• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

एन्टीबायोटिक के हो र कसरी काम गर्छ ?


  •   मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
  • स्वास्थ्यलाई खराब पार्ने हाम्रो आँखाले देख्न नसक्ने सूक्ष्म जीवाणुहरु जस्तै, ब्याक्टेरिया (कीटाणु), एन्टीफंगल, एन्टीब्याक्टेरियल हुन्छन् । यी जैविक तत्वविरुद्ध काम गर्ने औषधिलाई एन्टीबायोटिक औषधि भनिन्छ ।

    Advertisement

    एन्टीबायोटिक औषधि तीन प्रकारका हुन्छन् । भाइरसविरुद्ध काम गर्नेलाई एन्टीभाइरल, फंगसविरुद्ध काम गर्नेलाई एन्टीफङ्गल र ब्याक्टेरिया (कीटाणु) विरुद्ध काम गर्नेलाई एन्टीब्याक्टेरियल औषधि हुन्छन् । यीमध्ये सबैभन्दा सीमित औषधि हो एन्टीभाइरल । किनकि जति पनि भाइरस देखा पर्छन् । ती सबै भाइरसविरुद्ध औषधि पत्ता लागेका छैनन् । बजारमा जति पनि औषधि उपलब्ध छन् । ती ब्याक्टेरियल औषधि हुन् । जसकारण एन्टीब्याक्टेरियललाई मात्र एन्टीबायोटिक्स भनेर बुझिन्छ ।

    यसले कसरी काम गर्छ ?

    एन्टीबायोटिक्स औषधिले जसले मानिस र जनावरमा ब्याक्टेरियल संक्रमणविरुद्ध काम गर्छ । हाम्रो शरीरमा प्रवेश गर्ने बाह्य जीवाणुलाई शरीरले स्वत: लड्छ । यस्तोमा सेतो रक्तकोष सक्रिय हुन्छन् र जीवाणुविरुद्ध लडिरहेका हुन्छन् । तर जीवाणुको संख्या अत्यधिक वृद्धि भएमा सक्रिय भएका सेतो रक्तकोषले पनि लड्न नसक्ने हुन्छ । र, रोगहरु बन्न थाल्छन् ।

    त्यस्तो अवस्थामा यी एन्टीजैविक औषधिले जीवाणुलाई निष्क्रिय पार्ने, वृद्धि हुन नदिने, फैलिन नदिने र भएकालाई नष्ट पार्न शरीरलाई सहयोग गर्छ । अनि बिस्तारै संक्रामक रोगले गालेको शरीर पहिलेकै गतिमा फर्कन्छ ।

    एन्टीबायोटिक औषधि कसरी बन्छ ?

    एन्टीबायोटिक औषधि कीटाणुलाई नै निष्क्रिय पारेर बनाइन्छ । कीटाणुबाट निस्किने रसलाई परिमार्जित गरी बन्छ । कुनै एन्टीबायोटिक रसायनहरुको मिश्रणले बनाइन्छ । सन् १९४० देखि मात्र यस्ता औषधि आएको देखिन्छ । हालसम्म ५० वटा मात्र एन्टीबायोटिक औषधि उपलब्ध छन् ।

    ब्याक्टेरियाको संक्रमण कम गर्न सामान्यतया टयाब्लेटको रूपमा लिइन्छ । तर जब संक्रमण गम्भीर हुन्छ वा टयाब्लेट प्रभावकारी हुँदैन, तब सुईको माध्यमबाट औषधि दिनुपर्ने हुन्छ । जटिल गम्भीर संक्रमणहरूको लागि भने नसामा सिधै एन्टीबायोटिक दिइन्छ ।

    कुन रोगमा प्रयोग गरिन्छ ?

    कीटाणु कारण हुने संक्रामक रोग निमोनिया, क्षयरोग, पिसाब संक्रमण, छातीको संक्रमण, छालाको संक्रमण, मेनिन्जाइटिस जस्ता रोगमा प्रयोग हुन्छन् ।

    साथै, भाइरसका कारणले देखिने रोगहरु भाइरसमा एचआईभी, कोभिड-१९, मम्स र हेपाटाइटिसविरुद्ध एन्टीभाइरल औषधि प्रयोग हुन्छ । यद्यपि, भाइरसहरु नयाँ-नयाँ छन् भने औषधि पत्ता लाग्न सकिरहेको हुँदैन ।

    फ्लुमा एन्टीबायोटिक जरुरी छैन

    भाइरसले प्रायः श्वासप्रश्वास प्रणालीमा संक्रमण गर्छ । जस्तै सामान्य रुघाखोकी र फ्लु । एन्टीबायोटिकले यी भाइरसविरुद्ध काम गर्दैन । यसविरुद्ध औषधि धेरै बनेका छैनन् । जसकारण सामान्य फ्लुमा एन्टीबायोटिक जरुरी छैन । सामान्य रुघाखोकी शरीरकै प्रतिरोध क्षमताले निको बनाउँछ ।

    साइड–इफेक्ट

    हरेक औषधिको साइड—इफेक्ट हुन्छन् । एन्टीबायोटिकको पनि औषधिपिच्छेका साइड-इफेक्ट छन् । तर सबैलाई हुन्छ भन्ने चाहिं हुँदैन ।

    पखाला लाग्ने र पेट दुख्ने

    श्वासप्रश्वाससम्बन्धी समस्या

    छालामा एलर्जी देखिने वा चिलाउने, छाला कुहिने, डाबर आउने

    ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने

    यस्ता औषधिको साइड-इफेक्ट देखिए तुरुन्त सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ ।

    एन्टीबायोटिक लिनुअघि ध्यान दिनुपर्ने कुरा

    यो औषधि लिनुअघि तौल, एलर्जीको समस्या र उमेर हेर्नुपर्छ । औषधिको सेन्सिभिटी हुन्छ । जसकारण केहीमा औषधि प्रयोग गर्नेबित्तिकै केही रोगमा यस्तो औषधिले राम्रो प्रतिक्रिया नदिन सक्छ । त्यसैले औषधि लिनुपूर्व अन्य रोग छ कि छैन, पहिला नै यस्तो औषधिले गर्दा अन्य स्वास्थ्य समस्या देखिएको छ कि छैन भन्ने जान्नु जरुरी छ । यी सबै पक्षलाई मूल्यांकन गरेर मात्र औषधि चलाउनुपर्ने हुन्छ । जुन चिकित्सकलाई देखाएर संक्रमणको पहिचान गरी एन्टीबायोटिक औषधि लिनुपर्छ ।

    औषधि खाँदै छोड्दै गर्नु हुँदैन

    औषधि कति खाने ? कति मात्रामा खाने ? यी जानकारी नभएको स्थानबाट किनेर खाने अलि ठीक भएको जस्तो लाग्दा छोड्ने गर्ने बानी धेरैको हुन्छ । धेरैको त स्वास्थ्य परीक्षण गराएर केही समय औषधि खाने र बीचमा फलोअप नगर्ने गर्दा औषधिले फाइदाको सट्टा हानि गर्छ ।

    एन्टीबायोटिक अत्यधिक र पूर्ण मात्रा सेवन नगर्दा शरीरमा कीटाणु रहिरहन्छ । कहिलेकाहीं चिकित्सकको सिफारिसमा सेवन गरे पनि औषधिको पूर्ण मात्रा प्रयोग नगरीकन बीचमै छाड्दा ‘एन्टीमाइक्रोबियल रेसिस्टन्स’ हुन्छ ।

    औषधि सेवन गर्दागर्दै निको भएको आभास भई बीचैमा छाड्दा र चिकित्सकहरूले नै सिफारिस गरेको औषधिले काम नगर्ने, निको हुन समय लाग्ने अवस्था ‘एन्टीमाइक्रोबियल रेसिस्टन्स’ हो ।

    मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer