• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २७, २०८३
☰
शनिबार, असार २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जग्गाधनी बेखबर, दुई पटक जग्गा किनबेच  


  •   बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
  • वीरगन्ज । एका बिहानै जग्गानजिकै घर भएका व्यक्तिले तपाईँको जग्गा बिक्री गर्नु भयो कि के हो जग्गा त अर्कै मान्छेले नाप जाँच गरी रहेको छ भनी राजेन्द्र महतो कोइरीलाई मोबाइल फोनमा भने पछि उनलाई सपना जस्तै लाग्यो ।

    Advertisement

    जग्गा भने राजेन्द्र महतोले आफ्नी श्रीमती उर्मिला देवीको नाममा नामसारी गराएका थिए २०६६ साल मङ्सिर २३ गते त्यसपछि मालपोत नै गएका छैनन् श्रीमान् श्रीमती तर उनीहरूको जग्गा जिल्ला मालपोत कार्यालय पर्साले एक पटक होइन दुई दुई पटक नामसारी गरी सकेको रहेछ ।

    मङ्गलवार जिल्ला मालपोत कार्यालय पुगेका राजेन्द्र अचम्मित मात्र भएनन् , छक्क परे मालपोत कार्यालयको कागजातहरू देखेर २०७५ असोज ५ गते जग्गा सुमित्रादेवी कनुईन र २०७५ फागुन २९ गते सुशीला देवीको नाममा नामसारी भई सकेको रहेछ ।

    हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा पर्ने साबिक नगवा बि को कित्ता नम्बर ३४०२ को ७ घुर ८ कनवा जग्गा धनुषा जिल्ला सबैला गा।वि।स।३ की दया देवी भगतबाट मिति २०६६ साल मङ्सिर २३ गते ६५ हजारमा बकस पत्र गराई रौतहट को पोखरिया गा।वि।स। ९ हाल कटहरिया नगर पालिका ५ बलिरामपुरकी उर्मिलादेवीले लिएकी थिइन ।

    जग्गाधनी उर्मिला देवीलाई कुनै जानकारी नै नदिई , मालपोत कार्यालय पर्साबाट उक्त जग्गा मिति २०७५ असोज ५ गते वीरगन्ज १५ का जगदीश प्रसाद साहकी पत्नी सुमित्रा देवीको नाममा नामसारी भएको जग्गाधनी दर्ता स्रेस्तामा देखिएको जग्गाधनी उर्मिला देवीका पति राजेन्द्र महतो गोरखापत्रलाई बताउनुभयो ।

    त्यति मात्र कहाँ हो र उक्त जग्गा त्यसपछि २०७५ फागुन २९ गते पुन बारा जिल्ला मोतिसर १ का सुरेन्द्र यादवकी पत्नी सुशीला देवीको नाममा नामसारी भएको मालपोत कार्यालयको जग्गाधनी दर्ता स्रेस्तामा देखिएको जग्गाधनी उर्मिला देवीका पति राजेन्द्र महतो गोरखापत्रलाई जानकारी दिनुभयो ।

    जिल्ला मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख राजेश्वर साह तेलीले जग्गाधनी बिना किनबेच , नामसारी केही पनि हुन नसक्ने बताउँदै भन्नुभयो तपाईँले ती स्रेस्ताको कागजात लिएर म कहाँ आउनुस् रेकर्ड हेरेर के वास्तविकता रहेछ भनूला ।

    यता जग्गाधनी उर्मिलादेवी आफ्नो जग्गा फिर्ता आउने हो कि होइन भन्ने चिन्ता लागेको बताउनु हुन्छ । मङ्गलवार मालपोत कार्यालय पर्सामा जाँदा कार्यालय प्रमुखसँग भेट नभएकाले बुधवार पुनः एक पटक मालपोत कार्यालय गएर कार्यालय प्रमुख सामुन्ने आफ्नो समस्या राख्ने उर्मिलादेवीले बताउनु भयो ।

    बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer