• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

चिया र कफी पारखी नेपाली


  •   मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपालमा वार्षिक करिब १३ हजार मेट्रिक टन चिया खपत हुन्छ भने दुई हजार एक सय ५० मेट्रिक टन कफी खपत भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कृषि विकास अधिकृत चन्द्र पुरीले जानकारी दिए ।

    Advertisement

    आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा चियाको आन्तरिक खपत ११ हजार ८ सय २५ मेट्रिक टन रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा बढेर १३ हजार ८ सय ८५ मेट्रिक टन पुगेको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

    पुरीका अनुसार आन्तरिक उत्पादनको ४५ देखि ५० प्रतिशत चिया स्वदेशमै खपत हुन्छ भने बाँकी विदेश निर्यात हुँदै आएको छ । ‘चियामा हामी अत्मानिर्भर छौँ, स्वदेशमा उत्पादित चियाको ४५ देखि ५० प्रतिशत यहीँ खपत हुन्छ,’ पुरीले भने, ‘हामीले उपयोग गरी बढी भएको चिया निर्यात गर्छौं ।’

    कफी कल्चर किन बढ्यो ?

    नेपालमा दिनानुदिन कफी पिउनेको संख्या बढ्दै गएको छ । युवाहरुको प्राथमिकतामा परेको कफी क्याफे तथा आउटलेट स्थापनाले गर्दा मागसँगै ‘कफी कल्चर’ बढेको छ । कफीको महत्त्व र सहरमा कफीको राम्रो व्यवसाय हुने भएकाले कफीको संस्कृति बढेको हो । यसका साथै कफीमा मान्छेको पहुँच भएकाले कफी सेवन गर्नेको संख्या बढेको पुरीको भनाइ छ ।

    ‘सहरमा युवापुस्तामा कफीको कल्चर बढ्दो छ,’ उनले भने, ‘सहरमा कफी व्यवसाय गर्नेको संख्या बढेसँगै यसको पहुँच पनि पुगेकाले कफी लोकप्रिय बनेको हो ।’

    कफी आयात बढ्दो

    पछिल्लो समय तीव्र रुपमा मौलाउदो कफी संस्कृति तथा क्याफे व्यवसाय स्थापनाले कफीको मागसँगै आयात बढ्दो छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा १२ करोड ७६ लाख बराबरको २ सय ७९ मेट्रिक टन कफी नेपालमा आयात हुँदा ११ करोड ७० लाख रूपैयाँ बराबरको ६९ मेट्रिक टन मात्रै कफी निर्यात भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा १३ करोड ४ लाख बराबरको ७७ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख बराबरको ४ सय ५० मेट्रिक टन कफी आयात भएको थियो ।

    नेपाली कफीको मूल्य किलोको दुई हजार

    नेपालमा उत्पादित कुल कफीको झन्डै २० प्रतिशत विदेश निर्यात भएको बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले बताए । उनका अनुसार नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । नेपाली कफी निर्यात हुँदा सरदर प्रति केजी १६ अमेरिकी डलर (करिब दुई हजार रुपैयाँ) प्राप्त गर्दै आएको छ । आयात मूल्यको तुलनामा झण्डै २ देखि ३ गुणा बढी मूल्यमा नेपाली कफी निर्यात भइरहेको उनले बताए ।

    कफी उत्पादनमा जोड

    आन्तरिक माग पूर्ति गर्न र अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको मूल्य करिब ३ गुणा बढी पाइने भएकाले यसको उत्पादनमा जोड दिनुपर्ने बोर्डका निर्देशक डा. भट्टराईले सुझाए । ‘आन्तरिक माग पूर्तिका लागि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्नु पर्छ,’ उनले भने ।

    आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ५२ हेक्टर क्षेत्रफलमा कफी खेती गर्दा ३ सय १४ मेट्रिक टन उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ३ सय ४३ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदा ३ सय ५४ मेट्रिक टन उत्पादन भएको बोर्डले जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७९/८० मा ३ हजार ६ सय ५५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्दा ३ सय ९४ मेट्रिक टन उत्पादन भएको थियो ।

    चियामा आत्मनिर्भर

    नेपालले अधिकांश उपभोग्य वस्तुहरू आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफैँ उत्पादन गरी भारत लगायत अन्य तेश्रो मुलुकमा समेत नेपाली चिया निर्यात भइरहेको बोर्डले जनाएको छ । आर्थिक वर्षमा २०७७/०७८ मा ३ अर्ब ७९ करोड ७१ लाख मूल्य बराबरको ११ लाख ९ सय २० मेट्रिक टन चिया निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

    आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बराबरको १२ लाख ४ सय ९४ मेट्रिक टन चिया निर्यात भएको थियो ।

    बर्सेनि २० हजार मेट्रिक टनभन्दा बढी चिया उत्पादन

    नेपालमा आर्थिक वर्ष २०७८/०७९ को २० हजार २ सय १९ हेक्टरमा चिया खेती भएकोमा २६ हजार ३ सय ७९ मेट्रिक टन उत्पादन भएको थियो ।

    नेपालमा आर्थिक वर्ष २०७७/७८ मा १६ हजार ९ सय २० हेक्टर क्षेत्रफलमा चिया खेती गर्दा २३ हजार ७ सय ४५ मेट्रिक टन उत्पादन भएको थियो ।

    यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा १६ हजार ९ सय ५ हेक्टर क्षेत्रफलमा खेती हुँदा २४ हजार १ सय १८ मेट्रिक टन चिया उत्पादन भएको थियो ।

    चियामा चुनौती

    विदेशी मुद्रा आर्जन र ग्रामीण अर्थतन्त्रको मूख्य आधार भएको चिया उद्योगका अगाडि गुणस्तरीय उत्पादन, अन्तर्राष्ट्रिय बजार, व्यवसायिक तथा दिगो खेती प्रविधि, अनुसन्धान एवम् विकासका थुप्रै चुनौती रहेको बोर्डले जनाएको छ ।

    नेपालमा उत्पादित चिया ९० प्रतिशतभन्दा बढी भारतमा निकासी हुन्छ । निर्यातमा हुने बाधा, झन्झटिलो प्रक्रिया, नेपाली चिया कमसल तथा मिसावटयुक्त जस्ता आरोपहरु खेप्नु परेको बोर्डका निर्देशक डा. भट्टराईले गुनासो गरे ।

    उनका अनुसार नेपाली चिया गुणस्तरमा अब्बल हुँदाहुँदै पनि न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताका कारण नेपाली चिया क्षेत्र क्षमता अनुसार नाफामूलक बन्न नसकेको उनले बताए । नेपालका छिमेकी मुलुक भारत, श्रीलंका लगायतका राष्ट्रहरुले चियामा भ्यालु एड गरी प्रतिस्पर्धी बजारमा आफ्नो स्थान सुरक्षित गरिरहेका छन् । नेपालले पनि आम उपभोक्ताको माग अनुसार संख्यात्मक उत्पादनमा मात्रै नभएर तयारी चियाको विशिष्टकृत गुणस्तरमा ध्यान दिन जरुरी देखिएको उनले बताए ।

    चिया खेतीको सुरुवात

    इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापाले वि.स. १९२० मा इलाममा रोपण गरेपछि चिया खेती सुरुवात भएको मानिन्छ । नेपाली चियाको इतिहास लगभग एक सय ६० वर्ष पुरानो भएको बोर्डले जनाएको छ । तत्कालीन राजा विरेन्द्रले वि.सं. २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई चिया क्षेत्रको रूपमा घोषणा गरेपछि सरकारीस्तरबाट व्यवसायिक चिया खेतीको प्रवर्द्धन भएको पाइएको बोर्डले उल्लेख गरेको छ ।

     

    मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer