• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

द्रुत नामको सुस्त सेवा


  •   मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
  • काठमाडौं । संविधान दिवस (३ असोज) को विशेष दिन पारेर सुरु भएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा प्रभावकारी सञ्चालन नभएपछि समय र बस संख्या थपेर चलाउन सुरु भएको ठीक एक महिना पूरा भएको छ । द्रुत बस सुरु गर्दा बिहान ९ बजेदेखि ११ बजेसम्म भनिएकोमा १० मंसिरदेखि विहान ८ : ३० बजेदेखि ११ : ३० बजेसम्म चल्ने बनाइएको थियो । यस्तै बेलुका ३ बजेदेखि ५ बजेसम्म भनिएकोमा साढे ३ देखि साढे ५ बजेसम्म सञ्चालन हुने यातायात व्यवस्था विभागले दाबी गरेको थियो ।

    Advertisement

    द्रुत बस सुरु गर्दा २५ वटा बस चलाएर ५/५ मिनेटको फरकमा रत्नपार्क र सूर्यविनायकबाट छुट्ने गाडी ३/३ मिनेटमा छुट्ने गरी विभागले एक महिना अगाडि ११ वटा बस थपेको थियो । तर, यातायात व्यवस्था विभागले सुधार्न भनेर समय, सवारीको संख्या थपेपनि सुधार भने देखिएको छैन । जडीबुटीको जाममा १५ मिनेट भन्दा बढी समय अड्किएपछि सुमनराज ठकुरी भन्छन्, ‘बन्द भयो भनेर फेरि चलेको द्रुत बसको व्यवस्थापनमा लापरबाही धेरै छ । रातो लेनमा बस हिंड्ने ठाउँ नै छैन । अनि कसरी द्रुत बस हुन्छ ?,’ ठकुरीले द्रुत बसमा सवारी चालकहरुमा पनि धेरै मान्छे हाल्ने चाहना देखिँदा ढिला भइरहेको बताए ।

    ‘गाडीभरि मान्छे कोचेर रोक्ने पनि द्रुत बस हुन्छ र ? ३ मिनेटमा अर्को गाडी आइपुग्छ भन्थ्यो तर अर्को बस नआउन्जेल मान्छे कोचेर बस्छ’, मध्यपुर थिमीको गठ्ठाघरबाट रत्नपार्क जान चढेका एक पूर्वसरकारी कर्मचारी रामहरि महर्जनले आक्रोश व्यक्त गरे । उनले नाम मात्रकै द्रुत बस भएको भन्दै सरकारले पहिले नियम र पूर्वाधार बनाएर मात्रै यस्तो योजना लागु गर्नुपर्ने बताए ।

    द्रुत बसका चालकहरुले पनि द्रुत बस प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन् । ‘हामीलाई द्रुत बस भनेर तोकिदिएको छ । तर, मान्छे हाल्न र चढाउन समय नै दिएको छैन, ट्राफिक आइहाल्छ । अनि पाएको बेला मान्छे नहालेर दाल–भात खान त पर्‍यो नि,’ ती चालकले भने । उनले गाडी रोक्न नपर्ने वातावरण ट्राफिक प्रहरीले बनाइदिनुपर्ने बताए । ‘लेन पुरै भरिएको हुन्छ, पहिले चोकमा रोक्न पर्दैन भनेको थियो तर अहिले जाममा परेर, ट्राफिक लाइटमा रोक्नुपर्ने सबै बाध्यता छ । द्रुबस भनेपछि त सरर हिँड्न पाइयोस् न, त्यस्तो केही छैन,’ ती चालकले भने ।

    ट्राफिक प्रहरीले सहयोग गरेन : व्यवसायी

    द्रुत बस सेवाको सवारी साधन व्यवस्थापनको जिम्मेवारी पाएको राष्ट्रिय यातायात व्यवसायी महासंघले सरकार र ट्राफिक व्यवस्थापनकै कारण द्रुत बस प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको जनाएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात व्यवस्था विभागले भौतिक संरचानमा काम गर्न नसकेको भन्दै लेनमा अन्य सवारी धेरै हुँदा बसहरुले समस्या भोगेको बताए । ‘डेडिकेटेड लेन भनेको त, यस्तै सवारीका लागि हो नि । तर, यहाँ जो पनि छिर्छ, साना सवारी कन्ट्रोल गर्ने पूर्वाधार नै छैन,’ सिटौलाले भने । उनले द्रुत बस सेवा एम्बुलेन्स जस्तै सेवाको रुपमा विस्तार हुँदा साना सवारी कम हुने भएपनि ट्राफिक प्रहरी यसका लागि सकारात्मक नभएको बताए ।

    ‘सुरु गर्दा द्रुत बस लाइटमा नरोकिने बताएपनि अहिले सेक्युरिटीको कारण देखाउँदै बस प्रत्येक चोकमा जाममा बस्न बाध्य छ । यसमा ट्राफिक प्रहरी नै पोजेटिभ छैन’, उनले भने । उनले महासंघले ३६ वटा भन्दा धेरै बस राखेर प्रत्येक ३ मिनेटमा सूर्यविनायक र रत्नपार्कबाट गाडी छुटाउने गरेको बताए ।
    ‘हाम्रो दुवै तर्फ मान्छे राखेर घडी हेरेर गाडी छुटाउने गरेका छौं । तर, निर्धारित समयमा पुग्न नसक्नु हाम्रो कमजोरी होइन । हाम्रा ड्राइभरहरुले अनावश्यक रुपमा यात्रु कुरेर गाडी रोक्दैनन्’, सिटौलालले अनलाइनखबरसँग भने । ओर्लने र उक्लने यात्रु धेरै हुँदा कहिलेकाहीँ समय लाग्ने गरेको उनले सुनाए । ‘रत्नपार्कदेखि सूर्यविनायकसम्म पुग्न द्रुत बसलाई ४५ मिनेट समय छुट्याइएको हो । तर प्रभावकारी व्यवस्थापन नभएका कारण एक घण्टाभन्दा बढी समय लाग्ने गरेको छ,’ सिटौलाले भने ।

    सुधार हुने क्रम जारी छ : विभाग

    यातायात व्यवस्था विभागले द्रुत बस सेवा पहिलेको भन्दै सुधार भएको दाबी गरेको छ । ‘पहिलेको भन्दा अहिले सुधार हुँदै गएको छ । समय र संख्या पनि थपिएको छ,’ विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले भने । उनले साना सवारीको कारण द्रुत बसको सेवालाई परेको असरको विषयमा गम्भीर भएको भन्दै जडीबुटीदेखि भक्तपुर तर्फको सर्भिस लेन खोलेर व्यवस्थापनका लागि काम गर्न खोजेको बताए । काठमाडौंतर्फ सर्भिस लेनमा मोटरसाइकल, स्कुटर चलाउन दिन सम्भव छैन, भक्तपुरको सर्भिस लेनमा साना सवारी पठाए, ठूला सवारीका लागि मुख्य सडक दिँदा धेरै जाम कम हुन्छ, यसले त्यहाँको द्रुत बस मात्रै होइन अन्य सवारीलाई पनि सहज हुन्छ’, पनेरुले यसका लागि सडक विभागलाई अनुरोध गरिसकेको बताए । ‘द्रुत बसको थप प्रभावकारिताका लागि स्थानीय तहसँग पनि समन्वय गरेर काम सुरु गर्दै छौं,’ उनले भने ।

    नेपालको सार्वजनिक सवारीको नमुनाको रुपमा सञ्चालन गर्न खोजेपनि जनतामा सार्वजनिक सवारीका लागि जनचेतना, यसको फाइदाबारे बुझाउन नसक्दा निजी सवारी बढिरहेको विभागले जनाएको छ । विभागले द्रुत बस सेवाका लागि एप समेत सञ्चालनमा ल्याउने भएको छ । अनलाइन भुक्तानी, द्रुत बस कुन रुटमा कहाँ छ भन्ने तथ्यांक, समय र स्थानमा भएको बसको जानकारी लगाएको सेवा समेटेर एप सञ्चालनको तयारी गरेको पनेरुले बताए । उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने लेन अनुशासन नमान्दा द्रुत बस सेवा प्रभावकारी सञ्चालन हुन नसकेको जनाएको छ ।

    ‘अर्को लेनमा छिर्नेलाई कारबाही गर्न सक्ने भौतिक पूर्वाधार पनि छैन, सडक सानो छ बाध्य भएर द्रुत बसको लेनमा सवारी जानुपर्छ, अनि बस त रोकिने नै भयो नि,’ ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्र भट्टले भने । उनले ट्राफिक प्रहरीहरुले लोकल युनिट मार्फत प्रहरी खटाएर सकेसम्म राम्रो व्यवस्थापन गर्न खोजिरहेको बताए । ट्राफिक व्यवस्थापनको अनुभवी रहेको पूर्वएसएसपी जगतमान श्रेष्ठले विभागले द्रुत बस सञ्चालन गर्दा पूर्वाधारको समस्याका कारण प्रभावकारी नभएको बताए । ‘अहिलेको सवारीको चाप अनुसार डेटिकेटेड लेनले काठमाडौंमा काम गर्न धेरै गाह्रो छ, साँघुरो सडकमा छुट्टै लेन सहज कुरै होइन’, काठमाडौं महानगरपालिकाको ट्राफिक सल्लाहकार समेत रहेका श्रेष्ठले भने । उनले संसारमा उत्कृष्ट मानेको सार्वजनिक सवारी साधन व्यवस्थित गर्ने मोडल भए पनि विकसित देशहरुमा त्यही अनुसार पूर्वाधार हुने तर नेपालमा पूर्वाधार तयार नभएकाे बताए । उनले सार्वजनिक सवारी सुधार गर्नको लागि अहिले भइरहेको सार्वजनिक सवारीको बस स्टप, बसपार्क, रोक्ने समय, लेन अनुशासनलाई गतिलो बनाउन सकिने विकल्प दिए ।

    मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer