• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ०२, २०८३
☰
मङ्गलबार, असार ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

साठी हजार जनता लाइ पुलले दियो खुसी


  •   बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
  • नेपालगन्ज। बाँकेको राप्तीसोनारी गाउँपालिका वडा २ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि सो क्षेत्रका ६० हजार बढी सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेभएका छन् ।

    Advertisement

    नदीमा पुल नहुँदा राप्ती सोनारी माथेबास र धामपुरका जनतालाई आवागमनमा वर्षौँदेखि सास्ती भोग्नुपरेकोमा पक्की पुल निर्माण भएर डेढ वर्षअघि नै सञ्चालनमा आएपछि सो क्षेत्रका जनतालाई ठुलो राहत भएको छ ।

    राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले राप्ती नदीमा निर्माण गरिएको ५५४।४५ मिटर लम्बाइ रहेको सो पक्की पुलले नदीवारी र पारीका १० हजार बढी घरधुरीका ६० हजार बढी सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएको बताउनुभयो ।

    उहाँले त्यहाँ पुलको अभावले सो क्षेत्रका बासिन्दाले निकै टाढा अगैया पुगेर आवागमन गर्नुपरेकोमा पुल निर्माण भएर सवारी साधन सुचारु गरिएपछि सो क्षेत्रका सर्वसाधारणले राहात महसुस गरेको बताउनुभयो । विभिन्न पुल र सडक निर्माणको ठेक्का पाएका अधिकांश निर्माण कम्पनीले समयमा काम पूरा नगरेर अलपत्र पारिरहेको बेला तुण्डी रसुवा कुमार श्रेष्ठ जेभीले निर्धारित समयमै सो पुलको निर्माण पूरा गरेको थियो ।

    सो पुल तयार भएर डेढ वर्षअघि नै सुचारु गरिए पनि गत शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्नुभएको थियो । ७३ करोडको लागतमा सो पुलको निर्माण कार्य समयमै पुरा भएर स्थानीयले सवारी साधनका साथ आवागमन गर्न पाएपछि सो क्षेत्रका जनता उत्साहित बनेको स्थानीय विपतराम थारुले बताउनुभयो ।

    उहाँले पुल बनेर सुचारु भएपछि जतिबेला पनि कचनापुर, सम्शेरगन्ज ढकेरी कोहलपुरका मान्छे बिनौना बैजापुर आउनजान सक्नेभएको बताउनुभयो । यस्तै, राप्तीसोनारी–२ का नरेश सार्कीले पुल बनेपछि यस क्षेत्रका नदीवारी र पारी दुवैतर्फका सर्वसाधारणले राहत पाएको बताउनुभयो ।

    २०७४ सालबाट निर्माण सुरु भएको सो पक्की पुलको ५ वर्षभित्र गत वर्ष नै कम्पनीले पुलको निर्माण कार्य सम्पन्न गरिसकेको थियो । निर्माण कम्पनीका अनुसार ११ वटा पिल्लर रहेको उक्त पक्की पुल साढे ७ मिटर चौडाइ पिच र पुलको दुवै साइडमा १ः७५ मिटरको पैदलयात्रुका लागि बाटोगरी ११ मिटर पुलको चौडाइ छ ।

    बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer