काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चोरीपैठारीको आशंकामा २१९ थान तयारी कपडा बरामद गरिएको छ ।
Advertisement
शनिबार भद्रपुर विमानस्थलबाट मध्याह्न साढे १२ बजे यती एयरलाइन्सको उडानबाट कार्गोमार्फत पठाइएको सात पोकामा रहेको तयारी कपडा सशस्त्र प्रहरी बल नेपालको राजस्व अनुसन्धान विभाग हरिहर भवनमा तैनाथ राजश्व प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको सशस्त्रको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा कपडा बरामद गरिएको हो ।




