बनाएर लगिएको छ ।

    सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer