• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

रुस-युक्रेन युद्धमा मारिने नेपालीको संख्या चार पुग्यो


  •   बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
  •  

    Advertisement

    काठमाडौँ । युक्रेन–रुस युद्धमा परी चार नेपालीले ज्यान गुमाएका छन् । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् । उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए ।

    दूतावासले रोक्का, मोक्तान र कार्कीको गत कात्तिक २९ मा युक्रेनको भूमिमा मृत्यु भएको जानकारी दिँदै मारिने तीन जनाको परिवारसँग सम्पर्क गर्न गत शुक्रबार काठमाडौं त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको हो । थपलिया भने असार २९ मा नै युक्रेनको बाखमुतमा मारिएका थिए । यसबाहेक पनि थप नेपाली युद्धमा परेको हुन सक्ने आशंका गरिएको छ ।

    रुसी सेनामा भर्ती हुने नेपालीको यकिन विवरण नराखेको नेपाल सरकारले यसबारे रुसी सरकारसँग कुराकानी भइरहेको बताएको छ । थपलिया एक वर्षअघि रुसी सेनामा भर्ती भई गत जेठमा युद्धका लागि युक्रेन पठाइएका थिए । त्यसको एक महिनालगत्तै उनी मारिएको खबर परिवारले पाएका थिए । रुसले थपलियाको शव भने नेपाल पठाउन नमिल्ने भन्दै असार २९ मा रुसको इभानोभोको नाभो–तालिस्टीस्थित चिहानमा समाधिस्थ गरिदिएको थियो ।

    परराष्ट्रले भने रुस–युक्रेनमा मारिएका नेपालीको अहिलेसम्म विवरण सार्वजनिक गरेको छैन । रुस–युक्रेन युद्धमा नेपाली मारिन थालेपछि सोमबारदेखि परराष्ट्रमन्त्री एनपी साउदले आन्तरिक छलफल थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यसबारे मंगलबार परराष्ट्र, गृह र रक्षा मन्त्रालयको नेतृत्वसँग चासो राखेका छन् । बाँकी पृष्ठ ६

    ‘रुसी उच्च तहसँगै छलफल भइरहेको छ । यसबारेमा नेपाल सरकारले छिटै आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नेछ,’ परराष्ट्रमन्त्री साउदले भने, ‘कुनै निर्णय गर्नुभन्दा अघि यतिबेला आवश्यक सूचनाहरू संकलन गरिरहेका छौं ।’ उनले संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२८ पछि रुस–युक्रेन युद्धमा संलग्न नेपालीका बारेमा पनि सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।

    रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले पनि विस्तृत विवरण आउन बाँकी नै रहेको बताए । ‘युद्धमा नेपाली मारिएका छन् । यसबारेमा अहिले नै थप भन्ने कुरा केही छैन,’ उनले कान्तिपुरसँग भने, ‘कुन स्थानको लडाइँमा नेपालीको मृत्यु भएको भन्नेबारेमा पत्ता लागेको छैन ।’ त्यसैगरी युक्रेनी सेनाको नियन्त्रणमा रहेका बर्दियाका २३ वर्षीय विवेक खत्रीको पनि रिहाइ भएको छैन । रुसको ‘एयरबोर्न फोर्स’ बाट युक्रेन पुगेका खत्रीलाई युक्रेनी सेनाले पक्राउ गरेको खबर परिवारले गत असोज २७ मा पाएको थियो ।

    युक्रेन मामिला हेर्ने जर्मनीस्थित नेपाली दूतावासले खत्रीको रिहाइका लागि युक्रेनलाई अनुरोध गरिएको जनाएको छ । खत्री २०७९ कात्तिक ६ मा शैक्षिक परामर्शदाता ‘एनईओ नेपाल’ मार्फत मस्कोस्थित कलेज अफ टेक्नोलोजी एन्ड फाइनाइन्समा अध्ययनका लागि पुगेका थिए ।

    २०७८ फागुन १२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युद्ध अझै पनि जारी छ । रुस–युक्रेन युद्धपछि झन्डै १२ सय नेपालीले युक्रेन छाडेका थिए । युक्रेनविरुद्धको युद्धपछि रुसले नेपालीलाई आफ्नो सेनामा भर्ती गराइरहेको छ । उसले ६ महिनाअघि मात्रै सैन्य समूहमा न्यूनतम एक वर्ष सेवा गर्ने विदेशीलाई नागरिकता नै दिने र अन्य सेवामा भन्दा चार गुणा बढी तलब दिने गरी कानुन जारी गरेपछि नेपाली युवाको आकर्षण बढेको छ ।

    वैदेशिक रोजगार विभागका अनुसार श्रमस्वीकृति लिएर पछिल्लो १६ महिनामा ५ सय ९६ जना नेपाली रुस गएका छन् । सबैभन्दा बढी पछिल्लो चार महिनामा ३ सय ४ जना गएको देखिन्छ । साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७ र कात्तिकमा ४३ जना नेपाली रुस गएको देखिन्छ । अध्यागमन विभागका अनुसार २०२२ को जनवरीदेखि नोभेम्बर २०२३ सम्म अध्ययन, श्रम र भिजिट भिसामार्फत २९ सय जना रुस गइसकेका छन् ।

    गत साउन ६ मा रुस पुगेका सप्तरीका एक व्यक्तिले रुसले झुक्याएर आफूहरूलाई युक्रेनको ‘रेड जोन फ्रन्ट लाइन’ मा लड्न पठाएको कान्तिपुरलाई बताए । ‘मलाई जुलाईमा अनुवादकमार्फत रुसी सेनासँग सम्झौता गराइएको हो । दुर्भाग्यवश, अनुवादकले सम्झौताका सर्तहरूका बारेमा गलत जानकारी दिए । हामीलाई स्वयंसेवकका रूपमा मात्रै काम गर्ने र युक्रेनमा जान आवश्यक नहुने भनिएको थियो ।केवल रुसी सेनाको सहयोगीका रूपमा काम गर्ने भनिएको थियो,’ उनले कान्तिपुरसँग भने, ‘तर केही साता तालिम दिएर लड्न युक्रेन पठाइयो । हामीले सम्झौता खारेज गर्न चाहेमा रुसी सेनालाई शुल्क तिर्नुपर्ने हुन्छ ।

    अहिले उनीहरूले हामीलाई पहिले उपलब्ध गराइएका सबै जानकारी अस्वीकार गरिरहेका छन् ।’ रुसी सेनामा लैजानका लागि काठमाडौंमा विभिन्न तहमा बिचौलियाहरू सक्रिय रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत अनुसन्धान थालेको छ ।

    बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer