• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

बिहान अधिकांश पुरुष गर्छन् यस्ता गल्ती, तपाई पनि पर्नु हुन्छ कि ?


  •   मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
  • काठमाडौँ । आफूलाई सुन्दर बनाउने, साजसज्जा गर्ने कुरालाई महिलासँग मात्रै जोडेर हेर्ने गरिएको छ । तर पछिल्लो समय पुरुषले पनि आफ्नो सुन्दरताप्रति चासो दिन थालेका छन् । अनुहारको छालाबारे सतर्क हुन थालेका छन् । तर समस्या चाहिँ के भइरहेको छ भने धेरै राम्रो देखिने चक्करमा उनीहरूले आफ्नो छालाको स्वास्थ्य र हेरचाहमा लापरबाही अनि गल्ती गरिरहन्छन् । जसको असर अनुहारको छालामा देखिन्छ । छालाको चमक फिक्का हुन्छ, समय अगावै बुढो देखिन थाल्छन् । अनुहारको फिक्का चमकले गर्दा आत्मविश्वासमा कमी आउँछ । तपाईंले पनि बिहान बिहान यस्ता गल्ती त गरिरहनु भएको छैन ?

    Advertisement

    छाला नरम नबनाई दाह्री काट्ने:

    वेबएमडीमा छापिएको एउटा रिपोर्ट अनुसार दाह्री काट्ने बेलामा प्रायः पुरुषहरूले रेजरको छनौटमै गल्ती गर्छन् । अर्को गल्ती चाहिँ दाह्री काट्नु अघि सेभिङ क्रिम वा फोम लगाउँदैनन् । जसले गर्दा दाह्री र छाला दुवै दह्रो हुन्छ । सफाचटसँग दाह्री काटिँदैन । ठाउँठाउँमा चोट लाग्ने सम्भावना हुन्छ । कतिले चाहिँ सेभिङका लागि धेरै पटक एउटै ब्लेडको चलाउँछन् । यी सबैको असर अनुहारको छालामा देखिन्छ । दाह्री काट्नु अघि मनतातो पानीले दाह्री भिजाउनुस् । सेभिङ क्रिम वा फोम लगाएर दाह्री र छाला दुबैलाई नरम बनाउनुस् ।

    क्रिमको प्रयोग नगर्ने:

    महिलाको तुलनामा पुरुषको छालामा बढी चिल्लो हुन्छ । छाला चिल्लो भएकोले सेभिङ क्रिम वा फोम लगाउन आवश्यक छैन भन्ने केहीले सोच्छन् । तर यसो नगर्दा छाला झन् रुखो, सुख्खा हुन्छ अनि चमक पनि हराउँदै जान्छ । त्यसैले अनुहारमा छाला सुहाउँदो क्रिम लगाउनु पर्छ ।

    मोइश्चराइजर नलगाउनेः

    पुरुषहरू आफ्नो मुहारको विषयमा अलि बढी नै लापरवाह हुन्छन् । उनीहरू आफ्नो छालामा कुनै क्रिम वा मोइश्चराइजर खासै लगाउँदैनन् । अनुहारमा मोइश्चराइजर नलगाउने पुरुषको चमक समय अगावै हराउँदै जान्छ । छाला राम्रो बनाउन महिलालाई मात्रै होइन पुरुषलाई पनि मोइश्चराइजर र एन्टि रिंकल क्रिमको आवश्यकता पर्छ । त्यसैले ३० वर्ष कटेपछि हरेक पुरुषले पनि मोइश्चराइजर र एन्टि रिंकल क्रिम लगाउन जरुरी छ ।

    अल्कोहल भएको आफ्टरशेभको प्रयोगः

    फेशनको चक्करमा पुरुषहरू दाह्री काटेपछि आफ्टरशेभ लगाउँछन् । तर अधिकांश आफ्टरशेभमा अल्कोहल हुन्छ । अल्कोहलयुक्त आफ्टरशेभको प्रयोगले छाला सुख्खा हुन्छ । दाह्री काट्दा छालामा कतै काटिएको छ वा घाउ चोट लागेको छ भने छाला चहर्‍याउन थाल्छ । त्यसैले दाह्री काटेपछि आफ्टरशेभ होइन हलुका खालको मोइश्चराइजर प्रयोग गर्नुस् ।

    यसरी गर्नुस् छालाको स्याहारः

    ३० वर्ष उमेर कटेको छ भने दिनहुँ अनिवार्य रूपमा क्रिम प्रयोग गर्नुस् । घरबाट बाहिर जाने बेलामा सन स्क्रिनको प्रयोग जरुरी छ । साँझ बाहिरबाट घरमा आउने बित्तिकै अनुहारलाई फेशवाशले सफा गर्नुस् । अनुहारमा रेखा वा चाउरी हटाउन रेटीनल, मलबरी, भिटामिन सी र नियासिनामाइनयुक्त प्रडक्ट उपयोगी हुन्छ । हेभी क्रिमको सट्टामा सीरम उपयोगी हुन सक्छ । सीरमको प्रयोग गर्नुस् ।

    मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer