☰
शुक्रबार, कार्तिक १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

शिक्षामा हेलम्बु गांउपालीकाको उदाहरणीय कार्य: एकीकृत सिकाइ केन्द्र


  •   मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
  • सिन्धुपाल्चोक । ईच्छा हुनुपर्यो बाटो हजार आउछ्न, भनेजस्तै हेलम्बु गाउँपालिकाले शुरु गर्यो, “एकीकृत सिकाइ केन्द्र”।

    Advertisement

    सिन्धुपाल्चोक स्थित हेलम्बु गाउँपालिकाले हरेक विद्यालयमा ११/१२ कक्षा पढाइ हुँदा विद्यार्थीको अभाव हुने, शिक्षक व्यवस्थापनमा समस्या हुने, सबै माविमा १०+२ चलाउदा खर्च बढ्ने र खर्चको अनुपातमा नतिजा पनि राम्रो नआउने भएकोले गाउँपालिकाले उपाय निकाल्यो, एकै ठाउँमा राखेर सबैलाई पढाउने । जसको नाम राखियो, “एकीकृत सिकाइ केन्द्र” । यसबाट सबै पढाई एकै ठाउँमा हुने भएकोले बिद्यार्थीले आफूलाई मनपर्ने विषय पढ्न पनि पाउने भए र संचालन खर्च पनि कम हुने भयो ।

    यतिमात्रै होईन, पालिकाले कक्षा १२ सम्मको शिक्षा नि:शुल्क, पोशाक र खाजा पनि नि:शुल्क बनाएको छ र दुर्गम भेगका विद्यार्थीलाई सहज होस् भनेर हालै गाउँपालिकाले दुईवटा स्कुल बस किनेको छ र बस सेवा पनि नि:शुल्क छ ।  पालिकाको यस नमुना कार्यवाट झण्डै २५० विद्यार्थीले प्रतक्ष्य फाईदा लिएका छन् ।

    ” ७ वडा मा भएका १२ माविमा सबैमा १०+२ चलाउदा खर्च बढ्ने, शिक्षकको समस्या पर्ने र सोचे जस्तो र खर्चको अनुपातमा नतिजा पनि राम्रो नआउने भएकोले, गाउ पालिकाले “एकिकृत सिकाई केन्द्र” सन्चालन गर्ने सोचाई अगाडी बढाएको पालीका प्रमुख निमा ग्याल्जेन ह्योल्मोले बताउनु भयो । यसमा पालीकाको आन्तरिक श्रोत र निशर्त अनुदानको रकमबाट खर्च गरिएको पालीकाका अध्यक्षले बताउनु भयो ।

    पालिका परिचय

    हेलम्बु गाउँपालिकाको नामाकरण तत्कालिन हेलम्बु गा.बि.स. बर्तमान गाउँपालिकाको वडा नं १ सँग जोडिएको छ । हेलम्बु भन्नाले एउटा गाउँ मात्र नभएर यसले भेगको प्रतिनिधित्व गर्दछ । साबिकको हेलम्बु गा.वि.स.को नाम २०४९ सालको निर्वाचन सम्पन्न भएपछि निर्वाचित पहिलो गा.वि.स.ले नाम परिवर्तन गरेर हेलम्बु राखेको हो ।  राज्यको पुन संरचनासँगै यहाँका ५ वटा तात्कालिन गा.वि.स.हरु क्रमश : हेलम्बु, किउल, पाल्चोक, महाँकाल र इचोकलाइ मिलाएर हेलम्बु गाउँपालिकाको निर्माण भएको छ । यो पालिकामा ७ वडाहरु रहेका छन् ।

    हेलम्बु गाउँपालिकाको उत्तर पुर्वमा पाँचपोखरी थाङपाल गाउँपालिका, पश्चिमतर्फ तर्फ दुप्चेश्वरी गाउँपालिका, नुवाकोट जिल्ला, उत्तर तर्फ रसुवा जिल्ला दक्षिणतर्फ मेलम्ची नगरपालिका पर्दछ । यस पालिकामा विभिन्न जातिका मानिसहरुको वसोवास रहेता पनि ह्योल्मो जातिको बाहुल्यता छ । सो अलावा शेर्पा, तामाङ, क्षेत्री, बाहुन, दलित समुदाय लगायतका जातिहरु पनि बसोबास गर्छन् । यो पालिकाको नाम ह्योल्मो जातिको पहिचान खुल्ने गरी हेलम्बु गाउँपालिकाको नामाकरण भएको कुरा मान्न सकिन्छ । २८७.२६ ब. मि. क्षेत्रफल भएको यस पालिकामा पछिल्लो गणना अनुसार १७४९७ जनसंख्या रहेको छ । अधिकांश भुभाग पहाड र सुन्दर डाँडा पाखाले भरिएको यस गाउँपालिकाको उचाई समुन्द्री सतहबाट करिब १००० मिटर देखि ५००० मिटर सम्मको भुभाग पर्दछ । यहाँका मानिसहरुको मुख्य पेशा कृषि हो ।

    मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer