• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

क्रोधको ताप: एक प्रेरक प्रसंग


  •   बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
  • काठमाडौँ । आदि शंकराचार्य र मण्डन मिश्रबीच लगातार १६ दिनसम्म शास्त्रार्थ चल्यो । शास्त्रार्थमा निर्णायकको भूमिकामा थिइन् मण्डन मिश्रकी विदुषी धर्मपत्नी देवी भारती । शास्त्रार्थ चलिरहेको थियो । हारजितको फैसला हुन बाँकी नै थियो । यसैबीच कुनै विशेष अत्यावश्यक कामका कारण केही समयका लागि देवी भारतीलाई बाहिर कतै जानुपर्ने भयो । त्यसैले, बाहिर जानुअघि दुवै विद्वान्को गलामा कोमल फूलको माला लगाइदिँदै उनले भनिन्– हे विद्वान् महाशय, म अत्यावश्यक कामका लागि केही समयका लागि बाहिर जाँदै छु । त्यसैले, मेरो अनुपस्थितिमा तपाईंहरूको हारजितको फैसला यही मालाले गर्नेछ । तपाईंहरू आआफ्नो शास्त्रार्थ जारी राख्न सक्नुहुन्छ ।

    Advertisement

    यति भनेर निर्णायक देवी भारती शास्त्रार्थ स्थलबाट बाहिरिइन् । दुवै विद्वान्बीचको शास्त्रार्थ चलिरह्यो । केही समयपछि आफ्नो काम पूरा गरेर भारती फर्किइन् । उनले पालैपालो आदि शंकराचार्य र मण्डन मिश्रलाई हेरिन् र निर्णय सुनाइन् । उनले भनिन्– शास्त्रार्थ सभामा उपस्थित विद्वज्जन, यहाँ चलिरहेको यस शास्त्रार्थमा आदि शंकराचार्य विजयी हुनुभएको छ र मण्डन मिश्र पराजित हुनुभएको छ ।

    निर्णायक देवी भारतीको अचानकको घोषणाले सबै दर्शक आश्चर्यमा परे– कुनै आधारविनै यी विदुषीले आफ्नै पतिलाई पराजित गर्ने गरी कसरी निर्णय सुनाइदिइन् ? यसैबीच एक विद्वान्ले निर्णायक देवी भारतीसित विनम्रतापूर्वक सोधे– हे देवी ! तपाईं त यो शास्त्रार्थको बीचमै बाहिर जानुभएको थियो । अहिले फर्किनासाथ तपाईंले केका आधारमा कसरी निर्णय सुनाउनुभयो ?

    देवी भारतीले मुसुक्क मुस्कुराउँदै जवाफ दिइन्– जब कुनै पनि विद्वान् शास्त्रार्थमा पराजित हुन लाग्छ, जब उसलाई आफ्नो हार निश्चित लाग्न थाल्छ, त्यतिखेर ऊ निकै क्रुद्ध हुन पुग्छ । उसको शरीर क्रोधको तापले भित्रभित्रै जल्न थाल्छ । यहाँ पनि मेरा पतिको माला उहाँको क्रोधको तापबाट सुकिसकेको थियो । जब कि शंकराचार्यजीको माला भने जस्ताको तस्तै थियो । यसैका आधारमा मैले यो निर्णय सुनाएकी हुँ । सबैले ताली बजाएर उनको निर्णयको समर्थन गरे ।

    बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer