• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

वातावरणीय प्रभाव मूल्यांकन बिना नै चुरे दोहनमा नगरपालिकाले लगाए ठेक्का


  •   बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
  • लहान। लहान नगरपालिका–१५ चुरे पर्वतको दक्षिण पश्चिम फेदीबाट खुट्टी खोला बगिरहेको छ। यो खोलाको पूर्व टाँसिएर झवाई खोल्सी सामुदायिक वन छ। डिभिजन वन कार्यालय लहानले चुरे र सामुदायिक वन टाँसिएरै अवैध उत्खनन गरिरहेको चाइना रेल्वे ग्रुप २ कम्पनीको एक्स्काभेटरलाई बुधबार साँझ नियन्त्रणमा लिएको छ।

    Advertisement

    चुरे र सामुदायिक वननजिकै भइरहेको खोला दोहनमा लहान नगरपालिकाकै स्वीकृति रहेको पाइएको छ। लहान नगरपालिकाले यो खोलाको ठेक्का लगाइसकेको छ। तर, वातावरणीय प्रभाव मूल्याङ्कन गराएको छैन। वातावरणीय प्रभाव मूल्यांकन बिना नै नगरपालिकाले यस नदीबाट नदीजन्य सामग्री निकाल्न खोज्दा वनले रोकेको हो। नियन्त्रणमा लिइएको एक्स्काभेटर पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड निर्माण गरिरहेको चाइना रेल्वे ग्रुप २ कम्पनीको प्रयोगमा थिए।

    ‘मंगलबार पनि अनधिकृत रुपमा यसै ठाउँमा उत्खनन गर्न पुगेको चाइना रेल्वेको एक्स्काभेटर र टिपरलाई फर्कियो’ डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुजितकुमार झाले नागरिकसँग भने, ‘बुधबार फेरि एक्स्काभेटर खनेर टिपरमा लोड गर्न खोज्दा वनकर्मी र वन रक्षकले एक्स्काभेटर नियन्त्रणमा लिएको छ। टिपर भागे पनि एक्स्काभेटर नियन्त्रणमा लिएका हौँ।’ एक्स्काभेटर नियन्त्रणमा लिए पनि चालकले साँचो लिएर भागेका छन्। ‘साँचोबिना उक्त साधनहरु खोलाबाट वन कार्यालय ल्याउन सकिएको छैन’ उनले भने, ‘खोलामै वनकर्मीहरू गौडा थापेर बसेका छन्।’

    ‘खुटी खोलाबाट नदीजन्य सामग्री निकाल्न लहान नगरपालिकाले ठेक्का लगाएको छ तर डिभिजन वन कार्यालयबाट समन्वय गरी वातावरणीय प्रभाव मूल्याङ्कन भएको छैन,’ प्रमुख झाले भने, ‘नगरपालिका आफैंले मात्र वातावरणीय मूल्याङ्कन गरेर नदीजन्य सामग्री निकाल्न पाउँदैन।’

    ढुङ्गा, गिटी तथा बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ को दफा ४ र ६ अनुसार जिल्ला वन कार्यालयसँग समन्वय नगरिएको कारण सो कानुन पालना गराउन र अनाधिकृत रुपमा नदीजन्य सामग्री निकाल्न खोजेपछि डिभिजन वन कार्यालय सक्रिय भएको हो।

    कञ्चनपुर–कमला सडक आयोजनाका इन्जिनियर सरोज कोइरालाले ठेकेदार कम्पनीको एक्स्काभेटर वन कार्यालयले नियन्त्रणमा लिएकोबारे डिभिजन वन प्रमुखबाट आफूले थाहा पाएको तर विस्तृत जानकारी आफूलाई नभएको बताए।

    चुरे मूल भएको खुट्टी खोलाको मुलमै चाइना रेल्वे कम्पनीले एक्स्काभेटर मार्फत उत्खनन गरेको यो पहिलो घटना होइन। दुई वर्षदेखि यहाँ गहिरो खाल्डो बनाएर उत्खनन भइरहँदा नियामक निकाय मूकदर्शक बनेका छन्। नगरपालिकाले चाइना रेल्वे कम्पनीसँग सम्झौता गरेपनि उत्खनन स्थल तोकेको छैन। खुट्टी खोला भरी घुम्दा कहिपनि संकलन÷उत्खनन केन्द्रको बोर्ड देखिँदैन। कुन स्थानबाट कति परिणाममा खोलाजन्य पदार्थ उत्खनन गर्ने त्यो कतै भेटिँदैन।

    बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer