• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
शुक्रबार, भदौ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

प्रेसमैत्री कानून बनाउन सुझाव


  •   सोमबार, पुष ०९, २०८० मा प्रकाशित
  • कास्की । गण्डकी प्रदेशसभाको प्रदेश मामिला तथा कानुन समितिको आजको छलफलमा प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रेसमैत्री बनाउनुपर्नेमा सञ्चार सम्बद्ध संस्थाका प्रतिनिधि र पत्रकारले सुझाव दिएका छन् ।

    Advertisement

    बैठकमा नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले आमसञ्चार कानुनमा तजबिजी अधिकारको व्यवस्था नराख्न सुझाव दिए । उनले प्रेस रजिष्ट्रारको नियुक्ति प्रदेश सरकारको सञ्चार हेर्ने मन्त्रीको संयोजकतत्वमा गठित छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले नियुक्त गर्ने प्रावधान राख्नुपर्ने बताए ।

    श्रेष्ठले विज्ञापनको अनुगमन तथा नियमनका लागि विधेयकमा ल्याइएको अनुगमन तथा नियमन समिति आवश्यक नरहेको धारणा राखे । “धेरै वटा समिति नबनाऔँ, यसले खर्च र व्ययभारमात्र थपिन्छ, विज्ञापन अनुगमन तथा नियमनका लागि रजिष्ट्रारको कार्यालय या सञ्चार समन्वय समितिलाई नै क्षेत्राधिकार दिऔँ”, उनले भने ।

    संसदीय पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष विशन क्षेत्रीले प्रेस रजिष्ट्रारलाई आर्थिक तथा प्रशासनिक अधिकारसमेत दिनुपर्ने बताए । उनले प्रेस रजिष्ट्रारले स्वायत्त रुपमा काम गर्ने गरी अधिकार प्रत्यायोजन गर्नुपर्ने धारणा राखे ।

    उपाध्यक्ष क्षेत्रीले सरकारले चाहेको बेलामा प्रेस रजिष्ट्रारलाई पदबाट हटाउन सक्ने व्यवस्था राख्न नहुने बताए । जुनसुकै सरकारको पालामा नियुक्त भएको भए पनि प्रेस रजिष्ट्रारलाई पूरा अवधि काम दिनुपर्ने उनले उल्लेख गरे ।

    नेपाल पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदीले संविधान र सङ्घीय कानुनसँग बाझिने गरी प्रदेश सञ्चार कानुन नल्याउन प्रदेश सरकारलाई सुझाव दिए । उनले प्रेस रजिष्ट्रारलाई अर्धन्यायिक अधिकार दिनुपर्ने बताए ।

    नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष बिमला सुवेदीले लामो र गहन छलफल भएकाले सञ्चार कानून समृद्ध भएर आउने बताइन् । “पाँच/छ वर्षदेखि यो विषयमा घनिभूत छलफल भएको छ, गण्डकी प्रदेशको आमसञ्चार ऐन उत्कृष्ट बन्ने हाम्रो विश्वास छ”, उनले भनिन् ।

    अध्यक्ष भण्डारीले विधेयकमा पत्रकारिता क्षेत्रमा लामो योगदान गरेका व्यक्तिलाई पुरस्कार तथा सम्मानको पनि व्यवस्था राख्न सुझाव दिए । सञ्चारसम्बन्धी कानून बनाउँदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन नहुने उनले उल्लेख गरे ।

    उनले सञ्चार संस्था र पत्रकारको व्यावसायिक सुरक्षाको हितलाई हेरेर प्रदेश सरकारले कानून बनाउनुपर्ने बताए । दिगो र कार्यान्वयनमुखी कानून निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिए ।

    समितिका सदस्य गोविन्दबहादुर नेपालीले विधेयकमाथि तीनजना प्रदेशसभा सदस्यबाट संशोधन प्रस्ताव दर्ता गरेको बताए । “सुधार र परिमार्जन गर्नुपर्ने विषय संशोधनले पनि समेटेको छ, समितिमा अझै छलफल गरेर विधेयकलाई प्रदेश सभामा पठाउँछौँ”, उनले भने ।

    समितिका सभापति चम्पादेवी खड्काले छलफलका क्रममा प्राप्त सुझावलाई ग्रहण गरेर विधेयकलाई थप परिमार्जन गरिने बताइन् । उनले आमसञ्चार विधेयकमाथि छलफल गर्न आठ पटकसम्म समितिको बैठक बसेको उल्लेख गरिन् ।

    बैठकमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष गङ्गाधर पराजुली, नेपाल पत्रकार महासङ्घ कास्कीका सचिव माधव पराजुलीलगायत पत्रकारले विधेयकमा समेट्नुपर्ने विषयमा बैठकमा सुझाव राखेका थिए । रासस

    सोमबार, पुष ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer