• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

२०२५  लाई भ्रमण वर्षको रुपमा मनाइँदै


  •   बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
  • काठमाडौँ । सरकारले सन् २०२३–२०३३ लाई भ्रमण दशक घोषणा गरेको छ । १० वर्षमा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर घोषणा गरिएको भ्रमण दशकको सुरुवाती वर्ष अर्थात् सन् २०२३ मै १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ ।

    Advertisement

    तर, यस वर्षको अक्टोबरसम्म (१० महिना)मा ८ लाख ९ हजार ६७८ विदेशी पर्यटक नेपाल भित्रिसकेका छन् । जुन पोष्ट–कोभिड (सन् २०१९) को तुलनामा ८८.७१ प्रतिशतको रिकभरी हो ।

    सन् २०१९ मा कुल ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए । जसमध्ये ९ लाख १२ हजार ७०३ जना पर्यटक अक्टोबरभित्र नेपाल भित्रिएका थिए ।

    १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य भेट्न अब १ लाख ९० पर्यटकको आगमन आवश्यक छ । नोबेम्बर महिनामा करिब १ लाख पर्यटक भित्रिँदैगर्दा आउँदो डिसेम्बरमा पनि १ लाखकै हाराहारीमा विदेशी पर्यटक भित्रिनेमा पर्यटन बोर्ड ढुक्क छ । यसो हुँदा १० लाखको सरकारी लक्ष्य सजिलै पूरा हुने पर्यटन बोर्डका प्रवक्ता मनिराज लामिछाने बताउँछन् ।

    ‘सरकारी लक्ष्य भेट्नेमा अब चिन्ता छैन । पर्यटक आगमनको उत्साहप्रद तथ्याङ्कले १० लाख कट्ने हाम्रो अनुमान छ,’ लामिछानेले भने, ‘बरु अब सबै पर्यटन क्षेत्र, सरकार, निजी सबै मिलेर भ्रमण दशक सफल पार्न लाग्नुपर्ने आवश्यकता छ ।’

    भ्रमण वर्षको सुरुवाती वर्षमै करिब १० लाख पर्यटक भित्रिँदा बाँकी ९ वर्षमा २५ लाख पर्यटक सजिलै भित्रिने सरकारी अनुमान छ ।

    पर्यटक आगमनको रिकभरी

    सन् २०१९ मा पर्यटकको उत्साहप्रद आगमन थियो । उक्त वर्ष झण्डै १२ लाख (११ लाख ९७ हजार १९१ जना) विदेशी पर्यटक आएकामा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेको थियो । तर, दुर्भाग्यवस भ्रमण वर्ष सुरु नहुँदै विश्वमा कोरोना भाइरसको महामारी फैलिन पुग्यो । सो वर्ष मुस्किलले २ लाख ३० हजारमात्र पर्यटक नेपाल भित्रिए । २० लाखको लक्ष्य राखिएको वर्ष मुस्किलले २ लाख मात्र पर्यटक भित्रिनुलाई सामान्य मान्न सकिन्न ।

    कोभिड–१९ को प्रभाव यसैगरी पछिल्ला दुई वर्ष सन् २०२१ र २०२२ पनि पर्यटकको आगमन हुन सकेन । सन् २०२१ मा १ लाख ४९ हजारमात्र पर्यटक भित्रिएकोमा सन् २०२२ मा केही आगमन बढेर ६ लाख १४ हजार पुग्यो । क्रमशः कोभिडको प्रभाव कम हुँदै गएसँगै सन् २०२३ मा पर्यटक आगमनको संख्या १० लाख कट्ने पछिल्ला तथ्याङ्कहरुले देखाएका छन् ।

     

    सन् २०२५ लाई विशेष भ्रमण वर्षको रुपमा मनाइँदै

    सन् २०२३–२०३३ भ्रमण दशकको रुपमा मनाउने घोषणा गरेको सरकारले सन् २०२५ लाई भ्रमण वर्ष विशेष वर्षको रुपमा मनाउने तयारी गरिरहेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै २०८० को दशकलाई भ्रमण दशकको रुपमा मनाइने घोषणा गरेको सरकारले सन् २०२५ लाई विशेष भ्रमण वर्षको रुपमा मनाउने उद्घोष गरेको हो ।

    भ्रमण दशकभित्रका प्रत्येक वर्ष कम्तीमा एउटा प्रदेशमा प्रदेश भ्रमण वर्ष मनाउने सरकारी योजना छ । सोही योजना मुताविक सन् २०२४ लाई बागमती प्रदेशले प्रदेश विशेष भ्रमण वर्ष मनाउने घोषणा गरिसकेको छ ।

    बागमती प्रदेश अन्तर्गतकै भरतपुर महानगरपालिकाले समेत नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको साझेदारीमा सन् २०२४ लाई ‘भिजिट भरतपुर’ मनाउने भएको छ । यी भ्रमण वर्षहरुका लागि नेपाल पर्यटन बोर्डले संरक्षक र प्रवर्द्धनात्मक संस्थाको हैसियतले विशेष सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

    भ्रमण वर्षलाई चीनले विशेष सहयोग गर्ने

    नेपाल भ्रमण वर्ष २०२५ लाई चीनले समेत विशेष सहयोग गर्ने भएको छ । गत असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा दुई देशबिच भएको दर्जन हाराहारी सम्झौतामा चीनको तर्फबाट नेपालको पर्यटन उद्योगमा सहयोग पु¥याउने समेत सहमति भएको थियो ।

    उक्त सहमतिमा चीनले नेपालको भ्रमण वर्ष २०२५ मा सकेको पर्यटक पठाउने प्रतिबद्धता जनाउँदै चीनमा समेत नेपाल भ्रमण वर्ष २०२५ मनाउने उद्घोष गरेको छ ।

    सो अवसरमा चीनले चीनमा आयोजना गरिने सांस्कृतिक र पर्यटन आदानप्रदान गतिविधिमा सहभागी हुन र चीनमा पर्यटन प्रवर्द्धन कार्यक्रमहरू आयोजना गर्न चिनियाँ पक्षले विभिन्न तहमा नेपालको सांस्कृतिक तथा पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाहरूलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

    थप चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न हवाई गन्तव्यहरुमा सिधै हवाई उडानको सेवा सुरुवात गर्ने समेत प्रतिबद्धता जनाएको छ ।

    बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer