• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

एकल प्रयासमा निर्मलाले बनाईन नमुना बालविकास केन्द्र


  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित
  • काठमाडौँ । बालविकास शिक्षक निर्मला वलीको एकल प्रयासमा रुकुमपश्चिमस्थित एक बालविकास केन्द्र जिल्लाकै नमुना बनेको छ। त्रिवेणी गाउँपालिका-६ मा रहेको जनचेतना आधारभूत विद्यालयको बालविकास कक्षा निर्मलाको एकल प्रयासमा नमुना बनेको हो। इच्छाशक्ति, तालिम र सबैको सहयोगमा नमुना बालविकास केन्द्र बनाउन सफल भएको निर्मलाले बताइन्।

    Advertisement

    उनले भनिन, ‘सुरुमा तालिम लिएँ। तालिमबाट बालबालिकालाई कसरी सिकाउनुपर्ने रहेछ त्यो थाहा भयो। अमेरिका, अस्ट्रेलियामा बालबालिकालाई कसरी शिक्षा दिइने रहेछ त्यो पनि तालिमकै क्रममा सिक्ने अवसर पाएँ। तालिममा सिकेका विद्यालयमा लागू गरेँ।’

    नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समितिकी केन्द्रीय सदस्यसमेत रहेकी निर्मलाले बालविकास केन्द्रलाई नमुना बनाउन धेरै दुःख गरेको बताइन्। उनले आफ्नो तलबभत्तासमेत बालविकास केन्द्रमै खर्चेको बताइन्।

    वली भन्छिन्, ‘मेरो विद्यालयको बालविकास केन्द्रलाई नमूना बनाउँन धेरै दुःख गरेँ। विद्यालय पनि जोगाउनुपर्‍यो भनेर देउसीभैलो खेल्यौं। अदुवा खेती गर्‍यौँ। यो विद्यालयमा बालविकास केन्द्रमा मात्र अनुदान थियो। बालबालिकाको भविष्य उज्जवल बनाउनुपर्छ भनेर आफ्नै तलबखर्च काटेर पनि बालविकास केन्द्रमा खर्च गरेँ। बालबालिकालाई राम्रो वातावरणमा शिक्षा दिनु अहिलेको आवश्यकता हो।’

    त्यसैगरी उनले बालविकास केन्द्रलाई स्थानीय सरकारबाट सुरुका दिनमा सहयोग नभए पनि अहिले सहयोग प्राप्त भएको बताइन्। बालविकास केन्द्र नमुना बनेपछि सहयोग आउन थालेको र जिल्लासम्मले चासो राखेको बताइन्।

    उनले भनिन्, ‘मेरो बालविकास केन्द्र जिल्लाकै नमुना भएपछि जिल्लाले चासो राख्न थालेको छ। गाउँपालिकाले अहिले सहयोग गरेको छ।’ निर्मला बालविकास शिक्षक मात्र नभएर तालिमकर्ता पनि हुन्। उनले जिल्लाका अन्य बालविकास शिक्षकलाई पनि तालिम दिन्छिन्।

    इच्छाशक्ति भए सबै सामुदायिक विद्यालयका बालविकास केन्द्रलाई नमुना बनाउन सकिने बताइन्। सरकारले विद्यालयको पहिलो आधार बालविकास कक्षामा लगानी गर्नुपर्ने उनी बताउँछिन्। त्यसैगरी मंगलबार नमुना बालविकास केन्द्रको वडा अध्यक्ष धीरण सिर्पाली, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाबहादुर केसी र शिक्षकहरूले अवलोकन गरेका छन्।

    जनकल्याण माध्यमिक विद्यालय मुसिकोट नगरपालिका-१२ कासपोखरीका प्रधानाध्यापक रामप्रसाद वली भन्छन्,‘जनचेतना आधारभूत विद्यालयको नमुना बालविकास केन्द्र विद्यालका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर केसी, वडा अध्यक्ष धीरण सिर्पाली, नवराज केसी, नरबहादुर ओली, झुपा ओली र नन्दलाल रोकायलगायतको टिम पुग्यौँ। बालविकास सहजकर्ता निर्मला वलीले आफ्नो सीप, कला र सिर्जना प्रयोग गरी बालबालिकाको भविष्य उज्वल बनाउन गरेको कार्य प्रशंसनीय लाग्यो।’

    वडाध्यक्ष, वडा सदस्य, प्रधानाध्यापक, शिक्षकले आफ्नो नमुना बालविकास केन्द्र अवलोकन गरेपछि हौसला र उत्साह थपिएको शिक्षक वलीले बताइन्। ‘विद्यालयको जग बलियो गराउन बालबालिकाको बालकक्षामा ध्यान दिनुपर्छ। नमुना बालविकास कक्षा अवलोकनका लागि वडा सरकारसमेत खटिँदा खुसी लागेको छ। रुकुमपश्चिम जिल्लामा एउटामात्र नमुना बालविकास केन्द्र होइन सम्पूर्ण विद्यालयक बालविकास केन्द्र नमुना बन्नुपर्छ। बालविकास शिक्षकलाई सधैँ सहयोग गरेको देख्न पाइयोस्।’

    त्यसैगरी उनले बालविकास शिक्षकका लागि सरकार अनुदार भएको बताइन्। न्यून तलबसुविधाले जीवन धान्न गाह्रो भएको बताउँदै सरकारले बालविकास शिक्षकलाई प्राथमिक विद्यालय तहसरह तलबसुविधा दिन माग गरिन्। उनले बालविकास शिक्षक वर्षौंदेखि पेसागत समस्यामा रहेको बताउँदै दरबन्दी र स्थायित्व हुनुपर्ने बताइन्। साथै वलीले एकद्वार प्रणालीबाट तलब पाउनुपर्ने पनि बताइन्।

    बालविकास शिक्षकले संघीय सरकारबाट १० हजार रुपैयाँ र स्थानीय सरकारबाट सात हजार रुपैयाँ गरी मासिक १७ हजार रुपैयाँ तलब पाउँदै आएका छन्। स्थानीय तहले दिने तलबमा एकरूपता नहुँदा आफूहरू ठगिँदै आएको गुनासो उनीहरूको छ।

    बुधबार, पुष ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer