• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

यि चार बानीले गराउछ हर्ट अट्याक


  •   बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
  • काठमाडौँ । मुटु हाम्रो शरीरको पम्पिङ मेशिन हो । यसले पूरै शरीरलाई रगत पठाउँछ । यही रगतमार्फत शरीरको हरेक अङ्ग–अङ्गमा अक्सिजन र पोषक तत्त्व पुग्छ । तर यो मेशिन बिग्रियो भने के हुन्छ ? पक्कै पनि जीवन नै जोखिममा पर्छ । त्यसैले पनि मुटुलाई बलियो बनाउन जरुरी छ । मुटुको स्वास्थ्यबारे बढी सचेत रहन आवश्यक छ ।

    Advertisement

    तर पछिल्लो समय युवा पुस्ताहरूमा हर्ट अट्याक बढिरहेका छन् । आधुनिक जीवनशैलीमा हाम्रा केही यस्ता बानीहरूले हर्ट अट्याकको जोखिम बढाइरहेका छन् । के हुन् यस्ता बानीहरू ? आजको यस लेखमा हामीहरू यसैबारे कुराकानी गर्नेछौँ ।

    सधैँ तनावमा रहने :

    अमेरिकी मुटु सङ्गठनका अनुसार तनाव, चिन्ता र डिप्रेसनले मुटुको मांसपेशीमा निकै धेरै क्षति पुर्‍याउँछ । जो मानिसहरू धेरै तनावमा रहन्छन् उनीहरू धेरै रक्सी र चुरोट पनि सेवन गर्न थाल्ने पनि अध्ययनले देखाएको छ । यसले मुटुको सङ्कट झनै बढाउँछ । तपाई पनि आफ्नो मुटुलाई बलियो बनाउन चाहनु हुन्छ भने तनाव घटाउनुस् । आफूलाई मन पर्ने रुचि, मनलाई खुसी दिने बानीहरूमा ध्यान लगाउनुस् । सकारात्मक मान्छेका बीचमा बस्नुस् ।

    रक्सीको सेवन:

    रक्सीको सेवनले केलेजोलाई त खराब गर्छ नै यो मुटुको लागि पनि हानिकारक छ । धेरै रक्सी खानाले उच्च रक्तचाप, कार्डियोमायोप्याथी, स्ट्रोक र अन्य रोगको खतरा बढ्छ । त्यसैले कुनै पनि हालतमा रक्सी सेवन नगर्नुस् । रक्सीको लत बसिसकेको छ भने यसलाई छोड्ने प्रयास गर्नुस् । आफैँले रक्सी छाड्न सक्नु भएन वा गाह्रो भइरहेको छ भने प्रोफेसनलको सहयोग लिन सक्नु हुनेछ ।

    धुम्रपानः

    हर्ट अट्याकका लागि चुरोट र कुनै पनि स्वरूपका सुर्तीजन्य वस्तु सबैभन्दा खतरनाक हो । चुरोटमा रहेको निकोटिनले मुटुको धड्कनलाई बढाइदिन्छ । जसका कारण रक्तचाप बढ्छ अनि मुटुको मांसपेशी कमजोर हुन्छ ।

    मोटोपना र मधुमेह:

    मोटोपना र मधुमेहले हर्ट अट्याकको जोखिमलाई कयौँ गुणा बढाइदिने अध्ययनहरूले देखाएका छन् । त्यसैले आफ्नो खानपानमा विशेष ध्यान दिनुस् । स्वास्थ्यकर अनि सन्तुलित भोजन गर्नुस् । मोटोपना र मधुमेह भएको व्यक्तिमा कोलेस्ट्रोल बढिरहेको छ भने हर्ट अट्याकको खतरा झनै बढ्छ ।

    कसरी बच्न सकिन्छ हर्ट अट्याकबाट ?

    माथि उल्लेख गरिएको नराम्रा बानीहरू त्याग्नुस् । हरेक दिन आधा घण्टादेखि ४५ मिनेटसम्म व्यायाम गर्नुस् । स्वास्थ्यकर र सन्तुलित भोजन खानुस् । ताजा हरियो साग र तरकारी खानुस् । मौसमअनुसारका फलफूलको सेवन गर्नुस् । अति प्रशोधित खानेकुरा, प्रशोधित खानेकुरा, डब्बामा बन्द भएर आउने खानेकुरा, तेलमा बढी भुटिएका वस्तु आदिको सेवन गर्दै नगर्नुस् । तनाव लिने काम बन्द गरौँ । हरेक रात यथेष्ट निदाउनुस् । सामाजिक जीवनमा खुसी रहने कोसिस गर्नुस् ।

     

    बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer