• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
शुक्रबार, भदौ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

देखिएन आन्तरिक अर्थतन्त्रमा सुधार


  •   सोमबार, पुष ०९, २०८० मा प्रकाशित
  • काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताउँदै आए पनि व्यवहारमा त्यसो हुन नसकेको तथ्याङ्कले देखाएको छ । मौद्रिक नीतिको समीक्षापछि अर्थ मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका थिए ।

    Advertisement

    यसबाहेक अर्थमन्त्री डा. महतले पटक–पटक आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत देखिइरहेको बताउँदै आएका छन् । तर, बाह्य क्षेत्रको तथ्याङ्क ठिकठाक देखिँदा आन्तरिक अर्थतन्त्रमा भने सुधारको संकेत देखिएको छैन । ५ महिनाको भन्सार विभागको तथ्याङ्कले समेत आन्तरिक अर्थतन्त्रमा गतिशीलता नफर्किएको देखाउँछ ।

    आन्तरिक माग धान्न चाहिने वस्तु उत्पादनका लागि पर्याप्त उद्योगधन्दा कलकारखाना नहुँदा आवश्यक पर्ने अधिकांश वस्तु विदेशबाट ल्याउनुपर्ने स्थिति छ । यस्तै, उद्योग सञ्चालनका लागि चाहिने कच्चा पदार्थसमेत विदेशबाटै आउँछ ।

    गत आर्थिक वर्षको ५ महिनाको अवधिमा आयात भएको वस्तुको तुलनामा यो वर्षको सोही अवधिमा ३.३९ प्रतिशतले आयात घटेको छ । यसले अर्थमन्त्री डा. महतले अर्थतन्त्रमा सुधारको संकेत देखिएको भने पनि आन्तरिक मागमा बढोत्तरी नआएको स्पष्ट पार्छ ।

    यस्तै, यस अवधिमा नेपालको निर्यात समेत ६.०९ प्रतिशतले खुम्चिएको छ । आयातमा आएको गिरावटको ठ्याक्कै दोब्बरले निर्यात खुम्चिएको छ । यसबाट, माग घटेर विदेशी वस्तुको आयात मात्रै घटेको नभइ निर्यात पनि प्रभावित बनेको देखिन्छ ।

    वैदेशिक व्यापारतर्फको अधिकांश सूचक नकारात्मक अवस्थामा छ । व्यापारघाटा घट्नुबाहेक अन्य सूचकलाई सकरात्मक रुपमा लिन सकिँदैन । सोही कारण सरकारले अर्थतन्त्रमा सुधारको छनक देखिइरहेको बताउँदै आए पनि त्यसो हुन नसकेको तथ्याङ्कले देखाउँछ ।

    नेपाल राष्ट्र बैंकका अनुसार औद्योगिक कच्चा पदार्थका रुपमा रहेको एमएस विलेटको आयातसमेत खुम्चिएको छ । यसबाट निर्माण क्षेत्रका उद्योग पूर्ण क्षमतामा सञ्चालनमा नरहेको पुष्टि गर्छ । यस बाहेक, कच्चा सोयाबिन तेल, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल लगायतका वस्तुको समेत आयात खुम्चिएको छ । यसबाट बजारमा माग नै नरहेको देखिन्छ ।

    अर्थ मन्त्रालयका अनुसार चार महिनाको अवधिमा सुनको आयात ५५ प्रतिशतले खुम्चिएको छ ।

    शुद्ध फलामको आयात २.५ प्रतिशतले घट्दा डिजेल ९ प्रतिशतले र पेट्रोल ३ प्रतिशत तथा एलपी ग्यास २१ प्रतिशतले घटेको छ । यसबाट आन्तरिक बजारमा आर्थिक गतिविधि न्यून देखिन्छ । डिजेल र पेट्रोलको खपत अर्थतन्त्र चलायमान बन्दामात्रै हुन्छ ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि निरन्तर पेट्रोलियम पदार्थको खपत घट्दो अवस्थामा छ । जबकि, बिजुलीबाट चल्ने सवारीको प्रयोग बढ्दो अवस्थामा रहे पनि पेट्रोलियम पदार्थको आयात तथा प्रयोग विस्थापन नै गर्ने अवस्थामा विद्युतीय सवारी पुगेको छैन ।

    यस्तै, नेपालबाट धागोको निर्यात समेत घटेको छ । ऊनी गलैँचा र कार्पेटको निर्यात समेत घट्दा जमोठ कपडा र जुटबाट बनेका सामग्रीको समेत निर्यात खुम्चिएको अर्थ मन्त्रालको तथ्याङ्कले देखाउँछ । यसबाहेक, भारतीय नीतिका कारण फस्टाइरहेको पाम तेलको निर्यातमा समेत ८१ प्रतिशतको गिरावट आएको छ ।

    घाटामा बजेट खाता

    महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारको बजेट खाता घाटामा छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट तय गरिएको लक्ष्यअनुसार आजको मितिसम्म सरकारी बजेट खाता झण्डै १ खर्ब रुपैयाँले घाटामा छ । सरकारले आजसम्म ४ खर्ब ९३ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेको छ । जबकि, आजसम्म ३ खर्ब ९६ अर्ब ६६ करोड रुपैयाँमात्रै आर्जन गरेको छ । यसअनुसार ९७ अर्ब रुपैयाँले बजेट खाता घाटामा छ ।

    चालु वर्षका लागि अर्थमन्त्री डा. महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए । हालसम्म लक्ष्यको २८.२ प्रतिशत मात्रै खर्च भएको छ । यसमा पनि विकास बजेट १२ प्रतिशतमात्रै खर्च भएको छ । विकास खर्च नबढ्दा निर्माण क्षेत्र सुस्ताउने र समग्र अर्थतन्त्रमै त्यसको प्रभाव पर्ने गर्छ ।

    चालु खर्च ३३ प्रतिशत हुँदा वित्तीयतर्फ २५ प्रतिशतमात्रै खर्च भएको छ । यसबाट समेत देशको आन्तरिक अर्थतन्त्रको वर्तमान अवस्था बुझ्न सकिन्छ ।

    सोमबार, पुष ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer