• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

 मधुमेहका बिरामी बढ्दै, एक वर्षमै थपिए तीन लाखभन्दा बढी 


  •   बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
  •  

    Advertisement

    काठमाडौं। पछिल्लो समय नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै गएको छ। स्वास्थ्य सेवा विभागले हालै सार्वजनिक गरेको प्रतिवेदनले आर्थिक वर्ष २०७९र८० मा सबैभन्दा बढी मधुमेहका बिरामी थपिएका छन्।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। सङ्गीता कौशल मिश्राले देशभर तीन लाख १२ हजार ३४२ जना मधुमेहका बिरामी थपिएको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा नसर्ने रोगका बिरामी बढ्दै गएको पुष्टि भएको हो।

    नेपालमा प्रत्येक वर्ष एक लाख ९० हजारभन्दा बढी मानिसको विभिन्न रोगका कारण मृत्यु हुन्छ। जसमा ७१ प्रतिशत मृत्यु कुनै न कुनै दीर्घ रोगका कारण हुने अध्ययनले देखाएको छ। जुन सन् २०१० तुलनामा २० प्रतिशतले बढी हो।

    सरकारले भर्खरै सार्वजनिक गरेको प्रतिवेदन अनुसार ६७ हजार ३८२ जना क्यान्सरका नयाँ बिरामी थपिएका छन् भने १९ हजार २६२ जना मुटुका बिरामी थपिएका छन्।

    प्रदेश अनुसार कोशी प्रदेशमा मधुमेहका बिरामी सबैभन्दा बढी रहेका छन्। कोशी प्रदेशमा मधुमेहका बिरामीको सङ्ख्या ८४ हजार ७८८, मुटुका बिरामी तीन हजार ५४१, क्यान्सरका बिरामी तीन हजार ९०५ जना थपिएको डा। मिश्राको भनाइ छ।

    मधेस प्रदेशमा मधुमेहका बिरामी ३१ हजार ९३२, मुटुका बिरामीको सङ्ख्या चार हजार ३४७ र क्यान्सरका बिरामीको सङ्ख्या ९२ जना थपिएका छन्। बागमती प्रदेशमा मधुमेहका ८३ हजार ३४४, मुटुका बिरामी सात हजार २१० र क्यान्सरका बिरामी ६२ हजार ६०२ जना बिरामी थपिएको प्रतिवेदनमा उल्लेख छ।

    गण्डकी प्रदेशमा ३५ हजार ४२२ जना मधुमेहका बिरामी रहेका छन् भने १३ सय जना मुटुका र ३९२ क्यान्सरका बिरामी थपिएका छन्।

    लुम्बिनी प्रदेशमा ५१ हजार ७२७ जना मधुमेहका बिरामी थपिएका छन्। त्यसैगरी, एक हजार ६९० जना मुटुका रोगी र १४७ जना क्यान्सरका बिरामी थपिएको प्रतिवेदनमा उल्लेख छ ।

    कर्णाली प्रदेशमा छ हजार ७९ जना मधुमेहका बिरामी रहेका छन्। त्यसैगरी, ४६४ जना मुटुका र ४९ जना क्यान्सरका बिरामी रहेका छन्।

    सुदूरपश्चिममा १९ हजार ५० जना मधुमेह, ७१० मुटुका र १९५ जना क्यान्सरका बिरामी थपिएको उक्त प्रतिवेदनले देखाएको छ।

    स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत नसर्ने तथा मानसिक रोग स्वास्थ्य शाखाका प्रमुख डा। फणीन्द्र बरालका अनुसार एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने, सूक्ष्म जीवाणुबाट नहुने रोगलाई नसर्ने रोग भनिन्छ।

    नसर्ने रोगले लामो अवधि सुस्त गतिमा प्रभाव पर्ने गर्दछ। मुटु तथा रक्तनलीको रोग मधुमेह, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र क्यान्सर नसर्ने रोगमा पर्दछन्।

    नेपालमा सुर्तीजन्य पदार्थ र मादक पदार्थको प्रयोग, अस्वस्थकर खानपान, शारीरिक गतिविधिको कमी जस्ता अस्वस्थकर व्यवहार तुलनात्मक रूपमा उच्च रहेको एक अध्ययनले देखाएको छ।

    डा। बरालले नसर्ने रोग बढ्नुको प्रमुख कारक सुर्तीजन्य पदार्थको प्रयोग, शारीरिक गतिविधिको कमी, मादक पदार्थको सेवन,अस्वस्थकर खानपान र खराब जीवनशैली रहेको बताउनुभयो।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार नसर्ने रोगका चार कारक तत्त्वहरूलाई रोकथाम तथा नियन्त्रण गर्न सके रोगको ८० प्रतिशत भार कम हुने उल्लेख गरेको छ।

    क्यान्सर मधुमेह, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोगबाट हुने रोगबाट अल्पायुमा हुने मृत्युलाई सन् २०२५ सम्म २५ प्रतिशत र सन् २०३० सम्म ३३ प्रतिशतले कमी ल्याउने सरकारले लक्ष्य लिएको छ।

    बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer