• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ २०, २०८३
☰
शनिबार, भदौ २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सख्खर: शरीरको लागि निक्कै फाइदाजनक


  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित
  • सख्खर विभिन्न काममा प्रयोग हुने बहुउपयोगी खाद्य पदार्थ हो । यो उखु पेलेपछि खुदोबाट बनाइने एक किसिमको मिठाई परिकार हो । विशेषगरी तराई र पहाडी भेगमा समेत पाइने उखुको रसलाई निश्चित तापक्रमसम्म उमालेपछि त्यो खुदो बन्ने गर्छ । त्यसलाई पनि थप ताप दिएर पकाएपछि बन्ने परिकार आफैंमा एक बहुउपयोगी परिकार हो ।

    Advertisement

    प्राचीनकालदेखि नै सख्खरको महिमाबारे धेरै वर्णन पाइन्छ । कतिपय अवस्थामा आयुर्वेदिक चिकित्सकहरुले विविध बिरामीलाई निको पार्नको लागि समेत यसको प्रयोग गर्ने गरेका हुन्छन् । पछिल्लो समय तराईका विभिन्न ठाउँहरुमा सख्खर मदिरा बनाउने काममा पनि प्रयोग गर्ने गरिएको छ । यसका साथै यसको प्रयोग पानीमा मिसाएर खानेदेखि अन्य विभिन्न काममा प्रयोग गर्ने गरिन्छ ।

    सख्खर शब्द अरबी शव्दबाट उत्पत्ति भएको हो । भारत र नेपालको समेत तराई भेगमा यसलाई गुंड शब्दले चिन्ने गरिन्छ । जसको अर्थ चिनी भन्ने हुन्छ । यही सख्खर शब्दको नामबाट पाकिस्तानको सिन्ध प्रदेशको एउटा शहरको नाम नै ‘सख्खर’ समेत राखिएको छ । त्यहाँ धेरै उखु खेती हुने भएकोले त्यो शहरको नाम नै सख्खर राखिएको हो ।

    किन महत्वपूर्ण छ सख्खरको खपत ?

    सख्खरको खपत यसको केही सकारात्मक पक्षहरुसँग सम्बन्धित छ । मानव स्वास्थ्यमा यसले विभिन्न किसिमको सकारात्मक कुराहरुको सञ्चार गर्ने गर्छ । मानव स्वास्थ्यमा सख्खरको महत्वलाई यसरी चित्रण गर्न सकिन्छ ।

    सख्खर खाँदा ग्यास्टि्रकको समस्या रहँदैन

    खानापछि प्रायः गुलियो खानेकुरा खानेमन धेरैको हुन्छ । यसको लागि विशेषगरी सख्खर स्वास्थ्यवर्द्धक मान्ने गरिन्छ ।

    पाचन प्रणालीको लागि सख्खर अति उत्तम खानेकुरा मान्ने गरिन्छ ।

    सख्खरले शरीरको रगत सफा गर्छ र मेटाबोलिज्मलाई निको पार्छ । दिनहुँ एक गिलास पानी वा दुधको साथ सख्खरको सेवन गर्नाले पेट चिसो हुन्छ । यसले ग्यास्टि्रक कम गराउन मद्दत गर्छ । कसैलाई ग्यास्टि्कको समस्या छ भने तिनीहरूले खाजा वा खानापछि थोरै भएपनि सख्खर खाने गर्नुपर्छ ।

    सख्खर शरीरमा आइरन-फलाम)को स्रोत पनि हो । त्यसैले एनिमियाका बिरामीहरूका लागि यो धेरै फाइदाजनक हुन्छ । विशेषगरी महिलाहरूको लागि, यसको सेवन एकदम महत्वपूर्ण मानिन्छ ।

    छालाका लागि सख्खरले रगतबाट नराम्रो विषाक्त पदार्थ हटाउँछ, जसले छालाको चमक बढाउन मद्दत गर्छ ।

    सख्खर स्वभावैले सर्दी स्वभावको हुन्छ । त्यसैले यसको सेवनले चिसो र कफबाट बच्न पनि मद्दत गर्छ । यदि तपाईं चिसोको समयमा कच्चा सख्खर खान चाहनुहुन्छ भने चियामा पनि यसलाई प्रयोग गर्न सकिन्छ ।

    उर्जाका लागि सख्खरको सेवनले तपाईंको उर्जाको स्तर बढाउँछ । जब तपाईं धेरै थकित र कमजोर महसुस गर्नुहुन्छ यसको समाधानको लागि पनि सख्खरको प्रयोग गर्न सकिन्छ ।

    सख्खरले शरीरको तापक्रम नियन्त्रण गर्छ । यसमा एलर्जीलाई कम गर्ने तत्वहरू पाइन्छ । त्यसैले यसको प्रयोग दमका बिरामीहरूका लागि समेत धेरै फाइदाजनक देखिन्छ ।

    शरीरका अंगहरुको संयुक्त दुखाईबाट छुटकारा पाउनको लागि अदुवाको साथमा सख्खरको टुक्राका साथ प्रतिदिन सेवन गर्नाले तीब्र रुपमा हुने दुखाई कम हुन्छ ।

    बुधबार, पुष ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer