• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ २२, २०८३
☰
सोमबार, भदौ २२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

जैसीले गृहमन्त्रीबाट आश्वासन त पाए पाएनन् क्षतिपूर्ति


  •   बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
  • काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक साताभित्रै क्षतिपूर्ति दिने प्रतिबद्धता जनाए पनि प्रहरीको गोली लागेर घाइते भएका कैलालीका वीरेन्द्र जैसीले चार महिना बितिसक्दासमेत केही नपाएको गुनासो गरेका छन् । यसअघि गृह मन्त्रालयले एक लाख ९१ हजार क्षतिपूर्ति दिलाएको थियो ।

    Advertisement

    उपचार खर्च नपुग्ने गरी क्षतिपूर्ति दिएर सरकारले बेवास्ता गरेको भन्दै थप क्षतिपूर्तिको मागसहित उनी असार १ देखि काठमाडौंको माइतीघरमा अनशन बसेका थिए । असार २५ मा अनशन तोडाउँदै गृहमन्त्री श्रेष्ठले अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र उपयुक्त रोजगारीसमेतको व्यवस्था गरिदिने वचन दिएका थिए ।

    ‘मन्त्रीज्यूले एक साताभित्र काम गर्छु, अरू बोल्छन्, म काम गर्छु भन्नुभएको थियो,’ जैसीले भने, ‘अनशन तोडिसकेर बुझ्न जाँदा कहिले प्रधानमन्त्री कार्यालयमा मुख्य सचिवले रोक्नुभएको छ, कहिले क्याबिनेट बैठक बसेको छैन भनेर चार महिनादेखि रोकियो ।’

    यस विषयमा आफूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का मुख्य सचिव बैकुण्ठ अर्यालसँग भेट र टेलिफोनसमेत गरेको बताए । मुख्य सचिव अर्यालले पनि मन्त्रीकै शैलीमा क्याबिनेट बैठक नबसेको, दुई/चार दिनमा कल गर्छु भनेर आलटाल गर्दै आएको जैसीले गुनासो पोखे । मुख्य सचिव अर्यालले भने जैसीलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि औपचारिकता दिन बाँकी रहेको बताए ।

    २६ वर्षीय जैसीको घर कैलाली जानकी गाउँपालिका–८ मा पर्छ । सात वर्षअघि काठ तस्करसँगको झपडमा प्रहरीलाई बचाउने क्रममा प्रहरीबाटै गोली लाग्दा सख्त घाइते भएका थिए । त्यतिखेर सरकारले जैसीको उपचार खर्च व्यहोर्ने आश्वासन दिएको थियो ।

    बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer