काठमाडौँ । नेपाल वायुसेवा निगम र थाइ एयरवेज बीच ग्राउण्ड ह्याडलिङ्ग सम्झौता भएको छ।
Advertisement
आइतबार सम्झौतामा निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारीले र थाई एयरवेजको तर्फबाट थाइ एयरवेजका वेष्टर्न एण्ड मिडिल इष्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समय देखि उडानको सेल्फ ह्याडलिङ्ग गर्दै आएको थाई एयरवेजले सेल्फ ह्याडलिङ्ग गर्न छोडी नेपाल वायुसेवा निगमसँग सम्झौता गरेको छ।
नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवालाई अझै राम्रो बनाउन थाइ एयरवेजले ८० थान ग्राम ग्राउण्ड ह्याण्डलिङ सम्बन्धित सामग्रीहरू समेत नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरेको छ।




