☰
आइतबार, कार्तिक ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

५३ गोलसहित २०२३ मा रोनाल्डो अग्रपंतिमा बढी


  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित
  • काठमाडौँ । पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डो साउदी लिगमा गएसँगै उनको क्यारियर सकियो भन्नेहरुका लागि यो आँकडाले फेरी सोच्न बाध्य बनाएको छ ।

    Advertisement

    ३८ वर्षीय रोनाल्डो सन् २०२३ सकिन लाग्दा वर्षमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले आफ्नो क्लब अल नासरका लागि ४३ र राष्ट्रिय टिम पोर्चुगलका लागि १० सहित कुल ५३ गोलसहित २०२३ मा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका हुन् ।

    रोनाल्डोले एक वर्षमा ५० भन्दा बढी गोल गरेको यो आठौँ पटक हो ।

    यस सूचीमा दोस्रो स्थानमा इङल्याण्डका ह्यारी केन र फ्रान्सका किलियन एम्बाप्पे रहेका छन् । दुवैले ५२–५२ गोल गरेर यस सूचीमा दोस्रो स्थानमा रहेका छन् ।

    हाल बायर्न म्युनिखमा शानदार फुटबल खेलिरहेका केनले यस वर्ष ५२ गोल गरेका छन् । केनले २०२३ मा बायर्नका लागि २५ गोल गरेका छन् भने इङ्गल्याण्डका लागि ९ गोल गरेका छन् । त्यस्तै यस वर्ष उनले टोटनह्यामका लागि १८ गोल गरेका थिए ।

    त्यस्तै एम्बाप्पेले फ्रान्सका लागि यस वर्ष १० गोल गरेका छन् भने पिएसजीका लागि ४२ गोल गरेका छन् ।

    त्यस्तै यस सूचीमा तेस्रो स्थानमा नर्वेका इर्लिंग हालाण्ड रहेका छन् । हालाण्डले यस वर्ष कुल ५० गोल गरेका छन् । उनले नर्वेका लागि ६ गोल गरेका छन् भने म्यानचेस्टर सिटीका लागि ४४ गोल गरेका छन् । यद्यपि हालाण्डले यस बर्ष अझै २ खेल खेल्न बाँकी रहेको छ ।

    त्यसैगरी रोमाबाट खेल्ने बेल्जियमका रोमेलु लुकाकुले २०२३ मा ४० गोल गरेका छन् भने फेयनोर्डबाट खेल्ने मेक्सिकोका सान्टियगो गिमेनेजले ३९ र इन्टर मिलानबाट खेल्ने अर्जेन्टिनाका लाउतारो मार्टिनेजले यस वर्ष ३७ गोल गरेका छन् ।

    बुधबार, पुष ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer