• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

प्रोटिन के हो ? शरीरका लागि किन आवश्यक छ ?


  •   मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
  • प्रोटिन एमिनो एसिडहरू मिलेर बनेको यौगिक हो । एमिनो एसिडहरू मिलेर बन्ने प्रोटिन मानव शरीरका लागि अत्यावश्यक थुप्रै पोषक तत्त्वमध्ये एक हो । जुन हामीले हाम्रो खानामार्फत प्राप्त गर्न सक्छौं । यसले शरीरको कोषिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्छ । यो हरेक उमेरका मानिसलाई आवश्यक हुन्छ ।

    Advertisement

    प्रोटिनले शरीरको वृद्धि, विकास र सुरक्षामा विशेष भूमिका खेलेको हुन्छ । हाम्रो कपाल र नङ स्वस्थ हुनुमा पनि प्रोटिनको भूमिका हुन्छ । साथै शरीरले धेरै प्रकारका इन्जाइम, रसायन र हार्मोन बनाउन प्रोटिनको प्रयोग गर्छ ।

    शरीरलाई सहज रूपमा काम गर्न आवश्यक ऊर्जाको ठूलो हिस्सा प्रोटिनबाट मात्रै आउँछ । यही कारणले गर्दा शरीरमा प्रोटिनको कमी हुँदा मानिसलाई थकान र कमजोरी महसुस हुन थाल्छ । त्यसैले प्रोटिनयुक्त खानेकुरा उचित मात्रामा सेवन गर्नुपर्छ ।

    शरीरलाई कति प्रोटिन चाहिन्छ ?

    एक सामान्य वयस्क व्यक्तिलाई दैनिक तौलको प्रति किलोग्राम ०.८ ग्रामदेखि १ ग्राम प्रोटिन चाहिन्छ । यसबाहेक दैनिक व्यायाम गर्ने व्यक्तिका लागि प्रति किलोग्राम तौलमा १ ग्रामदेखि १.५ ग्राम प्रोटिनको दैनिक मात्रा आवश्यक हुन्छ । साथै व्यक्तिको शारीरिक क्षमता र स्वास्थ्य अवस्थाअनुसार प्रोटिनको मात्रा फरक हुन सक्छ । साना बालबालिकाको कुरा गर्ने हो भने उनीहरूलाई पाँच वर्षको उमेरअघि नै दैनिक १० ग्राम प्रोटिन चाहिन्छ ।

    नेसनल इन्स्टिच्युट अफ न्युट्रिसनको रिपोर्टअनुसार एक पुरुषलाई हरेक दिन ५० ग्राम प्रोटिन चाहिन्छ । एकै समयमा प्रत्येक महिलालाई दैनिक ४६ ग्राम प्रोटिन चाहिन्छ । तर गर्भावस्थामा प्रोटिनको आवश्यकता ७२ ग्रामले बढ्न सक्छ ।

    प्रोटिनको स्रोत

    सामान्यतया मांसाहारी खानेकुरामा प्रोटिन धेरै मात्रामा पाइन्छ । यसो भन्दैमा शाकाहारी खानेकुरामा प्रोटिन नपाइने भन्ने होइन ।

    माछा, मासु, अण्डा आदि प्रोटिनको मांसाहारी स्रोत हुन् भने शाकाहारी स्रोतहरुमा सोयाबिन, पनिर, दाल, गेडागुडी, ड्राइफ्रुट्स, दूध, फर्सीको बियाँ, तिल, आलस, गहुँ, चामल, कोदो, फापर, ब्रोकाउली लगायत पर्छन् ।

    माछा मासु नखाँदा प्रोटिन नपुग्ने हो ?

    माछा, मासु र अण्डामा प्रोटिनको मात्रा धेरै हुन्छ तरमासु मात्रै प्रोटिनको राम्रो स्रोत भन्ने कुरा गलत हो । माछामासु बाहेक पनि यस्ता विभिन्न खानेकुरा छन् जुन प्रोटिनका सर्वश्रेष्ठ स्रोत हुन् । शाकाहारी मानिसले यस्ता खानेकुराको सेवन गरेर आफ्नो शरीरको लागि आवश्यक प्रोटिन पाउन सक्छन् ।

    शरीरमा प्रोटिनको कमी भयो भने के हुन्छ ?

    शरीरमा प्रोटिनको कमी भयो भने मान्छे दुब्लाउँदै जाने, बच्चामा प्रोटिनको कमी भएर सुकेनास र फुकेनासको समस्या देखिने समेत देखिन्छ ।

    मधुमेह भएको व्यक्तिमा प्रोटिनको कमी भएमा सुगरको मात्रा नियन्त्रण गर्न गाह्रो हुन्छ । जसकारण मुड बदलिने, रिस उठ्ने, तनाव उत्पन्न हुने हुन्छ । कतिसम्म भने तनावकै कारण शरीरले कमजोरी तथा थकान महसुस गर्न थाल्छ ।

    शरीरमा प्रोटिनको कमी भएमा रोगप्रतिरोधात्मक क्षमतामा कमी आउँछ । जसकारण व्यक्ति बारम्बार बिरामी पर्नुका साथै व्यक्तिलाई जीउ दुख्ने समस्या देखा पर्छ ।

    शरीरमा प्रोटिनकै कमी भएमा रगतमा सेतो रक्तकोषिकाका साथै हेमोग्लोबिन समेत कमी हुने गर्छ । रगतमा सेतो रक्तकोषिका तथा हेमोग्लोबिनको कमी भएमा रोगप्रतिरोधात्मक क्षमतामा कमी आउँछ । प्रोटिनको कमीका कारण सुन्दरता समेत प्रभावित हुन्छ । प्रोटिनको कमीले कपाल झर्ने, टुक्रिने तथा नङ भाँचिने जस्ता समस्या समेत निम्तिन्छ ।

    शरीरमा प्रोटिनको निकै कमी भए जोर्नी समेत दुख्‍छ । जोर्नीमा पाइने तरल पदार्थको निर्माणमा समेत कमी आउन सक्छ । जसले गर्दा जोर्नी लचिलो नहुनुका साथै जोर्नी दुख्ने गर्छ ।

    प्रोटिनको धेरै सेवन पनि हानिकारक हुन सक्छ

    अत्यधिक मात्रामा प्रोटिनको सेवनले मिर्गौलालाई दबाब दिन्छ, जसले मिर्गौलालाई क्षति पुर्‍याउन सक्छ । केही अनुसन्धानअनुसार एक निश्चित उमेरपछि प्रोटिनको मात्रा बढी खाँदा यसले शरीरमा युरिया एसिड बढाउँछ । यसले गर्दा पिसाबबाट कम मात्रामा क्याल्सियम निस्कन्छ । यस्तो अवस्थामा शरीरमा क्याल्सियम बढी जम्मा हुन्छ, जसले गर्दा पत्थरी हुन सक्छ । प्रोटिनको मात्रा बढी हुनु मिर्गौलाका लागि स्वस्थकर हुँदैन ।

    प्रोटिनको अत्यधिक सेवनले पाचन सम्बन्धी समस्या निम्त्याउन सक्छ । विशेषगरी मांसाहारी प्रोटिन धेरै सेवन गर्दा कब्जियत हुन सक्छ ।

    मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer