• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मेयर आफैंले एम्बुलेन्स चलाएर पुर्‍याउँछन् बिरामीलाई अस्पताल


  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित
  • एक साताअगाडि ३२ वर्षीय विष्णुकुमार भामको सवारी चालक अनुमति पत्र (लाइसेन्स) हातमा पर्‍यो। एक वर्षअघि नै लिखित र ट्रायल पास गरेको भए पनि गत हप्तामात्रै उनले चारपाङ्ग्रे सवारीको लाइसेन्स प्राप्‍त गरेका थिए। लाइसेन्स हातमा परेको एक-दुई दिन मात्रै भएको थियो। उनकै वडाका ५२ वर्षीय पुरूषलाई तत्काल अस्पताल पुर्‍याउनुपर्ने भयो। भाम मुगु छायाँनाथ रारा नगरपालिका-६ का स्थानीय मात्र होइनन्, उनी नगर प्रमुखसमेत हुन्। बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स चाहिएको खबर पाउन बित्तिकै उनी आफैं बिरामीको घर पुगे। एम्बुलेन्स चालक ४२ वर्षीय धर्मा बुढा उनकी आमा बिरामी भएर २२ दिनदेखि बिदामा छन्। सोही कारण आफूले चलाउने अवसर मिलेको नगरप्रमुखको भनाइ छ।

    Advertisement

    ‘एम्बुलेन्स चालक आफ्नी आमा बिरामी भएर बिदामा थिए। त्यसैले मैले आफूसँग भएको सीप प्रयोग गरेँ,’ उनले भने। वडा-६ बाट जिल्ला अस्पताल पुर्‍याउन ७ किलोमिटर यात्रा गर्नुपर्ने नगरप्रमुख भाम बताउँछन्। पालिकामा १४ वडा छन्। तीमध्ये जिल्ला अस्पतालबाट सबैभन्दा नजिक वडा-६ मा पर्छ। सबैभन्दा टाढा वडा-१४ मा पर्छ। त्यहाँबाट २१ किलोमिटर यात्रा गरेर जिल्ला अस्पताल पुगिन्छ। गत बिहीबारदेखि आइतबारसम्म तीन जना बिरामीलाई अस्पताल पुर्‍याइसकेको नगरप्रमुख भामले बताए।
    भामले पहिलोपटक गत बिहीबार बिहान वडा-६ का ५२ वर्षीय पुरुषलाई अस्पताल पुर्‍याएका हुन्। उनी बाथ रोगको बिरामी रहेछन्। मयमा बिरामीलाई अस्पतालमा पुर्‍याउन पाउँदा आफूलाई खुसी लागेको भामले बताए। त्यसपछि उनले नगरपालिकाभित्र कोही बिरामी परे खबर गर्न सबैलाई आग्रह गरे।

    शुक्रबार साँझ कार्यालयमा हुँदा वडा-६ कै ४५ वर्षीया महिलालाई तत्काल अस्पताल पुर्‍याउनुपर्ने नगरप्रमुखलाई जानकारी आयो। त्यसपश्चात् उनले अरू काम छोडेर बिरामीलाई अस्पताल पुर्‍याए। ती महिलालाई स्वास-प्रश्वासमा समस्या देखिएपछि परिवारले आफूलाई खबर गरेको उनी बताउँछन्। एम्बुलेन्स चलाउन थालेको भन्ने थाहा पाएपछि प्राय: फोन आइरहेको छ,’ उनले भने।

    शनिबार बिहान चिया पिउँदै गर्दा पुन: बाथ रोगी बिरामीलाई तत्काल अस्पताल पुर्‍याउनुपर्ने भन्दै खबर आयो। त्यो दिन उनले ६१ वर्षीया महिलालाई अस्पताल पुर्‍याए। ‘बिरामीलाई समयमै अस्पताल पुर्‍याउन पाउँदा छुट्टै खुसी लाग्ने रहेछ,’ नगरप्रमुख भाम भन्छन्, ‘अहिले जुनसुकैबेला पनि तयारी अवस्थामा हुन्छु। जनप्रतिनिधि जनताको सेवाका लागि हो। जे काम गर्दा सहयोग पुग्छ त्यो गर्नुपर्छ।’ उनी आफ्नो कार्यतालिकाबाट एम्बुलेन्स चलाउने समय जतिखेर पनि निकाल्न सक्ने बताउँछन्। उनले नगरपालिकामा आफ्नो कामबारे कार्यतालिका बनाएका छन्।

    आइतबार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालयमा बस्छन्। मंगलबार अनुगमनका लागि पालिका घुम्छन्। बुधबार र बिहीबार कार्यालयमा बस्छन्, शुक्रबार भने उनले सरसफाइ अभियानमा चलाएका छन्। त्यस्तै शनिबार श्रमदान अभियान चलाएको नगरप्रमुख भाम बताउँछन्। ‘यी कामसँगै अहिले एम्बुलेन्स चलाउने काम पनि जोडेको छु,’ उनले भने।

    उनका अनुसार अहिले नगरपालिकामा एउटा मात्र एम्बुलेन्स सञ्चालनमा छ। नगरपालिकासँग दुईवटा एम्बुलेन्स थियो। एउटा बिग्रिएकाले लामो समयदेखि मर्मत गरिएको छैन। उनी नगरप्रमुख बनेर २०७९ मा पदभार ग्रहण गर्दा दुबै एम्बुलेन्स बिग्रिएका थिए। ७ लाख रुपैयाँ लगानीमा एउटा एम्बुलेन्स बनाएर सञ्चालनमा ल्याइएको उनी बताउँछन्। त्यसैले एक जना मात्र चालक राखिएको हो। अहिले पालिकाभित्रको बिरामी ओसारपसार गर्न एउटा एम्बुलेन्सले पुगिरहेको छ। बिरामीलाई अस्पतालसम्म पुर्‍याएबापत पालिकाले न्यूनतम शुल्क लिने गरेको छ।

    ‘गर्भवती वा सुत्केरी महिलालाई नि:शुल्क अस्पताल पुर्‍याउने गरिएको छ,’ नगरप्रमुख भामले भने, ‘मैले तीन/चार दिनदेखि बिरामीलाई अस्पताल पुर्‍याए वापत कुनै शुल्क लिएको छैन। चालक हुँदा निश्चित शुल्क लाग्छ।’ नगरप्रमुख भाम जनप्रतिनिधि नि:स्वार्थ जनताको सेवामा लाग्नुपर्ने धारण व्यक्त गर्छन्। जनप्रतिनिधिमा निर्वाचित हुँदा सरकारबाट पाउने तलब पाँच वर्षसम्म जम्मा गरी एम्बुलेन्स किन्ने बाचा गरेको पनि उनले बताए। त्यसअनुसार मासिक ४० हजार रुपैयाँ जम्मा गर्ने गरेको उनले बताए। ‘कार्यकाल सकिएपछि एकमुष्ठ निकालेर एम्बुलेन्स किन्छु,’ उनले भने।

    नगरप्रमुख भामले नि:स्वार्थ भावनाले काम गरिरहेका छन्। जनताले आफूलाई मन पराएर चुनेकै कारण समाजसेवा गर्न मन लागेको उनी बताउँछन्। ‘नगरबासीको सहजताको लागि भर्खर दुईवटा नगरबस सञ्चालनमा ल्याएका छौं, सदरमुकामबाट रारा तालसम्म पुग्न निजी बसले एक हजार रुपैयाँसम्म भाडा लिन्छन्। तर पालिकाको बसले २५० देखि ३५०सम्म मात्र लिने गरेको छ,’ उनले भने। विषेशगरी उनले नगरबासीलाई जिल्लाबाट आवतजावत गराउन र पर्यटकलाई लक्षित गर्दै नगरबस सञ्चालनमा ल्याएका हुन्। त्योसँगै उनले नगरप्रमुख भएपछि पालिकाभित्र धेरै सुधार गरेको दावी गर्छन्।

    उनले नगरपालिकाभित्र रहेका १ हजार २ सय भन्दा बढी दलित समुदायलाई भत्ता, अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएका छन्। दलित समुदायलाई दसैं भत्ता दिने कार्यविधि बनाएका छन्। उनका अनुसार पालिका भित्र १ हजार २५६ घरधुरी दलित छन्। प्रति घरधुरीलाई हरेक वर्ष दुई हजार पाँच सय रुपैयाँ दसैं भत्ता दिन्छन्। त्यस्तै, जातीय विभेद अन्त्यका लागि अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएका छन्। यसका लागि आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रममा उल्लेख गरिएको थियो।

    उनी यसअघि वडाध्यक्ष बनेका थिए। ‘आफूले यसअघिको कार्याकालमा राम्रो काम गरेकाले नै नगरप्रमुख बन्ने अवसर पाएको हुँ,’ भामले भने। त्यतिबेला कम उमेरको जनप्रतिनिधि बनेको भन्दै चर्चासमेत बटुलेका थिए। त्योसँगै उनले वडाध्यक्ष हुँदा पनि पाँच वर्षको कार्याकालमा पाएका तलबले पालिका भित्रका दलित समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको थिए।

    उनको मासिक तलब २२ हजार थियो। त्योसँगै वडाध्यक्ष हुँदा भत्ता खर्च गरेर स्थानीयलाई सार्वजनिक शौचालय बनाइदिएका थिए। उनी जनताको खुसीका लागि आफूले सक्ने गरिरहने प्रतिवद्धता व्यक्त गर्छन्। नगरपालिका समृद्ध बनाउने उद्देश्यले जनताको सेवा, जनताको गुनासो सुन्ने र विकास निर्माणसँगै विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। यी समग्र कामसँगै एम्बुलेन्स चलाउने काम पनि निरन्तरता दिने उनले सेतोपाटीलाई जानकारी दिए।

    नगरप्रमुखको यात्रापछि राजनीतिक यात्रालाई अगाडि बढाउन मन नलगे एम्बुलेन्स चलाएर समाजसेवा गरिरहने भामले योजना बनाएका छन्। उनी छोटो समयको राजनीतिक यात्राबाटै नगरप्रमुख बनेका हुन्। २०७१ सालमा उनी नेपालगन्ज टेक्निकल कलेजमा अमिन पढ्थे। १५ महिनाको कोर्स सकेपछि राजनीति गर्नुपर्छ भन्ने लागेपछि गाउँ फर्किए। उनका बुबा प्रवेशबहादुर भाम निजामती कर्मचारी थिए। हजुरबुबा तेजबहादुर भाम जिल्ला विकास समितिको सभापति हुँदै संघीय माननीय बनेका थिए।

    ‘समाज रूपान्तरण र विकासको मुख्यबाटो राजनीति हो भन्ने लाग्यो र आवाज उठाउन सुरू गरेँ,’ भामले भने। उनी गाउँ फर्किँदा खानेपानी आयोजनामा ठूलो भ्रष्टाचार भइरहेको थियो। त्यसबारे अनुसन्धान गर्दै जाँदा ३० लाख रुपैयाँ हिनामिना गरेको भामले थाहा पाए। त्यसविरूद्ध बोल्दा-बोल्दै राजनीतिक यात्रा अगाडि बढेको उनले बताए। त्यतिबेला गाविसअन्तर्गत् कर्णाली रोजगार कार्यक्रम २२ लाख र बाघमारे बृहत खानेपानी योजनामा ८ लाख रुपैयाँ उपभोक्ता समितिका सदस्यले बाँडफाँट गरेका रहेछन्। उक्त जानकारी पाउनसाथ गाविसमा ताला लगाएर भरपाइ नहुन्जेल कार्यालय बन्द गराएका थिए। ‘७ दिनसम्म गाविस बन्द भयो। त्यसपश्चात् पैसा जम्मा गरेपछि मात्र कार्यालय खुल्न दिइएको थिए,’ उनले भने, ‘जम्मा भएको पैसा सबै नागरिकलाई बाडिदिए।’ यो २०७२ सालतिरको घटना हो। त्यसपश्चात् उनको गाउँमा चर्चा हुन थाल्यो। यसरी उनले तीन वर्षसम्म गाउँमा भ्रष्टाचार अभियान, बालीनाली हेर्ने, गोरू हेर्ने अभियान सञ्चालन गरेका थिए।

    बुधबार, पुष ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer