सिन्धुपाल्चोक। सिन्धुपाल्चोक स्थित हेलम्बु गांउपालिकाले शिक्षा क्षेत्रमा उदाहरणीय र अनुकरणीय कार्य थालेको छ।
७ वडामा भएका १२ वटै मा.वि. मा सबैमा १०+२ चलाउदा खर्च बढ्ने, शिक्षकको समस्या पर्ने र सोचे जस्तो र खर्चको अनुपातमा नतिजा पनि राम्रो नआउने भएकोले, गाउ पालिकाले “एकिकृत सिकाई केन्द्र” सन्चालन गर्ने सोचाई अगाडी बढायो । जसलाई पूर्ण समर्थन जनाए पालिका प्रमुख निमा ग्याल्जेन ह्योल्मोले ।
Advertisement
बिद्यार्थी टाढा-टाढाबाट आउन समस्या पर्ने हुनाले उनीहरुको सुबिधाको लागि पालिकाले आफैले दुईवटा बस पनि खरिद गरेको छ। यसका साथै पालिकाले बिद्यार्थीहरुलाई पोषाक र खाजा पनि निशुल्क उपलब्ध गराएको छ ।
यसमा पालिकाको आन्तरिक श्रोत र निशर्त अनुदानको रकमबाट खर्च गरिएको पालिकाका अध्यक्षले बताउनु भयो ।




