• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • २. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चिट्ठाको नाममा ठगी धन्दा: ४ महिनामा ९ करोड ५४ लाख अनलाइन ठगी


  •   बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
  • काठमाडौँ । फेसबुकमा ‘एलेक्स बेन्जामिन’ नामका पुरुषले कीर्ति खड्का (नाम परिवर्तन) लाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । विदेशी नागरिकको नामबाट आएको ‘रिक्वेस्ट’ उनले स्वीकार गरिन् ।

    Advertisement

    बिस्तारै कीर्ति र बेन्जामिनबिच कुरा हुन थाल्यो । टर्कीको नागरिक हुँ भनेर बेन्जामिनले कीर्तिलाई भने । आत्मीयता बढाउँदै बेन्जामिनले कीर्तिलाई आइफोन, घडी, जुत्ता, सुनका गहना र मेकअपको सामानसहितको लगेज पठाइदिने बताए । पठाउन लागेको भनिएका सामानको तस्बिर पठाउँदै उनले भने, ‘कुरियरको मान्छेले सम्पर्क गर्छ ।’

    त्यसको केही दिनपछि ‘कुरियरबाट बोलेको हुँ’ भन्दै कीर्तिलाई फोन आउन थाल्यो । कुरियरबाट फोन गर्नेले उनलाई भन्यो, ‘सामान महँगो रहेछ, कस्टम चार्ज डिपोजिट गर्नुस् ।’

    ती व्यक्तिले भनेबमोजिम रकम कीर्तिले डिपोजिट गर्दै गइन् । ७ लाख डिपोजिट गरेपछि बेन्जामिन सम्पर्कविहीन भए । कुरियरबाट फोन गर्नेले पनि सम्पर्क गर्न छाड्नुका साथै उनको नम्बर ब्लक गरिदिए ।

    त्यसपछि कीर्ति प्रहरीकहाँ पुगिन् । प्रहरीले गरेको अनुसन्धानबाट थाहा भयो फेसबुकमा एलेक्स बेन्जामिनको नामबाट कुरा गर्ने व्यक्ति सप्तरी घर भएकी सुजता चौधरी पो रहिछन् ।

    ललितपुर प्रहरीको फरार सूचीमा रहेकी सुजतालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

    ललितपुरको महालक्ष्मी नगरपालिका–३ स्थित ईमाडोल बस्ने सुजताले अर्की महिलालाई पनि ठगेको अनुसन्धानबाट खुलेको छ । सुजताले अर्की महिलालाई पनि सामान पठाएको बहाना बनाएर कस्टम चार्ज बापत १ लाख ३५ हजार पठाउन लगाएर ठगेको एसपी रेग्मीले जानकारी दिए ।

    पछिल्लो समय अनलाइन माध्यमबाट हुने ठगी बढेको छ । २०८० साउन पछिको चार महिनाको अवधिमा काठमाडौँ उपत्यकामा मात्रै ५ सय ९ जना अनलाइन माध्यमबाट ठगिएका छन् । ५०९ जनाले चार महिनामा ९ करोड ५४ लाख रकम गुमाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    विद्युतीय माध्यममा चिट्ठा परेको भन्दै आउने सन्देश, पार्सल पठाएको भन्दै आइपुग्ने सूचना र ई–सेवाजस्ता ‘वित्तीय संस्थाबाट बोलेको हुँ’ भनेर ओटीपी कोड (वान टाइम कोड) माग्दै हुने ठगीका घटना दैनिक बढेका छन् ।

    त्यस्ता ठगी बढेपछि प्रहरीले अनलाइन माध्यमबाट कारोबार गर्दा ‘सचेतता अपनाउन’ सूचना जारी गरेको छ । प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ‘पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने क्रियाकलाप सम्बन्धी गुनासाहरु बढिरहेको हुँदा सामाजिक सञ्जालमार्फत कारोबार गर्दा सम्बन्धित पेज अकाउन्ट आधिकारिक हो वा होइन यकिन गरेर कारोबार गर्नुहुन अनुरोध छ ।’

    त्यसरी सामान डेलिभरी नगरेर विक्रेता सम्पर्कविहीन भएमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ

    बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    • ४.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer