काठमाडौं । ललितपुरको लगनखेलमा विशेष कवितावाचन कार्यक्रमको सम्पन्न गरिएको छ ।
Advertisement
कार्यक्रममा कविहरू रामनाथ अधिकारी, उषा केसी, राजेशमान केसी, मणिराज सिंह, देवकी खतिवडा, कृष्णबहादुर विष्ट, निर्जला मिश्र, सुनिता अधिकरी, रूबिना राना, लक्ष्मीदास मुस्कान, लीलाराज ढहाल, सुजाता अर्याल, युनिसा पोखरेल, जनार्दन रिजाल, यमुना प्रधानाङ्ग, जुमन किरण, सुधा मिश्र, बृजेनदेवराज सिंह, पदमबहादुरलगायतले कवितावाचन गर्नुभयो।
विश्व नेपाली साहित्य महासंघको ललितपुर शाखाले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा कवि तुलसी दिवसले कवितावाचन गर्दै कविहरूले आफ्नो स्तर आफैँ कायम गर्नुपर्नेमा जोड दिए । उनले सस्तो लहडबाजीमा कविताको बेइज्जत गर्न नहुने बताउनुभयो ।




