• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

हुँदै नभएको कालोपत्रे देखाएर सवा दुई लाख भ्रष्टाचार


  •   सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
  • काठमाडौँ । हुँदै नभएको कालोपत्रे देखाएर झन्डै सवा दुई लाख रुपैयाँ सरकारलाई हानी नोक्सानी पुर्‍याएको आरोपमा ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । उनीहरुले सुनसरी रामधुनी नगरपालिका-३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मूल सडक सिंगियादेखि लालपुर गाउँसम्म कालोपत्रे सडक निर्माण कार्यमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाएको अभियोग छ ।

    Advertisement

    आयोगले रामधुनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्र नारायण चौधरी, सब-इन्जिनियर हर्षलाल चौधरी, रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सविनाकुमारी चौधरी, वडा नं. ३ का तत्कालीन वडाध्यक्ष राजकुमार चौधरी, वडा नं. ३ का तत्कालीन वडा सदस्य टिकालक्ष्मी श्रेष्ठ, योजना शाखाका सहायक पाँचौँ तहका सुनिलकुमार चौधरी र जालपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोप्राइटर नानु कुमारी निरौला (बस्नेत) विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    उनीहरुले स्थलगत रूपमा नाप जाँच गरी नापी किताबमा वास्तविक परिमाण चढाउने र निर्माण व्यवसायीले पेश गरेको बिल सही छ/छैन चेकजाँच गरी कार्य सम्पन्न प्रतिवेदन तयार गर्नुपर्नेमा निर्माण स्थलमा नगरे/नगराएको काम भएको भनी प्रतिवेदन बनाएको र झुट्टा बिल भरपाई बनाएको आयोगको अनुसन्धानबाट देखिएको छ । मिलिभगतमा दुई लाख १२ हजार ७३ रुपैयाँ ५८ पैसाको झुट्टा बिल बनाई कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी कम्पनीलाई भुक्तानी दिएको आयोगले जनाएको छ ।

    आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेकोको आरोपमा न्यौपाने, दाहाल र चौधरी द्वयलाई दुई लाख १२ हजार ७३ रुपैयाँ ५८ पैसा बिगो कायम गरी जरिवाना र कैद सजायको माग दावी लिएको छ ।

    आयोगले रामधुनी नगरपालिकाकाको तत्कालीन उपप्रमुख चौधरी, रामधुनी कै ३ नम्बर वडाका तत्कालीन वडाध्यक्ष राजकुमार चौधरी, वडा सदस्य श्रेष्ठ र योजना शाखाका सहायक पाँचौँ तहका सुनिलकुमार चौधरीविरुद्ध समेत हुँदै कैद सजाय र जरिवानाको मागदावी गरेको छ ।

    जालपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोप्राइटर बस्नेतले सरकारी सम्पत्तिमा गैर कानुनी हानि पुर्‍याउने र आफूलाई लाभ पुर्‍याउने बदनियतले सम्झौता विपरीत निर्माण स्थलमा सम्पादन नै नभएको र नापी किताब एवं ठेक्काको बिलमा वास्तविक कामको परिमाणभन्दा बढी काम गरेको देखाई रकम लिएको भन्दै बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिएको छ ।

    सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer