• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
शुक्रबार, भदौ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अलपत्र दमक–चिसापानी सडक, चारपटक थपियो म्याद


  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित
  • झापा। झापाको दमक, इलामको माङसेबुङ, चुलाचुलीलगायत क्षेत्रमा तीन दशकदेखि चुनावी एजेन्डा बन्दै आएको निर्माणाधीन दमक–चिसापानी सडकको चारपटक म्याद थप्दा पनि सन्तोषजनक काम नभएपछि सडक डिभिजन कार्यालय दमक ठेक्का तोड्ने तयारीमा पुगेको छ । ‘काम सन्तोषजनक छैन । एक–दुईजना कामदार लगाएर काम भइरहेको छ । हामी तीनवटै खण्डको ठेक्का तोड्नेतिर अघि बढिसकेका छौँ,’ सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी इन्जिनियर गौतम देवले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरेर म्याद थप गर्‍यो भने छुट्टै कुरा हो । सडकले अब म्याद थप्न सक्दैन ।’ तीनवटै प्याकेजको म्याद पुस अन्तिममा सकिँदै छ ।

    Advertisement

    इलाम र पाँचथरको सिमाना चिसापानीदेखि झापाको दमकसम्म जोड्ने ३३ किलोमिटर दमक–चिसापानी ( फाल्गुनन्द मार्ग) सडक एक वर्षअघि नै कालोपत्रे भइसक्नुपर्ने हो । तर, निर्माण कम्पनीले ढिलाइ गर्दा आधा मात्र काम सकिँदै छ । जनताको तीन दशकअघिको सडक सपना निर्माण कम्पनीका कारण अझै केही वर्ष ढिला मात्र पूरा हुने भएको छ ।

    सडक डिभिजन कार्यालय दमकले यो सडक तीन खण्ड बनाएर कालोपत्रेका लागि करिब एक अर्ब ३६ करोडमा ठेक्का लगाएको छ । तर, सडक समयमा सम्पन्न नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । सडकको पहिलो खण्डअन्तर्गत दमकको प्वाइन्टदेखि सात किलोमिटर सडक निर्माण सुरु भएको ३० महिनाभित्र सक्ने गरी २९ साउन ०७५ मा २२ करोड ५९ लाखमा महालक्ष्मी–किराँतेश्वर जेभीले ठेक्का लिएको थियो । तर, चौथोपटक म्याद सकिँदा पनि काम ६० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी गौतम देवले जानकारी दिए । पहिलोे खण्डमा सात किलोमिटर कालोपत्रे गर्नुपर्नेमा जम्मा डेढ किलोमिटर कालोपत्रे भएको छ । थप दुई प्याकेजको पनि १० महिना म्याद थप भइसक्दा पनि काम सकिएको छैन ।

    तीनवटै प्याकेजको म्याद पुस अन्तिममा सकिने भए पनि सन्तोषजनक काम नभएपछि ठेक्का तोड्ने तयारीमा सडक डिभिजन कार्यालय दमक छ । ‘काम सन्तोषजनक छैन । एक–दुईजना कामदार लगाएर काम भइरहेको छ । हामी तीनवटै खण्डको ठेक्का तोड्नेतिर अघि बढिसकेका छौँ,’ इन्जिनियर देवले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरेर म्याद थप गर्‍यो भने छुट्टै कुरा हो । सडकले अब म्याद थप्न सक्दैन ।’

    पहिलो खण्डको ठेक्का लिएको महालक्ष्मी–किराँतेश्वर जेभीले भने निर्मल उप्रेतीले आफ्नो कम्पनी प्रयोग गरेर काम अलपत्र छाडेको दाबी गरेको छ । ‘निर्मल उप्रेतीले हाम्रो फर्मबाट काम गर्ने भनेर प्रयोग गरेर काम अघि बढाए । बैंक ग्यारेन्टी पनि हाम्रै थियो । दुई करोड हाराहारी मोबिलाइजेसन रकम लिएपछि काम बीचमै अलपत्र छाडेका कारण हामीले नै काम गर्न सुरु गर्‍यौँ,’ महालक्ष्मी–किराँतेश्वर जेभीका प्रतिनिधि कोमल राईले भने, ‘सरकारले ०७९ को असारमा म्याद थप गर्दा दुईवटा सर्त राख्यो । त्यो पूरा नगर्दा काम गरेको पैसा पनि भुक्तानी लिन सकिएन । भुक्तानी लिन १० प्रतिशत जरिवाना तिर्नुपर्ने भयो । अब आउने वैशाखसम्म काम सक्ने योजना छ ।’ गत वर्षदेखि आफूले नै काम थालेको उनले बताए ।

    दोस्रो र तेस्रो खण्ड गरी २६ किलोमिटर सडक निर्माणको जिम्मा लुम्बिनी–गणपति जेभीले पाएको छ । दोस्रो र तेस्रो खण्डको सडक कालोपत्रे गर्ने काम २ फागुन ०७६ मा ठेक्का लागेको हो । दोस्रो ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको हो । यो दुई खण्डको म्याद २ फागुन ०७९ मै सकिएकामा १० महिना थप भएको म्याद पनि पुस अन्तिममा सकिँदै छ । तर, दोस्रो खण्डको काम ६२ प्रतिशत र तेस्रोमा ३० प्रतिशत मात्र सकिएको छ । लुम्बिनी–गणपति जेभीका सञ्चालक तुलसीराम भण्डारीले अब आठ महिना म्याद थप भएमा कालेपत्रेका काम पूरा हुने बताए ।

    काम समयमा नसकिएपछि माङसेबुङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय इलामलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा केही दिनअघि प्रशासनले निर्माण कम्पनीसहित छलफल राखेको थियो । उक्त छलफलले ११ पुसमा बाटोको अनुगमन गर्ने निर्णय गरेको छ । माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले केन्द्र सरकारले ठेक्का लगाएको आयोजनामा सडक खुलाउन पालिकाले डिजेलसम्म सहयोग गर्दा पनि काम नभएको बताए । ‘अप्ठ्यारामा सहजीकरण पनि गरेका छौँ । तर, निर्माण व्यवसायीले हाम्रो सहयोगलाई सम्झनुभएन,’ अध्यक्ष राईले भने ।

    दमक–चिसापानी सडक झापाको दमक, इलामको माङ्सेबुङ, चुलाचुलीलगायत क्षेत्रमा तीन दशकदेखि चुनावी एजेन्डा बन्दै आएको छ । यो सडकको पहिलो खण्ड ठेक्का लागेको झन्डै डेढ वर्षपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ४ फागुन ०७६ मा स्तरोन्नतिका लागि भन्दै कालोपत्रे गर्न सडक शिलान्यास गरेका थिए ।

    आइतबार, पुष ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer