• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
शुक्रबार, भदौ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मुद्दा खेपिरहेकालाई मन्त्री!


  •   सोमबार, पुष ०९, २०८० मा प्रकाशित
  •  

    Advertisement

    काठमाडौं । विवादित पृष्ठभूमि भएका नेपाली कांग्रेसका प्रदेश सांसद सरोज थापा उर्फ रोज राणा मन्त्री बनेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्दै राणा र माओवादी केन्द्रकी कृष्णा केसीलाई मन्त्री बनाएका हुन् ।

    राणालाई उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय वा वन तथा वातावरण मन्त्रालयमध्ये एक र केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने छन् । प्युठानबाट प्रदेश सभा ‘ख’ बाट बिजयी राणाको पृष्ठभूमि भने सम्झन लायक छैन ।

    राजनीतिमा आउनुअघि उनीमाथि चेलीबेटी बेचविखन तथा गुण्डागर्दी जस्ता मुद्दा खेप्नुपरेको थियो । त्यही आरोपमा उनी पटक–पटक पक्राउसमेत परेका थिए । काठमाडौं प्रहरीको रेकर्ड अनुसार, उनीमाथि १२ वैशाख २०६७ सालमा सरिता सिवाकोटीले मानव बेचबिखन मुद्दामा प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यही जाहेरीका आधारमा प्रहरीले १३ वैशाखमा उनलाई पक्राउ ग¥यो । उनी प्रहरी थुनामै रहेका बेला राणामाथि फेरि प्रहरी वृत्त महाराजगञ्जमा त्यही प्रकृतिको अर्का जाहेरी परेको प्रहरी रेकर्डले देखाउँछ ।

    उनीविरुद्ध शुष्मा श्रेष्ठ, सामना लामा र निकिता लामाले जाहेरी दिएका थिए । बागबजार, कालीमाटी, ठमेल क्षेत्रमा ‘शो गल्र्स’ डान्सबार सञ्चालन गरेका उनीमाथि युवतीलाई नग्न डान्स गर्न लगाउने गरेको अरोप लागेको थियो । त्यही आरोपमा प्रहरीले उनीमाथि चेलीबेटी बेचबिखन मुद्दा चलाउनुपरेको जानकारी अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । उक्त मुद्दामा उनी करिब ६ महिना जेल समेत बसेका ती अधिकारीले बताए ।

    २०५९ असोज १६ गते प्युठान जिल्लामा सार्वजनिक अपराध मुद्दामा उजुरी परेको थियो । कैलाश बस्नेतले उनीविरुद्ध उजुरी दिएका थिए । पछि मानव बेचबिखन मुद्दामा भने उनले सफाई पाए । त्यसपछि पनि उनीमाथि गुण्डागर्दीको दुनियाँमा चर्चामा रहेका धादिङका दिनेश अधिकारी चरीसँग निकट रहेर काम गरेको आरोप लागेको थियो ।

    चलचित्र निर्माताका नाममा गुण्डागर्दी गर्ने गरेको आरोप उनीमाथि थियो । २०७१ साउनमा प्रहरीको इन्कान्टरमा चरी मारिएपछि भने प्रहरीबाट जोगिन राजनीतिको फेरो समात्दै कांग्रेस तरुण दलमा सक्रिय रहेको प्रहरीको दाबी छ । रोज पहिला प्रहरीकै इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ उर्फ घैंटेको समूहमा र पछि चरीको समूहमा लागेको त्यो बेला गुण्डागर्दीको अनुसन्धान गर्ने एक प्रहरी अधिकारीको दाबी छ ।

    सोही समूहमा विवाद बढ्दै गएपछि चरी समूहकै दुई सदस्यले भदौ २०७३ मा बानेश्वरमा उनीमाथि खुकुरी प्रहार भएको थियो । उक्त आरोपमा प्रहरीको तत्कालीन अपराध महाशाखाको टोलीले भक्तपुरका मोटे भन्ने विवेचन प्रजापति र धादिङका कटुन्जे भन्ने सूर्य लामालाई पक्राउ गरेको थियो ।

    प्रहरीको अनुसन्धानले प्रजापति र लामाले चरीसँगको विवादका कारण पिछा गर्दै मध्यबानेश्वरमा खुकुरी प्रहार गरेको खुलेको थियो । उनीमाथि आक्रमण गर्न चरी समूकै अर्को सदस्य जोधा भन्ने रत्नबहादुर लामाले योजना बनाएको खुलेको थियो ।

    चलचित्र निर्माण, डान्सबार र रेस्टुरेन्टदेखि अन्य व्यवसायमासमेत रोजले चरीकै पैसा चलाउने गरेको प्रहरीको दाबी छ । पछि प्रहरीबाट बच्न उनी प्युठान कांग्रेसबाट तरुण दलको क्षेत्रीय सभापति बने । चलचित्र निर्मता भएर उनले दोस्ती, खलनायक जस्ता आधा दर्जन चलचित्र बनाएका छन् ।

    यसअघि आपराधिक पृष्ठभूमिकै राजीव गुरुङ उर्फ दीपक मनाङे समेत गण्डकी प्रदेशका मन्त्री बनिसकेका छन् । २०७४ मा एमालेको समर्थनमा दीपक मनाङे मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएर मन्त्री बनेका थिए । मनाङे हाल पनि गण्डकी प्रदेश सभा सांसद छन् ।

    सोमबार, पुष ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer