• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
शुक्रबार, भदौ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अब वीर अस्पतालबाटै ‘टोमोथेरापी’ सेवा


  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित
  • काठमाडौँ । अन्ततः राष्ट्रिय चिकित्सा प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा ‘टोमोथेरापी’ सेवा शुरु भएको छ। वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अहिले परीक्षणका रूपमा मात्रै ‘टोमोथेरापी’ सेवा शुरु भएको र केही समयपछि पूर्ण रूपमा सञ्चालन गरिने बताए। पाँच दिनदेखि अस्पतालकै क्यान्सरका सातजनालाई थेरापी दिइएको र यो परीक्षणको ररूपमा मात्रै सेवा दिइएको उनको भनाइ छ। निर्देशक डा. पौडेलले भने‚ ‘मेसिन जडान भइसक्यो तर हामीले अहिले परीक्षणका लागि मात्रै थोरै विरामीमा सेवा दिइरहेका छौँ। केही समयपछि फूल फेजमा विरामीलाई सेवा दिन्छौँ।’

    Advertisement

    ‘टोमोथेरापी’ सेवा शुरु गर्न अस्पतालले भारतीय अनुभवी प्रविधिज्ञ टोली झिकाई उनीहरूको समन्वयमा अहिले काम भइरहेको छ। भारतीय प्राविधिक टोलीसहित अस्पतालका प्रविधिज्ञहरूले सेवा दिन शुरु गरेका हुन्। टोलीमा आएकामध्ये दुईजना भारत फर्किसकेका छन् भने केही वीरमै रहेका छन्। यसैगरी अस्पतालकै प्रविधिज्ञहरूमा पूर्ण दक्षता आएपछि केही दिनमै वीर अस्पताल उपचारमा आएका विरामीलाई मात्रै नभएर बाहिरका अस्पतालमा उपचार गराइरहेका विरामीलाई पनि सेवा दिने तयारी भएको वीर अस्पताल अंकोलोजी विभागका प्रमुख डा. विवेक आचार्यले जानकारी दिए। टोमोथेरापी सेवा शुरु भएसँगै क्यान्सरका विरामीले राहत पाउने प्रमुख डाक्टर आचार्यको भनाइ छ। न्याम्सका उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले पनि अहिले परीक्षण रूपमा विरामीलाई टोमोथेरापी मेसिनबाट सेवा दिन शुरु गरिएको बताए। ‘मेसिन जडान भएर परीक्षण रूपमा विरामीलाई सेवा दिन सुरु गरिएको छ। चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी पनि मेसिनको प्रयोगमा दक्ष बन्दै हुनुहुन्छ’, यसरी नै केही समय सञ्चालन गरेर मात्रै हामीले फूल फेजमा सञ्चालन गर्ने तयारी गरेका छौँ, पछि वीर अस्पताल बाहिरका विरामीलाई पनि हामीले सेवा दिन्छौँ’‚ उपकुलपति प्रा।डा. बस्नेतले भने।

    क्यान्सरको ट्युमर वा क्यान्सरको कोष नष्ट गर्न टोमोथेरापी अत्याधुनिक उपकरण हो। यो थेरापीले सिटिसक्यान गर्दै क्यान्सरका स–साना कोष खोजेर नष्ट गर्छ। क्यान्सरको कोष वा ट्युमर मात्र नष्ट गर्ने र राम्रो कोषलाई असर नगर्ने भएकाले यो विरामीका लागि लाभदायक मानिन्छ। यो मेसिन नेपालमा पहिलोपटक भित्र्याइएको हो तर नेपालमा सरकारी तहबाटै संसारमै क्यान्सरको उपचार गर्न विकसित गरिएको नयाँ प्रविधि भित्रिएको हो। २३ वर्ष पुरानो ‘कोबाल्ट–६० मेसिन २०७२ मा बिग्रिएपछि रेडियोथेरापी अवरुद्ध हुँदा वीर अस्पतालमा आउने विपन्न विरामी मर्कामा परेका थिए। २३ वर्षअघि ल्याइएको कोबाल्ट मेसिन २०७२ मा बिग्रिएपछि वीरमा क्यान्सर रोगीको ‘रेडियोथेरापी’ सेवा पूर्ण रूपमा बन्द भएको थियो। त्यसपछि वीर अस्पतालले २०७४ सालमा लाइफलाइन ट्रेड इन्टरनेशनल प्रालिसँग मेसिन किनेको थियो। एकुरे मेडिकल अमेरिकाबाट उत्पादन भएको सो मेसिन ४० करोड ३३ लाख ३८ हजार चार सय रुपैयाँमा भ्याटबाहेक खरिद सम्झौता भएको थियो।

    त्यसपछि पहिलोपटक २०७५ यो मेसिन आएको भए पनि वीर अस्पतालमा मेसिन राख्ने स्थान नै नभएपछि सशस्त्र अस्पतालमा लगिएको थियो। त्यसपछि मेसिन अस्पतालको चौरमा बेवारिसे रूपमा राखिएपछि मेसिन नखोल्दै बिग्रिएको थियो। मेसिन जडान नै नगरी बिग्रिएपछि मेसिन उत्पादक अमेरिकी कम्पनी एकुरेका प्रतिनिधि नेपाल आएका थिए। उनीहरूले बलम्बुस्थित मेसिन राखिएको ठाउँमा पुगेर अवलोकन गरे। मेसिनको पाटपुर्जामा खिया लागेपछि उत्पादक कम्पनी एकुरेका प्रतिनिधि मेसिन जडान गर्न उपयुक्त नभएको भन्दै अर्को व्यवस्था नहुन्जेलसम्म जडान गर्न नसकिने भन्दै फर्किएका थिए। प्रयोग नै नगरी बिग्रिएपछि कम्पनीले पुनः अर्को मेसिन दिने निर्णय गरेको थियो। सोहीअनुरूप हाल टोमोथेरापी मेसिन वीर अस्पताल आइपुगेको हो। तत्कालीन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङ र वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले उक्त मेसिन खरिद गर्ने निर्णय गरेका थिए। ‘लाइफलाइन ट्रेड इन्टरनेशनल प्रालि’ ले ल्याएको हो।

    के हो ‘टेमोथेरापी’ मेसिन?

    टेमोथेरापी मेसिन क्यान्सरका विरामीको उपचारका लागि आवश्यक अत्याधुनिक उपकरण हो। यो क्यान्सरका विरामीको उपचार गर्न विकसित नयाँ प्रविधि हो। यस्तो खाले मेसिन भारतमा पनि प्रमुख तीन अस्पताल मेदान्त कोलकाता टाटा मेमोरियल र मुम्बई टाटा मेमोरियलमा मात्रै छ।

    नेपालले चार वर्षको पहलपछि यो मेसिन पहिलोपटक भित्र्याएको हो। नेपालमा हाल काठमाडौं क्यान्सर सेन्टर, नेपाल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा मात्र रेडियोथेरापी सेवा उपलब्ध छ। यी अस्पतालमा पनि लिन्याक र कोबाल्ट मेसिन छन् तर नेपालमा सरकारी तहबाटै संसारमा नै क्यान्सरको उपचार गर्न विकसित गरिएको नयाँ प्रविधि भित्रिएको हो।

    क्यान्सर विशेषज्ञहरूका अनुसार यो मेसिनले क्यान्सर भएको शरीरको भागमा मात्रै यो मेसिन प्रयोग गर्न सकिन्छ। यो प्रविधिबाट उपचार गर्दा शरीरको अन्य भागमा असर गर्ने सम्भावना कम हुन्छ। वीरले ल्याएको टोमोथेरापी मेसिन अमेरिकी एकुरे कम्पनीसँग मात्रै रहेकाले त्यहीँबाट खरिद गरिएको थियो।

    नेपालमा वर्षेनि करिब ३० हजार क्यान्सरका नयाँ विरामी, वीरमा आउने तीन हजार विरामीले रेडियोथेरापी पाउँदैनन्। वीर अस्पतालका अनुसार प्रत्येक वर्ष क्यान्सरका चार हजारभन्दा बढी बिरामी अस्पतालमा आउँछन्। उपचार गर्न आउने सबैजसो गरिब तथा विपन्न नागरिक हुन् ।

    आइतबार, पुष ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer