• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ज्यानै खाने बाटो


  •   सोमबार, पुष ०९, २०८० मा प्रकाशित
  • दाउन्ने । शुक्रबार नारायणगढबाट निजी गाडीमा बुटवलको यात्रामा निस्किएका सूर्य ढकाल दाउन्नेको उकालो बल्ल–तल्ल कटाएर डाँडामा पुगेपछि जाममा फसे । ओरालो लाग्न नपाउँदै आधा घण्टा जाम झेलेपछि लामो सुस्केरा काटे, ‘कथा/पुराणमा सुनिने नर्कको बाटो कस्तो हुन्छ भनेर कसैले सोध्यो भने यही बाटो देखाइदिए हुन्छ ।’

    Advertisement

    २०७५ मा विस्तारको काम सुरु भएको बुटवल–नारायणगढ खण्डमा अहिले बनेकोभन्दा बढी भत्किएको सडक बढी छ । एसियाली विकास बैंक (एडीबी) को १७ अर्ब ऋण सहयोगमा विस्तार थालिएको यो सडक निर्माणको ठेक्का सडक विभागमार्फत चाइना स्टेट इन्जियिरिङ कर्पोरेसन कम्पनीले पाएको थियो । सम्झौताअनुसार फागुन २०७८ मै विस्तार सकिनुपर्ने थियो । तर ५ वर्षमा ३९ प्रतिशत मात्रै काम भएको छ ।

    विस्तारको काम पनि भइरहेकाले बुटवल–नारायणगढ खण्डको यात्रा अरु सडकमा जस्तो सहज नहुनु स्वभाविक हो । विस्तारका नाममा जसरी काम भइरहेको छ, यसले यो सडक खण्डलाई ठेकेदार र सरकारले प्रयोगशाला बनाएको ठान्छन् काकडभिट्टाबाट बुटवल हिँडेका प्रशान्त माझी । पटक–पटक कष्टपूर्ण यात्रा गरेको बताउने माझीले भने, ‘आक्कलझुक्क्ल कामदार मेसिन सडकमा भेटिन्छन् । जनताको विरोध गरे भने कुनै ठाउँमा ५०/१०० मिटर पिच पनि गरिदिन्छन् । यो सडकलाई प्रयोगशाला जस्तो बनाइयो ।’

    नारायणगढ-बुटवल सडक खण्डमा जसरी विस्तारको काम भइरहेको छ, त्यसले यात्रुहरुलाई आक्रोशित हुनु नौलो लाग्दैन । कहिले सडक फराकिलो बनाउन माटो काट्ने र पुर्ने कामका लागि गाडी रोकिन्छ । यो सडक खण्डमा दैनिकजसो ठाउँ–ठाउँमा गाडी बिग्रन्छन्, कतै गाडी दुर्घटनामा पर्छन् । खनेर छाडिएको सडक वरपर यत्रतत्र थुपारिएको निर्माण सामग्री र खाल्डो छल्दै ११३ किलोमिटर पार गर्न ६ घण्टासम्म समय लाग्छ । ‘योजनाअनुसार राम्रोसँग सडक बनिरहेको भएजति दुःख परेपनि नबोली बस्दा हुन्थ्यो, बन्नुपर्ने सडक त झन् झन् बिगारिँदैछ’ भत्काएको ठाउँ ५ वर्षदेखि यतिकै छाडिएको उनले सुनाए ।

    केही बजार क्षेत्रमा गरिएको कालोपत्रेबाहेक अन्य क्षेत्रमा सडकभरि खाल्डा छन् । त्यसलाई पुर्नु त परै जाओस्, सडक किनारमा जथाभावी थुपारिएका निर्माण सामग्रीलाई सम्याउने समेत कोही छैनन् । ‘ग्राउन्ड क्लेयरेन्स’ ठीकै भएका भएका गाडीहरु समेत भुइँ छुँदै, खाल्डा र ढुंगामा ठोक्किंदै कुद्छन् । सवारी चालकहरुका लागि त यो खण्ड सुरक्षितसँग पार गर्नु महाभारत जित्नुजत्तिकै हुन्छ ।

    काठमाडौंबाट रिजर्भ गाडी लिएर हिँडेका सोनाम तामाङ नवलपुरको अरुणखोला कटेर अघि बढेपछि बुटवलका लागि हिँड्नु नै आफ्नो गल्ती भएको बताउँदै थिए । ‘ढिलाइ र लापरवाहीको पनि एउटा हद हुन्छ, यो बाटोमा मान्छे हिँड्छन् भन्ने समेत सोचेनन्’ उनी भन्छन्, ‘यस्तो धुलो छ, कतै खुलेर सास फेर्न सकिन्न । बालबच्चा, बिरामी र वृद्धवृद्धाले कसरी यात्रा गर्लान् !’ तर कर्णाली, सुदूरपश्चिम र लुम्बिनीसहित गण्डकी प्रदेशका केही जिल्लाका यात्रुलाई यो बाटो प्रयोग गर्नुको विकल्प छैन । सडकको हालतले उनीहरुलाई धुरुक्कै बनाएको छ । उमेरले बुढ्यौली टेकिसकेका राजेन्द्र कुमार बुटवलसम्मको यात्रामा हुँदा पाएको सास्तीबारे सोध्दा के–के मात्रै भन्ने भन्दै अकमक्क परे ।

    बाटोको अवस्था देखेर केही भइहाल्ने हो कि भन्ने चिन्ताले एक छिन नछोडेको उनले सुनाए । ‘ज्यान मात्रै दुख्यो र ! तनाव नै तनाव लिएर यात्रा गर्नुपर्यो, हामीजस्तो मान्छे त बिरामी नै भइने रहेछ,’ उनले भने, ‘यसैपनि लामो यात्रा सजिलो हुँदैन, त्यसमाथि खाल्डैखाल्डाको बाटोले जीउ नै आधा हुने भयो ।’

    ठेकेदार कम्पनीले यो सडक खण्डको धेरै ठाउँमा कम्तीमा एक पटक खनेको छ । त्यही सडकमा गाडी गुड्दा सडकको दुईतर्फ कान्ला बनेका छन् । नियमित बुटवल–काठमाडौं रुटमा गाडी चलाउने मोहन मिजारका अनुसार धुलो र हिलोका कारण गाडीका चक्काले सडकबाट कहाँ कान्ला नाघ्ने हो ठेगान छैन । ‘ठाउँ–ठाउँमा गाडी दुर्घटना भएर पल्टिरहेको दृश्य देखिन्छन्,’ उनी भन्छन्, ‘यहाँ चिप्लिएर मोटरसाइकल कति लड्छन् भन्ने हिसाब समेत छैन ।’ मोटरसाइकलमा यात्रा गर्नेले प्लाष्टिक वा रेनकोट लगाउनुपर्छ । नभए धुलोले पुरिन्छ । यदाकदा ठेकेदार कम्पनीले बिहान–बेलुका सडकको धुलो छोप्न पानी छ्याप्छ, बाक्लो धुलोमा खन्याएको पानीले रातो माटोलाई चिप्लो बाटोमा परिणत गर्छ ।

    सुनौलीबाट मोटरसाइकलमा लमजुङका लागि हिँडेका राजु अधिकारी यो सडक यात्रा नभनेर ‘सकस यात्रा’ भन्न रुचाउँछन् । ‘बाटोमा कति ठाउँमा गाडीले धुलो उडाएर कुहिरीमण्डल बनाइदिन्छ, कति ठाउँमा धुलो छोप्न पानी खनाएको ठाउँमा बाइक चिप्लिन्छ,’ उनी भन्छन्, ‘यति ठूलो बजेट खर्च गरेर विदेशी ठेकेदार लगाएर गरेको कामको तरिका हेर्दा ज्यादै दुःख लाग्यो ।’ सडकमा काम भइरहेको स्पष्ट जनाउने संकेतहरु छैनन् । ठाउँ–ठाउँमा डोरीमा झिलझिले प्लास्टिक बाँधेर काम चलाइएको छ । निर्माणका क्रममा सुरक्षा मापदण्ड पालना गर्न गराउन ठेकेदार कम्पनी र सडक विभागले चासो दिएका छैनन् ।

    बाटोको दुरावस्थाका कारण चितवनबाट गाडी लिएर निस्किएका केदारमणि त्रिपाठी बुटवलसम्मको यात्रालाई जिन्दगीलाई धरापमा राखेर गरिएको ‘सफर’ भन्छन् । बाध्यताले यो बाटो हिँड्ने गरेको भन्दै उनले भने, ‘बाध्यताले यात्रा गर्नु परेको छ । जोखिम धेरै भएकाले कहाँ पुगेर के हुने हो पत्तो छैन ।’ सडक निर्माणका क्रममा देखिएको भद्रगोलले यो सडकमा यात्रा गर्ने जनताबारे सोच्न कुनै सरकार र सरकारी मान्छे छन् जस्तै नलागेको उनले सुनाए । भन्छन्, ‘कम्तीमा दुई लेन सडकलाई पिच नै नगरे पनि खाल्डा त पुर्नु पर्ने हो नि !’

    सडकखण्डका कारण भारतबाट स्थलमार्ग हुँदै आउने पर्यटकहरु समेत आजित छन् । जयनगरबाट आफ्नै गाडीमा पोखरा हिँडेका सुप्रबल श्रीवास्तवले यो सडकखण्ड आफ्नो जिन्दगीकै सबभन्दा कठिन यात्रा भएको सुनाए । ‘यस्तो बाटो छ भन्ने थाहा भएको भए दिल्ली गएर विमानमा काठमाडौं जान्थें,’ उनले भने, ‘अलिअलि बाटो बिग्रिए पनि जिप सजिलै जान्छ भनेपछि आएँ, अब फर्किन पनि मन छैन, अघि जान पनि आँट आइरहेको छैन ।’

    यो सडक खण्ड भएर यात्रा गर्नेहरु धेरैको एउटै गुनासो छ, यस्तो बेहाल सरकारले किन देख्दैन ? यो देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र नेताहरुलाई यो बाटो हिँड्नु पर्दैन, हिँड्नै परे लच्किने पजेरोमा हिँड्लान्’ बुटवलबाट काखमा बच्चा च्यापेर बसमार्फत हेटौंडा हिँडेकी कल्पना तामाङले आक्रोश पोखिन्, ‘हामी जनताले कतिसम्म पीडा भोगेका छौं भन्ने थाहा पाउने गरी उनीहरुलाई यहाँ हिँडाउनुपर्यो ।’

     

     

     

     

    सोमबार, पुष ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer