• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, साउन २७, २०८३
☰
बुधबार, साउन २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

कछुवाको गतिमा कर्णालीको विकास बजेट खर्च


  •   मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
  • सुर्खेत। कर्णाली प्रदेश सरकारले विकास बजेटको खर्च विगतका वर्षहरुमा झै सुस्त देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा कुल बजेटको ७ प्रतिशत मात्रै खर्च भएको हो । चालु आर्थिक वर्षमा कर्णाली सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट विनियोजन गरेको छ । प्रदेशमा सरकारको उच्च प्राथमिकतामा परेका आयोजनाकै लागि बिनियोजन भएको बजेट खर्च भएको छैन । सरकारले महत्वकाक्षी योजना ल्याउने तर त्यसको कार्यान्वयनमा चुनौती हुने देखिएको हो । सरकारले आर्थिक वर्ष ०७४/७५ मा कुल ७ प्रतिशत, ०७५/ ७६ मा ३६.३७ प्रतिशत, ०७६/ ७७ मा ४८ प्रतिशत, ०७७/७८ मा ६५.५२ प्रतिशत, ०७८/ ७९ मा ६२ प्रतिशत र ०७९/८० मा ६७.५६ प्रतिशत बजेट खर्च गरेको छ ।

    Advertisement

    विगत पाँच वर्षको अवधिलाई हेर्दा कुल एक खर्ब ३३ अर्ब ९४ लाख ४२ हजार बजेट ल्याएको प्रदेश सरकारले आधा ५२ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको देखिन्छ । दीर्घकालीन रणनीतिक योजना बिना नै आयोजनाहरूमा बजेट छुट्याउने प्रवृत्तिका कारण हरेक वर्ष कर्णालीको विकास बजेट फ्रिज हुँदै आएको छ । कर्णाली सरकारका एक दर्जनभन्दा बढी प्रदेश सरकारका योजना अलपत्र छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा बजेट खर्चको अनुपात हेर्दा चालु आर्थिक वर्षमा पनि असार विकासले निरन्तरता पाउने देखिन्छ ।

    पहिलो चौमासिकमा खर्च कम देखिए पनि आर्थिक वर्षको अन्त्यसम्म शतप्रतिशत बजेट खर्च हुने सरकारले दाबी गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले बजेट खर्चको अवस्था गत वर्षभन्दा सुधारिएको बताउँछन् । बजेट कार्यान्वयनमा रहेका समस्या समाधानमा लागेको उनको भनाई छ । ‘ठेक्का प्रक्रियामा भएका कमजोरी सुधार भइरहेको छ, असार मसान्तमा मात्र बजेट खर्च नहुने गरी काम अघि बढाएका छौँ’ मन्त्री सिंहले भने, ‘बजेट कार्यानवयनमा भएका समस्यालाई समाधान गर्न अघि बढेका छौ ।’

    यता कर्णाली प्रदेश सांसद एंव पूर्व अर्थमन्त्री विनोद शाहले सरकार र मातहतका निकायले व्यवस्थित तरिकाले काम गर्दा खर्च हुन नसकेको बताउँछन् । प्रतिपक्षको हिसाबले बजेट खर्च गर्न सरकारलाई दवाव दिइरहेको उनको भनाई छ ।

    मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer