• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सत्तारूढ नै सरकारप्रति असन्तुष्ट भएपछि मन्त्रिमण्डल हेरफेर गर्न सुझाव


  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित
  • काठमाडौं । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा गएको वर्षको पुसमा आफ्नो नेतृत्वमा एमालेले सरकार बनाइदिन्छ भन्ने आशामा थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई आश्वासन नदिएका हैनन् । तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट पुगेको केही घण्टाभित्रै प्रधानमन्त्री बनेपछि संसद्को पहिलो दल कांग्रेसका लागि सत्ताको सपना तुहियो । अनि प्रमुख प्रतिपक्षी दलमा सीमित भयो ।

    Advertisement

    तर, ‘राजनीतिक तिकडम’मा आफूलाई अब्बल सावित गर्दै कांग्रेसले एमाले–माओवादी गठबन्धन भत्काएरै छाड्यो । कांग्रेस २०७९ चैत १७ गते प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित रक्षा, अर्थ, उद्योग वाणिज्य र सहरी विकास मन्त्रालय लिएर सरकारमा सहभागी भयो । राष्ट्रपति निर्वाचनमा राजनीतिक खेल खेलेको कांग्रेसले सत्तारोहण गरी छाड्यो । त्यसपश्चात् कांग्रेस एक शीर्ष नेताले बाह्रखरीसँग भनेका थिए– ‘सत्ताको शक्ति पुनर्गमन भएको छ । कार्यकर्ता निराश भइसकेका थिए । पार्टी अफिस सुनसान हुनै लागेको थियो । हेर्नुस् त, अब वडा तहमा कांग्रेस सरकारमा छ भनेर छुट्टै फाइफुट्टी पलाएको छ ।’

    गत संसदीय निर्वाचनमा कांग्रेस पहिलो दल बनेको थियो भने एमाले दोस्रो । तर, ३२ सिटमा खुम्चिएको माओवादीका अध्यक्ष प्रचण्डसँग सत्ता खेलमा दुवै दल हारे । गठबन्धनकै जगमा पहिलो दल बनेको कांग्रेसका तल्ला तहमा समेत सरकारमा सहभागी हुन नसक्दाको पीडा देखिन्थ्यो । राजनीतिक दाउपेचमै राष्ट्रपति पनि कांग्रेसबाटै रामचन्द्र पौडेल बन्न सक्नुलाई कांग्रेसले सफलता नै ठानेको थियो ।

    यसरी छोटो समयमा दाहालले पनि पटक–पटक विश्वासको मत लिँदै अघि बढेको कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जनमत, लोसपा, नागरिक उन्मुक्तिसहितको सरकारले एक वर्ष पूरा गरेको छ । तर, यो सरकारको मुख्य घटक कांग्रेस नै हो । सरकारको एक वर्ष पूरा भइरहँदा समीक्षा हुन थालेको छ । प्रधानमन्त्री दाहालले आफ्नो सरकारले गरेका उपलब्धिको फेहरिस्त राम्रैसँग सुनाएका छन् । उनले काम गर्न नसक्ने मन्त्रीलाई चेतावनी दिँदै कार्यक्षमता नभए छाडेर जान भनिसकेका छन् ।

    “म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन । हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ । कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ,” प्रधानमन्त्रीको चेतावनी छ, “यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैँसँग गरेको वाचा पनि हो । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरुरी छैन ।” प्रधानमन्त्रीको चेतावनी एकातिर छ । तर, सत्तामै भएको कांग्रेसमा भने आफैँ सहभागी भएको सरकार सफल हुन नसकेको बुझाइ छ । देउवाको वरिपरि भएका औँलामा गन्न सकिने नेताबाहेक अरू कांग्रेस नेतालाई सरकार सफल भएझैँ लाग्दैन । कांग्रेस सरकारमा भएर पनि जनताले महसूुस गर्ने गरी र पार्टीको साख उच्च पार्ने गरी डेलिभरी दिन नसकेको बुझाइमा कांग्रेस नेताहरू पुगेका छन् ।

    पूर्वमन्त्रीसमेत रहेका पार्टी सांसद वीरबहादुर बलायर पार्टीको साख उच्च बनाउने गरी सरकार जनसेवा प्रयोग गर्न नसकेको धारणा राख्छन् । “गठबन्धन गर्ने पार्टीको निर्णय हो, यसको खिलाफमा धेरै बोल्ने ठाउँ रहँदैन । तर, सरकारले जनताको चाहना अनुसार काम जति काम गर्नुपर्ने हो, त्यो चाहिँ भए जस्तो लाग्दैन,” बलायरले भने ।

    भ्रष्टाचार काण्ड छोप्न दौडधुप

    एकपछि अर्को भ्रष्टाचार काण्ड अघि आए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण जेल चलान भए । यो विषय अदालतबाट रफादफा भएको छ । तर, कांग्रेस संस्थापन समूह सुशासनको पक्षमा भन्दा पनि आफ्ने नेता जोगाउन लागि पर्‍यो । शेरबहादुर देउवा गृहमन्त्री फेर्न सक्रिय भएको चर्चा पनि चल्यो । सरकारकै आडमा एकपछि अर्को विवादित काम गर्न उद्धत देउवा पत्नी आरजु भइन् । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उनको नाम नमुछिएको कुनै काण्ड हुँदैन । यसले जनतामा थप निरासा बढाउनुबाहेक अर्को उपलब्धि केही दिएन ।

    सुन काण्ड, ललिता निवास जग्गा प्रकरणलगायत भ्रष्टाचारका काण्डलाई अघि बढाएर निचोडमा पुर्‍याउन कांग्रेस पनि बाधक बनेको छ । यसमा प्रचण्ड पनि सहमत छन् भने एमाले अध्यक्ष केपी ओली पनि यो विषय अघि बढाउन नचाहेको देखिन्छ । तीन नेता बसेर गफ गर्ने र ठूला काण्डहरूलाई गुपचुप पार्ने खेलमा लागेको चर्चा भइरहन्छ । कांग्रेस आलोचित बन्नुको अर्को कारण यो पनि हो । केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेल सरकार असफल बन्दा कांग्रेस पनि असफल बनेको धारणा राख्छन् । साधन स्रोतको अभाव देखाउने हो भने पनि भ्रष्टाचारमा खुलेका फाइलहरू सामसुम पार्नु असफलताको सूचक भएको बुझाइ पौडलको छ । “भ्रष्टाचार अन्त्य गर्न आएका काण्ड खोतल्ने कारबाही गर्ने पत्ता लगाउने कुरामा सरकालाई केले रोक्यो त ? सुशासन र प्रशासनिक सुधार गर्न सरकार र मन्त्रीहरूलाई के ले रोक्यो त ? साधन स्रोतको अभाव देखाउने हो भने सुशासन कायम गर्न त सकिन्थ्यो नि,” पौडेलले भने ।

    अर्थ मन्त्रालयमा कांग्रेस, जनतामा निराशा मात्र

    जनताको चुलो महँगिएको छ । रोजगारीको अवसर सिर्जना भएका छैनन् । देशमा बस्ने भन्दा पनि निराश हुँदै विदेश जानेको संख्या बढ्दो छ । सेयर बजार लामो समयदेखि सकारात्मक छैन । व्यापारिक सटरहरू बन्द भइरहेका छन् । अर्थतन्त्र सकारात्मक नभएको भन्दै गुनासो छ । देशको अर्थतन्त्रको बागडोर कांग्रेससँग छ । अर्थमन्त्री देउवा परिवारका विश्वासपात्र प्रकाशशरण महत छन् । तर, अर्थतन्त्रमा देखिने काम नभएको उनकै पार्टीबाट आरोप लाग्ने गरेको छ । केन्द्रीय सदस्य पौडेल सरकार सफल नहुनुमा बढी भागिदार प्रधानमन्त्री हुने भए पनि सरकारमा बसेपछि कांग्रेस पनि उत्तिकै भागिदार हुने बताउँछन् । आर्थिक संकट हल गर्न देखिने गरी काम हुन नसकेको निष्कर्ष उनको छ ।

    उनी अर्थतन्त्रको संकट समाधानको उपाय अपनाउन नसकेको मात्र हैन सरकार परामर्श तहमा पनि नपुगेको धारणा राख्छन् । संरचना र संस्थागत सुधार, रोजगारी सिर्जना, अवसरको र बजेटको समान वितरणमा सरकारले काम गर्‍यो भन्ने ठाउँ नरहेको धारणा उनको छ । त्यसैले पार्टी र सरकारको बचाउमा अभिव्यक्ति दिने आधार नभएको उनी बताउँछन् । “पार्टी सार्वजनिक विषय हो । नेतृत्वले काम गर्न सकेन भनेपछि चुप लागेर बस्ने अवस्था छैन । म त्यहीँ पार्टीको हो विरोध गर्न हुन्न भनेर चुप लागेर बस्ने अवस्था छैन,” पौडेल भन्छन्, “कमजोरी भएको छ । हामी डिफेन्स गर्न सक्ने अवस्थामा छैनौँ ।”

    तर, अर्थमन्त्री तथा पार्टी प्रवक्ता प्रकाशशरण महत भने इमान्दारीताका साथ पार्टीबाट गएका सबै मन्त्रीहरूले कार्यसम्पादन गरिरहेको दाबी गर्छन् । “हामी पूर्ण लगाव लगाएर प्राथमिकताका साथ काम गरेका छौँ । मन्त्रीले गरेको काममा प्रश्न उठाउने ठाउँ छैन । प्रधानमन्त्रीले कांग्रेसबाट बनेका मन्त्रीले काम गरेको छैन भनेको मैले सुनेको छैन,” महत भन्छन्, “अर्थतन्त्र सुधार भइरहेको छ, लय पकडेको छ अर्थतन्त्रले । समस्याको चाङ थियो हटाउँदै छौँ ।”

    सरकारको विषयमा इतर समूहका प्रश्नैप्रश्न

    सरकार नागरिक तहमा पुग्न नसकेको, देखिएका तमाम समस्याको समाधान दिलाउन नसकेको भन्ने गुनासो पार्टीभित्र संस्थापनइतर समूहले निरन्तर राख्दै आएको छ । इतर समूहका नेता डा. शेखर कोइराला त वर्तमान गठबन्धनको विकल्प खोजेर जानुपर्छ भनेर सार्वजनिक कार्यक्रममै बोलिसकेका छन् । पार्टी महामन्त्री गगनकुमार थापा पनि सरकारप्रति सन्तुष्ट छैनन् । उनले केही समय अघि कांग्रेसले समर्थन फिर्ता नलिई सरकारबाट बाहिर आउनुपर्ने र माओवादीलाई एक्लै सरकार चलाउन दिनुपर्ने अभिव्यक्ति दिइसकेका छन् । महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू र धेरै केन्द्रीय सदस्य कांग्रेसका मन्त्रीहरूको कामबाट सन्तुष्ट छैनन् ।

    राष्ट्रियसभा कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी सरकार नै असफल हुँदा सरकारमा गएका मन्त्रीहरू कसरी सफल हुन्छन् भन्ने प्रश्न गर्छन् । “प्रधानमन्त्रीलाई मन्त्रीहरूले असहयोग गरेको हो या प्रधानमन्त्रीले मन्त्रीबाट काम लिन नसकेको हो थाहा भएन । तर, सरकारले जनताको मन छुने गरी काम गर्न सकेन । यो मन्त्रिमण्डलविरुद्ध ठूलो आक्रोश छ,” उनले भने, “सरकार असफल भएपछि कांग्रेस कसरी सफल भयो भन्नु र !”

    नेता रायमाझी या त कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने नभए प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल फेरबदल गरेर अघि बढ्नुको विकल्प नभएको बताउँछन् । उनको टिप्पणी छ, ‘‘यी दुवै काम नगर्ने भए वर्तमान सरकार रहनु नरहनुले जनस्तरमा कुनै तात्त्विक भिनन्ता पर्दैन ।’’ उनी सरकारलाई डेलिभरी दिने खालेको क्याबिनेट बनाउन सुझाव दिन्छन् । “अब दुई वटा विकल्प छन् । या त सरकार परिवर्तन वा मन्त्रिपरिषद् पुनर्गठन,” रायमाझीले भने, “या त कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्यो यो सरकारले उपलब्धि दिन नसक्ने भए । नभए प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेर डेलिभरी दिनुपर्छ ।”

    बुधबार, पुष ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer