• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
शुक्रबार, भदौ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

आगामी अधिवेशनको पहिलो एजेण्डा टीआरसी विधेयक


  •   मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
  • काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसदको आगामी अधिवेशनको पहिलो एजेण्डा बनाउन प्रमुख तीन दल सहमत भएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन छ । विधेयकका अधिकांंश विषयमा सहमति जुटाएको उपसमितिले चार विषयमा तीन दलको शीर्ष तहमा सहमति खोजिएको थियो ।

    Advertisement

    सोमबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा चार वटै विषयमा सकारात्मक छलफल भएको नेताहरुले बताएका छन् ।बैठकपछि एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले भने, ‘केही दिनमा पुनः शीर्ष नेताहरुको छलफल गर्ने र संसदको आगामी अधिवेशनमा लैजाने निष्कर्ष छ ।’

    आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । तीन नेताले विधेयकबारे कांग्रेस प्रमुख सचेतक रमेश लेखकसँग ब्रिफिङ लिएका थिए ।आइतबार भएको सहमति अनुसार सोमबारको छलफलमा तीन दलबाट अरु नेता पनि सहभागी भएका थिए । कांग्रेसबाट उपसभापतिद्वय उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कानुनमन्त्री धनराज गुरुङका साथै वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी सहभागी भएका थिए ।

    एमालेबाट सचेतक बर्तौला र पूर्वकानुनमन्त्री अग्नि खरेल र माओवादीबाट उपसमहासचिव वर्षमान पुन र खिमलाल देवकोटा पनि सहभागी भएका थिए ।एक सहभागीका अनुसार सुरुमा एमाले अध्यक्ष केपी शर्मा ओली आक्रामक रुपमा प्रस्तुत भएका थिए । आफू प्रधानमन्त्री भएको बेला नै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन खोजेको भएपनि प्रचण्डहरुले नै सहयोग नगरेको गुनासो गरे । ‘अहिले साँच्चै टुंग्याउन खोजेको हो भनेर पनि सोध्नुभयो’, उनले सुनाए । कांग्रेस र माओवादीका नेताहरुले सकारात्मक जवाफ दिएपछि संसदीय उपसमितिले सहमति खोजेका चारवटै विषयमा झण्डै डेढ घण्टा छलफल भएको थियो ।

    संसदीय समितिले शीर्ष सहमति खोजेको चार विषय

    1. मानवअधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको– स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक (आर्बिटरी) गरिएको हत्या/दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने ।
    2. सशस्त्र द्वन्द्वको क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने
    3. मानवअधिकार उल्लंघनको घटनामा मेलमिलापको लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने ?
    4. घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने ।

    एक नेताका अनुसार लामो छलफलपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मानवअधिकारको गम्भीर उल्लंघनमा स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक (आर्बिटरी) गरिएको हत्या भन्ने राख्ने प्रस्ताव गरेका छन् ।

    अन्तर्राष्ट्रिय रुपमा स्वीकार भएकाले यसलाई नै राखेर जानु उपयुक्त हुने उनले बताएका छन् । बलात्कार जस्ता घटनामा जोसुकै भएपनि शून्य सहनशीलताको नीति अपनाउने भन्दै उनले भने, ‘पीडितमैत्री कानुन बनाउनेमा कुनै विवाद छैन । त्यसका लागि केके गर्नुपर्ने हो, गरौं ।’

    उनले यसअनुसार नै सहमति गरेर अघि बढ्न समितिमा रहेका पार्टीका सांसदहरुलाई भनिदिन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले पनि बाँकी विषय समिति (प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति) बाट टुंग्याउने र संसदको आगामी अधिवेशनको पहिलो एजेण्डाका रुपमा पास गरेर जानुपर्ने बताएका छन् ।

    फेरि बस्ने छ शीर्ष बैठक

    एमाले सचेतक बर्तौलाका अनुसार शीर्ष तहको बैठकमा खुलेर छलफल भएको थियो र, विधेयकका कतिपय विषयमा फेरि शीर्ष तहमा छलफल हुनेछ । एक सहभागीका अनुसार एमालेको चासो आयोग कस्तो बन्छ भन्ने पनि छ । एमाले अध्यक्ष ओलीले बैठकमा यसअघि बनेका आयोगहरुले इज्जत धान्न नसकेको टिप्पणी गरेका थिए । ‘काम गर्ने र सबैले पत्याउने मान्छेहरुलाई छनोट गरौं भन्ने कुराकानी भएको छ’, स्रोतले भन्यो, ‘छलफलका क्रममा प्रधानमन्त्रीले समग्र विषयमा सहमति गरेर जाऊँ, यसमा म तयार छु भन्नुभएको छ ।’

    यसअघि संसदमा विचाराधीन रहेको विधेयक अघि बढाउन संसदीय समितिहरुको सभापति भागवण्डामा सहमति भएको थियो । संसदबाट अघि बढेपनि सहमतिमा गएर अड्किएको छ । त्यसैले प्रधानमन्त्रीले संवैधानिक आयोगहरुमा पनि सहमति गरेर जान तयार रहेको संकेत दिएको स्रोतको दाबी छ । सहभागी नेताहरुका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी राजमार्गको १८ लिन लामो यात्रा गरेकोमा एमाले अध्यक्ष ओलीलाई धन्यवाद दिएका थिए । यात्राले लोकतान्त्रिक गणतन्त्रको पक्षमा सन्देश दिएकाले कुनै हालतमा असफल हुन दिनुहुन्न भनेर सुरक्षामा कुनै सम्झौता नगरेको सुनाएका थिए ।

    तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर एमालेको यात्रामा सुरक्षामा कुनै कमी हुन नदिन निर्देशन दिएको सुनाएका एक सहभागीले बताए । एमाले अध्यक्ष ओलीले भने सुरक्षाको प्रबन्ध गर्नु सरकारको कर्तव्य भएको जवाफ दिएका छन् ।

    मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer